• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १२, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

२

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

३

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

४

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

५

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

६

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

७

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

८

उ मर्यो रे ?

९

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

१०

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

११

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१२

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सर्वोच्च अदालतद्वारा सरकारलाई परमादेश : फेवाताललाई विश्वसम्पदा सूचीमा राख्न पहल गर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर ७, शुक्रबार (७ साल अघि)
    Clipboard05-13

    Advertisement

    काठमाडौं । पोखरास्थित फेवाताललाई विश्वसम्पदा सूचीमा राख्ने पहल गर्न सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई परमादेश दिएको छ । प्रधान न्यायाधीश ओमप्रकाश मिश्र वरिष्ठतम न्यायाधीश हुँदा अर्का न्यायाधीश सपना प्रधान मल्लसँगको संयुक्त इजलाशबाट भएको आदेशको पूर्णपाठ बिहीवार मात्र तयार भएको छ । सो पूर्णपाठमा भनिएको छ, ‘फेवातालको कारणले पोखरा नेपालभित्र मुख्य पर्यटकीय गन्तव्य रहेकोले यसलाई विश्वसम्पदा सूचीमा राख्न आवश्यक पहल गर्नु गराउनू ।’

    सर्वोच्चले पर्यावरणीय तथा सांस्कृतिक महत्त्व भएका फेवातालजस्ता प्राकृतिक तथा सांस्कृतिक सम्पदाको सीमाभित्र कुनै निर्माण कार्य गर्दा नीतिगत सामन्यजस्यता बनाउनुको साथै यस्ता क्षेत्रहरूको सम्बन्धमा नीति निर्माण गर्दा सरोकार निकायहरूबीच समन्वय गरी वातावरणलाई प्राथमिकता दिन पनि सरकारलाई आदेश दिएको छ ।

    फेवाताल नजीकको वसुन्धरा पार्कमा कुनै पनि निर्माण कार्य नगर्न सर्वोच्चले सम्बन्धित निकायहरूलाई आदेश पनि दिएको छ । वसुन्धरा पार्क र रानीवन सिमसार क्षेत्र पनि भएको र फेवातालमा पर्ने माछापुच्छ्रेको मनोरम दृश्य हेर्ने उद्देश्यले मानिसहरू पोखराको भ्रमण गर्ने स्मरण गर्दै सर्वोच्चले फेवातालमा माछापुच्छ्रेको छायाँ र तालको पूर्ण अवलोकन वसुन्धरा पार्कबाट मात्र गर्न सकिने आदेशमा उल्लेख गरेको छ ।

    ‘पारिपट्टि रहेको रानीबनमा बसोवास गर्ने चराहरूको आवाजले यसलाई अझ मनमोहक बनाउँछ । सो पार्कमा केबलकारको संरचना तयार भएको अवस्थामा यस्तो मनमोहक दृश्यको अवलोकनमा बाधा पुग्न जानुका साथै केबलकारको विभिन्न मेशिनको आवाज एवम् त्यहाँ हुने मानिसको भीडले त्यहाँ बसोवास गर्ने चरा, पुतलीलाई पनि बाधा उत्पन्न भई तिनीहरू सो ठाउँबाट पलायन हुन जान्छन्’, सर्वोच्चको आदेशमा भनिएको छ ।

    वसुन्धरा पार्कको फेवाताल संरक्षणमा महत्त्वपूर्ण भूमिका भएको भन्दै सर्वोच्चले ताल संरक्षणका लागि सो पार्कमा कुनै पनि निर्माण कार्य नगर्न र नगराउन सरकारको सम्बन्धित निकायलाई आदेश दिएको छ । साथै फेवाताल नजिक रहेको रानीवनका रूखबिरुवा मास्ने कार्य नगर्न पनि सर्वोच्चको परमादेश छ ।

    फेवातालबीचमा रहेको तालवाराही मन्दिर माथिबाट केबलकार सञ्चालन गर्न गरिएको प्रयासलाई पनि सर्वोच्चले रोकिदिएको छ । सर्वोच्चको आदेशको पूर्णपाठमा तालबाराहीको छुट्टै महत्त्व रहेकोले यसको माथिबाट केबलकार सञ्चालन गर्दा मन्दिरको गरिमामा आँच आउने उल्लेख छ ।

    मन्दिर माथिबाट केबलकार सञ्चालन गर्दा लाखौं भक्तजनको आस्थामा आघात पुग्न जाने उल्लेख गर्दै सर्वोच्चले त्यसबाट हिन्दूहरूको धार्मिक स्वतन्त्रताको हक हनन हुन जाने स्पष्ट गरेको छ । केबलकारजस्ता कुराहरू सञ्चालन गर्दा फेवाताल नै नरहन सक्ने उल्लेख गर्दै फेवाताल नै नरहेपछि पर्यटनमा आधारित पोखरामा रहेका व्यक्तिहरूको रोजगारी तथा पेशा नै सङ्कटमा पर्न सक्ने सर्वोच्चले औंल्याएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान


  • Advertisement

    समाचार
  • १

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • २

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ३

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ४

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ५

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ६

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ७

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ८

    उ मर्यो रे ?

  • ९

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • १०

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution