नवलपुर , -पश्चिम नवलपरासीको भुमहीमा यात्रु बहाक वस पल्टदा २ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी यात्रु घाइते भएका छन ।महेन्द्रनगरबाट काकडभिट्टाका लागि छुटेको ना ५ ख १०९६ नंको बस भुमहीको ट्राफिक कार्यलय अगाडी आज बिहान २.१५ बजे अनियन्त्रित भइ पल्टिदा बसमा सवार २ जनाको उपचारको क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको छ भने ३० भन्दा बढी यात्रु घाइते भएका छन ।
घाइतेको परासीका बिभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय परासीे जानकारी दिएको छ ।मृत्यु हुनेमा कन्चनपुरका नेपाली सेनामा कार्यरत लोकेन्द्र कार्की रहेका छन भने अर्को एक पुरुषको सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना आज बिहान २,१५ बजेको भएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१