काठमाडौं : सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको छ। राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबार कार्यक्रम गरी सरकारले कार्यक्रम घोषणा गरेको हो।
पहिलो सामाजिक सुरक्षा दिवस तथा सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले २५ वर्ष पुरानो कार्यक्रममा नयाँ आयाम थपिएको बताए। २०५१ मा एमाले नेतृत्वमा अल्पमतको सरकार बनेका बेला जेष्ठ नागरिक सुरक्षा कार्यक्रम अन्तर्गत सामाजिक सुरक्षाको नयाँ प्रणाली थालेको सम्रण गर्दै प्रधानमन्त्रीले त्यसैको निरन्तरतामा नयाँ कार्यक्रम आएको तर्क गरे।
‘त्यो एउटा दलको सरकारले एक आर्थिक वर्ष वा एक कार्यकालमा सीमित हुने गरी ल्याएको एउटा आर्थिक सहायताको कार्यक्रम थिएन, एकचोटी सुरु भएपछि निरन्तरता पाउने प्रकृतिको सामाजिक प्रणालीको थालनी थियो’, प्रधानमन्त्रीले भने।
विरोधका लागि विरोध गर्ने, हिंसात्मक वकालत गर्ने, भ्रम फैलाउने, राष्ट्रिय एकतालाई कमजोर बनाउने तत्वहरुको क्रियाकलापप्रति पनि सरकार सजग रहेको उनले बताए। ‘उनीहरुले यो पनि बुझ्नु पर्ने– अब देश अघि बढ्यो। अगाडि बढिसक्यो। अब मुलुक सुशासन र विकासको बाटोमा लम्कियो’, प्रधानमन्त्रीले भने।
प्रधानमन्त्रीले भने –
यो नयाँ प्रणाली, लक्षित उमेर समूह वा समुदायलाई मात्र हैन, सबैका लागि हो। यो–
– ज्याला रोजगारी हुने र नहुने
– युवा हुन् वा वृद्ध
– स्वस्थ्य हुन् की विरामी
– बालबच्चा भएका वा नभएका
– आम्दानी भएका वा नभएका सबैलाई हो।
राज्यले सबै नागरिकहरुप्रति समान व्यवहार गर्छ। तर त्यो समानता उमेरको हिसावले बाल्यकाल, सक्रिय उमेर, र वार्धक्य कालमा फरक फरक हुन सक्छ।
– बाल्यकालमाः स्याहार। शिक्षा स्वास्थ्यमा समानता
– सक्रिय उमेरमाः अवसर। योग्याता र दक्षताको आधारमा रोजगारी
– पाको उमेरमाः सम्मान र संरक्षण।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१