
चोरमरा । नवलपुरको कावासोती–८ खरकट्टा जंगलमा गएराति स्कुटर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा कावासोती–२ का ३५ वर्षीय जिवन रानाको मृत्यु भएको हो ।
खरकट्टा जंगलमा लु ५८ प ७०४८ नम्बरको स्कुटर र चालक लडि रहेको भन्ने सुचनाको आधारमा घटना स्थल पुगेको प्रहरीले रानालाई राति नै उद्धार गरि उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल नवलपुर पठाएको थियो । जिल्ला अस्पतालबाट उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएका रानालाई अस्पतालले मृत घोषण गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ । रातको समयमा आफै अनियन्त्रित भई दुर्घटना भएको हो वा कुनै सवारीले ठक्कर दिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१