• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ आश्विन ३, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्राधिकरणलाई मासिक २० करोड घाटा,होङ्सीमा डिजेल र कोइलाको भर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ फागुन ८, शनिबार (४ साल अघि)
    hongsi_14

    Advertisement

    नारायण शर्मा

    पूर्वी नवलपरासी  । वैदेशिक लगानीमा निर्मित नेपालकै ठूलो होङ्सी सिमेन्ट कारखानामा मागअनुसारको विद्युत् आपूर्ति हुन नसक्दा उत्पादन लागत बढेको छ । अहिले दैनिक ४५ सय टन क्षमतामा सिमेन्ट उत्पादन भइरहेको छ । तर पर्याप्त विद्युत् आपूर्ति अभावमा प्रतिबोरा करिब १५ रुपैयाँ उत्पादन लागत बढेको छ । मागअनुसारको बिजुली नपाएका कारण डिजेल र कोइलाबाट विद्युत् उत्पादन गरेर कारखाना चलाउनुपरेकाले लागत बढेको कारखानाले जनाएको छ ।

    पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा रहेको उद्योगको कारखानामा दैनिक कम्तीमा ६० हजार लिटर डिजेल खपत हुने गरेको छ । वैदेशिक लगानीका ठूला उद्योगमा बिजुली, सडक, पानीको आपूर्ति नेपाल सरकारले गर्नुपर्ने भए पनि होङ्सीले त्यसअनुसारको सुविधा नपाएको गुनासो गरेको छ । कारखानाले सिमेन्ट र क्लिंकर उत्पादन गर्दै आएको छ ।

    कारखानाबाट उत्पादित ओपीसी सिमेन्ट ६ सय रुपैयाँ र पीपीसी सिमेन्ट ५ सय रुपैयाँमा बिक्री हुन्छ । यो अरूको तुलनामा प्रतिबोरा ५० रुपैयाँसम्म सस्तो हो । मागअनुसारको बिजुली आपूर्ति हुन सके बिक्री मूल्यमा प्रतिबोरा कम्तीमा ५० रुपैयाँ सस्तोमा बेच्न सकिने कारखानाको भनाइ छ । ‘पर्याप्त बिजुली आपूर्ति हुन सके अहिलेको बिक्री मूल्यको तुलनामा सस्तोमा सिमेन्ट उपलब्ध हुन्छ,’ होङ्सीका सहायक महाप्रबन्धक जेम्सले भने ।

    डिजेलबाट बिजुली उत्पादन गर्दा प्रतियुनिट २३ रुपैयाँ लागत पर्छ । विद्युत् प्राधिकरणबाट लिँदा भने प्रतियुनिट सरदर ८ रुपैयाँ ५५ पैसा पर्न जान्छ । प्राधिकरणले प्रसारण लाइन नभएका कारण बिजुली नदिएको हो । कारखाना परिसरमा बत्ती बाल्ने मात्र बिजुली दिइएको छ । आवश्यक बिजुली आपूर्तिका लागि प्रसारण लाइन निर्माणाधीन छ ।

    अहिलेको क्षमतामा उद्योगलाई ५४ मेगावाट बिजुली चाहिन्छ । त्यसका लागि उद्योगले कोइलाबाट १२ मेगावाट र बाँकी डिजेल प्लान्टबाट उत्पादन गर्दै आएको छ । ३६ अर्ब चिनियाँ लगानीको होङ्सीले उत्पादन थालेको दुई वर्ष भएको छ ।

    विनयी त्रिवेणीमै रहेको सीजी सिमेन्टमा पनि मागअनुसारको विद्युत् आपूर्ति हुन सकेको छैन । जसकारण डिजेल प्लान्टबाट सिमेन्ट उत्पादन गर्नुपरेको सीजी सिमेन्टका प्रशासन प्रमुख दामोदर पौडेलले जानकारी दिए । सीजी सिमेन्टका लागि आवश्यक ३ दशमलव २ मेगावाट बिजुलीमध्ये २५ सय केभीए मात्रै आपूर्ति भइरहेको छ ।

    प्राधिकरणलाई मासिक २० करोड घाटा

    कारखानाको माग अनुसारको विद्युत् आपूर्ति गर्न नसक्दा विद्युत् प्राधिकरणलाई मासिक करिब २० करोड रुपैयाँ घाटा लागेको छ । कारखानाले पूर्ण क्षमतामा कारखाना चलाउँदा वार्षिक ५ अर्बभन्दा बढी रकम बिजुलीबापत तिर्छ । हाल कारखानाको उत्पादन क्षमता दैनिक ६ हजार टन रहे पनि कारखानाले दोस्रो चरणमा उक्त परिमाण उत्पादन गर्ने योजनाअनुसार काम भइरहेको छ ।

    त्यसपछि दैनिक १२ हजार टन सिमेन्ट र क्लिंकर उत्पादन हुने क्षमता राख्छ । होङ्सीको मागअनुसार विद्युत् आपूर्ति गर्न नसकिएको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनका प्रमुख हरि पाण्डे बताउँछन् । कारखाना पूर्ण क्षमतामा सञ्चालन हुँदा कारखानाका लागि ८४ मेगावाट बिजुली चाहिन्छ । कारखानामा बिजुली पुर्‍याउन डबल सर्किटसहितको काम अघि बढेको उनले जानकारी दिए । उद्योग मन्त्रालयको करिब ६० करोड रुपैयाँ बजेटबाट काम अघि बढेको उनको भनाइ छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution