काठमाडौं । वीर अस्पताल, न्यूरो सर्जरी पहिलो युनिटका प्रमुख प्रा. डा. ध्रुवराज अधिकारीले राजीनामा दिएका छन् । अधिकारीले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् । सोमबार बुझाइएको पत्रमा ‘चाकडी र घुसको रकम र्पुयाउन नसकेकाले राजीनामा’ दिएको उल्लेख गरिएको छ ।
अधिकारीका अनुसार वीर अस्पतालमा पद खाली रहेको र अन्य उम्मेदवार समेत छैन । तर, आफूलाई पूर्वाग्रहका साथ वीरको सट्टा अन्यत्र सरुवा गर्न खोजिएको छ । प्रा. डा. अधिकारीले अनलाइनखबरसँग भने, ‘म ६० लागिसके । अब ३र४ महिना मात्र बाँकी छ । यो बेला जनशक्ति र स्रोत साधन नै भएको ठाउँमा गएर मैले के गर्न सक्छु र ?’ आफूलाई दुःख दिने नियतले नै पोखरातिर सरुवा गर्न खोजेकाले चित्त दुखेको उनले बताए । राजीनामा पत्रमा चाकडी र घुस रकम र्पुयाउन सकिन भन्नुभएको रहेछ, कसले कति मागे रकम ? भन्ने प्रश्नमा प्रा. डा. अधिकारीले भने, ‘विचौलियाहरु छन् । के कति सहयोग गर्न सक्नुहुन्छ भने । तर, मैले उनीहरुको वास्ता गरिनँ ।’
आफूले उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवलाई चार पटक भेटेको सुनाउँदै अधिकारीले भने, ‘उहाँ हुन्छ पनि हुन्न, हुन्न पनि भन्नु हुन्न । तपाईको त हुनु पर्ने हो । म आफैं आश्चर्यमा परेको छु कि अहिलेसम्म किन भएन मात्र भन्नु हुन्छ ।’
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१