• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २९, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

२

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

३

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

४

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

५

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

६

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

७

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

८

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

९

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

१०

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

११

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

१२

नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यवर्ती क्षेत्रका बासिन्दालाई वन्यजन्तुबाट खेती जोगाउन मुस्किल

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर २५, मंगलबार (७ साल अघि)
    gaida-1

    Advertisement

    दयाराम आचार्य
    कावसोती । मध्यवर्ती क्षेत्रका बासिन्दालाई वन्यजन्तुबाट खेती जोगाउन मुस्किल हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगत नवलपरासीको मध्यवर्ती नजिकका बस्तीमा दिनहुँजसो वन क्षेत्रबाट आउने वन्यजन्तुले अन्नबाली खाने र कुल्चेर नष्ट गर्ने गरेका कारण यस क्षेत्रका बासिन्दा चिन्तित बनेका हुन् ।

    “जङ्गली जनावरका लागि खेती लगाए जस्तो भएको छ, कहिल्यै कुनै पनि खेती पाकेर पूरै भित्र्याउन पाइँदैन”, मध्यविन्दु–३, का विष्णु रानाभाटले भन्नुभयो, “मध्यवर्ती छेउमा बस्ने हामी, न लगाएको खेती सकुशल भित्र्याउन पाउँछौँ, न ज्याननै सुरक्षित छ ।”

    जङ्गलबाट आउने गैँडा, चित्तल, बँदेल लगायत जनावरले लगाएको बाली खाइदिने, माडिदिने गरेका कारण समस्या भएको कावासोती गैरीका स्थानीय सोमप्रसाद गुरुङले बताउनुभयो । वर्षभरि लगाउने प्रत्येक खेतीबालीमा जङ्गली जनावरले नोक्सान पु¥याउने गरेको उहाँले बताउनुभयो । “अहिले मसुरो छ ,रातभरि मृगको बथान आउँछ, सबै खाएर, टेकेर सखाप छ”, हातले आफूले लगाएको मसुरो बालीतर्फ देखाउँदै गुरुङले भन्नुभयो, “वर्षभरि, मकै, धान, गहुँ जे लगाए पनि सखापै पार्छ ।”

    जङ्गली जनावरले खेतीबाली खाने मात्र समस्या नभएर कहाँ कतिबेला आफूलाई नै आक्रमण गर्ने हो भन्ने चिन्तासमेत हुने गरेको गुरुङले बताउनुभयो ।
    मध्यवर्ती क्षेत्रमा जङ्गली जनावर रोक्न धेरैजसो क्षेत्रमा विद्युतीय झट्का र तारजाली लगाइएको भए पनि तारजाली नभएको स्थानबाट जङ्गली जनावर बस्तीतर्फ आउने गरेको उहाँको भनाइ छ । जङ्गली जनावरले बस्तीमा आएर स्थानीयलाई हानेर घाइतेसमेत बनाउने गरेको र कतिपयको ज्यानै जाने गरेको स्थानीयवासी बताउँछन् ।

    सामुदायिक वन र मध्यवर्ती क्षेत्रमा क्षतिपूर्तिका लागि पहल गरेपनि क्षतिपूर्ति पाउन नसकेको धेरैको गुनासो छ । “क्षतिपूर्ति पाइन्छ भनेर धायो, अहिलेसम्म केही पाइएको छैन गुरुङले भन्नुभयो, “क्षतिपूर्ति दिन्छु भनेको धेरै वर्ष भयो तर अहिलेसम्म कसैले केही पाएको छैन ।” वन्यजन्तुले पु¥याएको क्षतिको क्षतिपूर्ति पाउन निक्कै झन्झटिलो प्रक्रिया भएकाले समेत धेरैले क्षतिपूर्तिका लागि पहल नै गर्दैनन् ।

    “जनावरले आफूहरूले वर्षभरि मौसमअनुसार लगाउने सबै बालीमा क्षति पु¥याइरहेको हुन्छ, कहिलेकाहीँ राति कुरेर, होहल्ला गरेर लखेटिन्छ, कुनबेला आएर खान्छ ठेगान हुँदैन”, स्थानीय थमप्रसाद चापागार्इंले भन्नुभयो, “खेतीबाली लगाएको बारी सबै रातभरि जङ्गली जनावर ओहोरदोहोर गर्ने ठाउँ बन्छ ।”

    स्थानीयले आफूले लगाएको बाली जङ्गली जनावरबाट जोगाउन खेतमा विभिन्न प्लास्टिक तथा बोराका मावन आकृति बनाएर गाडने गरेका छन् । जनावरले मानिस रहेछ भनेर जनावर आउँदैन कि भनेर यस्तो बनाएर गाडेको चापागाईंले बताउनुभयो । स्थानीयले खेतीबाली जोगाउन गरेको यस्तो प्रयास सफल हुन सकेको छैन ।

    वन्यजन्तुले बालीनालीमा धेरै क्षति पु¥याउन थालेपछि अहिले यहाँका स्थानीय तहले वार्षिकरूपमा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणमा बजेट विनयोजन गरेर पक्की पर्खाल नै बनाउन थालेका छन् । स्थानीय तहले बजेट विनियोजन गरी मेसजाली सहितको पक्की पर्खाल निर्माणको काम गरिरहेका छन् । यसले वन्यजन्तु बस्तीमा आउनबाट रोक्ने विश्वास लिइएको छ ।

    वन्यजन्तु प्रभावित क्षेत्रमा पर्ने कावासोती नगरपालिका–१२ का वडाध्यक्ष खेमप्रसाद काफ्लेले आफ्नो वडाको स्थानीयको माग भनेकै वन्यजन्तुबाट हुने क्षति रोक्नु रहेको बताउनुभयो । वन्यजन्तुका कारण खेतीबाली सहित ज्यानकै जोखिम बढेको भन्दै यसको नियन्त्रणको लागि स्थानीयवासीको माग हुने गरेको उहाँले जानकारी दिनुभयो । काफ्लेका अनुसार वडा कार्यालयमार्फत मध्यवर्ती सामुदायिक वनको सहकार्यमा आफ्नो क्षेत्र भित्रको वनसँगको सीमामा पक्की पर्खाल बनाउने कामसमेत थालिएको छ ।
    रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति


  • Advertisement

    समाचार
  • १

    जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • २

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • ३

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ४

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ५

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ६

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ७

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ८

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ९

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • १०

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution