• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ भाद्र १७, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

२

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

३

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

४

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

५

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

६

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

७

प्रधानमन्त्री ओली चीन प्रस्थान

८

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

९

आजको मौसम पूर्वानुमानः देशभर मध्यम वर्षाको सम्भावना

१०

विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

११

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

१२

कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा बैज्ञानिक वन ः करोडौं आम्दानी,सयौंलाई रोजगारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर २२, शनिबार (६ साल अघि)
    Jungle

    Advertisement

    दयाराम आचार्य

    कावासोती । नवलपुरमा बैज्ञानिक वन व्यवस्थापन लागु भए संगै करोडौ रुपैया आम्दानी भएको छ । सयौंका लागि रोजगार सिर्जना भएको छ ।

    नवलपुरमा बैज्ञानिक वन व्यवस्थापन लागु भएको पहिलो वर्षमात्र झण्डै रु ३२ करोडको आम्दानी भएकोछ । बैज्ञानिक वन लागु भएका क्षेत्रबाट रुख कटना गरि विक्रिवाट यो रकम आम्दानी भएकोहो ।

    बैज्ञानिक वनका कारण यहां सयौंले रोजगार प्राप्त गरेका छन् । नवलुरमा रहेका २४ वटा सामुदायिक वन, साझेदारी वन र चक्लावन एक÷एक वटामा बैज्ञानिक वन व्यवस्थापन लागु भएको छ । बैज्ञानिक वन व्यवस्थापन शुरु गरेका यी वनहरुबाट पहिलो वर्षमात्र तीन लाख ५० हजार क्युफिट काठ उत्पादन भएको डिभिजन वन कार्यालय नवलपुर प्रमुख विजयराज सुवेदीले बताए । जस मध्य दुई लाख क्युफिट काठ उपभोक्तालाई बिक्रि गरिएको छ । एकलाख क्युफिट काठ जिल्ला वाहिर बिक्रि गरीएको छ । ५० हजार क्युफिट काठ बांकी रहेको उनले बताए ।
    काठको गुणस्तर हेरेर ‘ए’, ‘वि’ र ‘सि’ गे्रडमा विभाजन गर्ने गरिन्छ । सामुदायिक वनका उपभोक्ता बाहेकलाई बिक्री गर्दा क्रमश रु १५ सय , रु १२ सय र रु एक हजारका दरले बिक्रि हुने गर्दछ । उपभोक्ताका लागि भने रु १२ सय, रु एक हजार र रु आठ सय प्रति क्युफिटका दरले बिक्रि गर्ने गरीएको छ । उपभोक्तालाई बिक्रि गरिएको दुई लाख क्युफिट काठ सरदर रु एक हजारको दरले रु बिस करोड र जिल्ला बाहिर बिक्रि गरिएको एक लाख क्युफिट काठ सरदर रु बाह्र सयका दरले रु १२ करोड गरि रु ३२ करोड आम्दानी भएको डिभिजन वन प्रमुख सुवेदीले बताए ।
    काठ बिक्रिबाट आएको रकम मध्य ८५ प्रतिशत रकम वन समूहले राख्ने गर्दछ । १५ प्रतिशत सरकारलाई जाने गर्दछ । वन समूहले आम्दानीको रकमबाट स्थानिय स्तरमा विकासका कामलाई प्राथमिकता दिएर काम गर्ने गरेका छन् । विपन्न समुदायलाई सहयोग समेत गर्दै आएका छन् । बैज्ञानिक वन व्यवस्थापनका कारण उपभोक्ताले समेत सस्तो र सहज रुपमा काठ प्राप्त गर्ने गरेका छन् ।

    बैज्ञानिक वनका कारण काठ विक्रिबाट आम्दानी मात्र होईन यहां सयौंका लागि रोजगार सिर्जना भएको छ । डिभिजन वन प्रमुख सुवेदीका अनुसार एक क्युफीट काठ उत्पादनका लागि कम्तीमा २ श्रमदिन लाग्ने गर्दछ । नवलपुरमा तीन लाख ५० हजार क्युफिट काठ उत्पादनका लागि सात लाख श्रमदिन रोजगार सिर्जना भएको छ । विरुवाको लागि स्याहार गर्ने ,काठ काटने ,संकलन गर्ने ,फाएरलाईन वनाउनका लागि यो श्रम लाग्ने गर्दछ । डिभिजन वन प्रमुख सुवेदीका अनुसार बैज्ञानिक वन लागु भएका वनले कम्तिमा ५ जनाका दरले वन हेरालु र एक जना कार्यालय सचिव राख्ने गरेका छन् । यसबाट समेत झण्डै एस सय ५० जनाले रोजगार प्राप्त गरेका छन् ।

    नवलपुरमा यस वर्ष थप ६ वटा सामुदायीक वन बैज्ञानिक वन व्यवस्थापनमा जादैछन् । धुसेरी ,महाराजा , सिंहनिवास,बुद्ध ,अम्रसा र वसन्त सामुदायीक वनमा वैज्ञानीक वन व्यवस्थापन शुरु गर्न लागिएको डिभिजन वन कार्यालयले नवलपुरले बताएको छ । यि वनहरुले यस बर्षबाट रुख कटान प्रारम्भ गर्ने छन् । यो संगै ३२ वटा क्षेत्रमा बैज्ञानिक वन व्यस्थापन लागु हुनेछ ।

    बैज्ञानिक वन व्याथापन पूर्व वन प्राविधिकले के काम कहिले गर्ने भन्ने योजना निर्माण गर्ने गर्दछन् । हरेक वनलाई आठ भागमा बाडेर कुनै एक भाग बाट रुख कटानको कार्य थालनी गर्ने गरिन्छ । एक भागमा दश वर्ष क्रमश रुख काट्ने काम गरिन्छ । प्रति हेक्टर करिब १५ वटा माउ रुख छाडेर अन्य रुख काट्ने गरिन्छ र सो स्थानमा नयां विरुवालाई हुर्काउने काम गरिने डिभिजन वन प्रमुख सुवेदीले बताए । कुन रुख काटने, कुन रुख छाडेन भनेर पहिलेनै योजना वनाएर प्रत्यक रुखमा नम्बर लगाउने गरिन्छ । सुवेदीका अनुसार पहिलो वर्ष रुख कटान गरेको स्थानमा ८० वर्षपछी पुनः रुख काटन् सकिने गरी योजना निर्माण गरीन्छ । उनका अनुसार बैज्ञानिक वन व्यस्थापनमा विशेष गरेर बुढा रुख काटने,नयां विरुवा उमार्ने र हुर्काउने काम गरिन्छ ।

    अहिले कटान गरेका रुख धेरै बुढा भएकाले धोध(काठ खोक्रो हुनु) लागेका कारण काठको मात्र घटेको सुवेदीले बताए । तर क्रमश वन व्यवस्थापन गर्दा यसले काठको मात्र वढने छ । वनको अवस्था सुधार गर्नु ,काठको आयात विस्थापित गर्नु र सहज रुपमा काठ प्राप्तहुने अवस्था सिर्जना गनु बैज्ञानिक वन व्यव्स्थापनको प्रमुख उधेश्य रहेको डिभिजन वन प्रमुख सुवदीले बताए । कति रुख काटने ,कति उमार्ने, कति हुर्काउने सबै सहि ढङ्ले व्यवस्थापन गर्न सके मात्र वन राम्रो हुने,काठ दाउराको उत्पादन पनि धेरै हुने उनले बताए । वनको सहि व्यवस्थापन नुहदा वार्षिक रुपमा देश भर गरेर करिब ८ करोड क्युफिट काठ नोक्सान हुदै गएको उनले बताए । नवलपुरमा मात्र बार्षिक २५ लाख क्युफिट काठ निकाल्न सकिने तर अहिले साढे तीन लाख क्युफिट काठ मात्र निकाल्न सकिएको हुदा २३ लाख क्युफिट काठ गुमाएको उनले बताए । वातावरणीय दृष्टिकोणले समेत बैज्ञानिक वन व्यस्थापन राम्रो भएको प्रमुख सुवेदीले बताए । बुढा भएका रुखले कम मात्रमा कार्वन सोस्ने तर नयां रुखले कार्वन धेरै सोस्ने हंदा वातावरणीय सन्तुलन कायमका लागि बैज्ञानिक वनले सहयोग पुर्याउने उनले बताए ।
    वातावरणीय,आम्दानी,रोजगारी सबै हिसाले बैज्ञानिक वन लाभदायी भए पनि कतिपयले प्राविधि कुरा नबुझी मरभुमी हुने भयो भन्दै हल्ला मात्र गर्ने गरेको सुवेदीले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै


  • Advertisement

    समाचार
  • १

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • २

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ३

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ४

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ५

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • ६

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • ७

    प्रधानमन्त्री ओली चीन प्रस्थान

  • ८

    कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

  • ९

    आजको मौसम पूर्वानुमानः देशभर मध्यम वर्षाको सम्भावना

  • १०

    विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution