काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ढिलासुस्ती स्वीकार्य नभएको बताएका छन् । वजेट कार्यान्वयन समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले सरकार गठनको नौ महिनासम्म पनि पुरानै बानी नहटेको भन्दै असन्तुष्टि जनाएका हुन् । ‘एउटा टेवलबाट अर्को टेवलमा फाइल सर्न कैयौं दिन लाग्ने, सिंहदरवारको एउटा कार्यलयबाट अर्को कार्यलयमा पत्र पुग्न महिनौं लाग्ने । यो पाराले कसरी अघि बढ्न सकिन्छ ’ मन्त्री तथा सचिवहरु उपस्थित बैठकमा उनले भनेका छन् ।
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाटै ढिलासुस्ती भएको भए पनि भन्न आग्रह गरे । ऐन कानुनले ढिलासुस्ती भएको छ भने त्यो पनि भन्नुहोस् । त्यस्ता ढिलासुस्तीका कारणलाई निरुपण गर्नेतर्फ मेरो ध्यान जान्छ’ उनले भनेका छन्, तर, अब कहीँ पनि ढिलासुस्ती स्वीकार्य छैन ।’ विकास र जनताको काम गर्न कसैले पनि ‘तर, पनि, यदि’ भनेर उन्कन नपाउने उनले बताए । ‘सबैले परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्नुहोस्’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै निजी सचिवालयले भनेको छ, आफ्ना कमजोरीहरुलाई तर्कको लेपनले टाल्न नखोज्नुहोस् भन्नु भएको छ । प्रधानमन्त्री ओलीले केही तत्वहरु लोकतन्त्रको जरा काट्न उद्धृत रहेको टिप्पणी गरेका छन् । ‘हामीले लोकतन्त्रको अनुभूति तल्लो स्तरका जनतालाई गराउने गरी काम गर्नुपर्छ’ उनले भनेका छन्, ‘जनतामा आशावादिता जगाउने गरी काम गर्नुपर्छ । जनता निरशा भए देशका लागि घातक हुन्छ ।’ बैठकमा भौतिक पूर्वाधार, सूचना प्रविधि, उर्जा, कृषि, उद्योग मन्त्रालय र पुननिर्माण प्राधिकरणका सचिवले आ आफ्नो चौमासिक प्रगति विवरण पेश गरेका थिए ।
सचिवलाई गार्ड राखेर मन्त्रीको परीक्षा लिइएको गुनासो
यसैवीच प्रधानमन्त्री ओलीले मन्त्रालयका सचिवलाई अगाडि राखेर मन्त्रीको परीक्षा लिएको भन्दै केही मन्त्रीले गुनासो गरेका छन् । मन्त्रीको कार्य क्षमताबारे सोध्नुपर्ने भएमा सचिवसँग नराखी बेग्लै राखिनुपर्ने मन्त्रीको गुनासो छ । प्रधानमन्त्रीसँगको छलफलपछि एक मन्त्रीको सचिवालय टीमका सदस्यले भने ‘यो त प्रधानमन्त्रीज्युबाट सचिवलाई गार्ड राखेर मन्त्रीको परीक्षा लिएजस्तै भयो । यस्तो गरेपछि सचिवले मन्त्रीलाई कसरी टेर्छन् ’ । ओकेबाट
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१