• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ भाद्र १२, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

२

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

३

कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

४

नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

५

विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

६

गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

७

लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

८

मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

९

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

१०

दाउन्ने क्षेत्रको सडकमा ढलान

११

गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी

१२

बाल अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चीनका राष्ट्रपति सीको नेपाल भ्रमणका लागि तयारी सुरू

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर २८, शुक्रबार (६ साल अघि)
    SKOREA CHINA XI

    Advertisement

    काठमाडौं : चीनले नेपालमा उच्चस्तरीय भ्रमणको तयारी अघि बढाएको छ। नेपाल–चीन दुईपक्षीय परामर्श संयन्त्रको १२ औं बैठकमा उच्चस्तरको भ्रमणबारे छलफल भएको छ। तर उच्चस्तरको भ्रमण कहिले हुने भने स्पष्ट भइसकेको छैन। चीनबाट राष्ट्रपति स्तरको भ्रमणका लागि नेपालले लगातार पहल गरिरहेको छ।

    जियाङ जेमिनले सन् १९९६ को डिसेम्बरमा दुईदिने नेपाल भ्रमण गरेका थिए। २०१२ को जनवरीमा प्रधानमन्त्री वेन जियावाओ पाँच घण्टाका लागि नेपाल आएका थिए। राष्ट्रपति हु जिन्ताओ दुई कार्यमालमा नेपाल आएनन्। राष्ट्रपति सि चिनफिङले पनि पहिलो कार्यकालमा नेपाल भ्रमण आवश्यक ठानेनन्।

    नेपाल–चीन दुई पक्षीय परामर्श संयन्त्रको १२ औं बैठकमा उच्चस्तरको भ्रमणबारे छलफल भएको हो। संयन्त्र बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्रसचिव शंकारदास बैरागी र चिनियाँ पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका उपमन्त्री (सचिवस्तर) खोङ सुआनयौले गरेका छन्। बैठकमा नेपालका लागि प्रस्तावित चिनियाँ राजदूत होउ यान्छी पनि सहभागी थिइन्।

    सन् २०१९ मा चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गर्ने सम्भावनाका बारेमा उक्त बैठकमा छलफल भएको बताइएको छ। बैठक अघि परराष्ट्र सचिवले विदेशमन्त्री वाङ यीसँग चिनियाँ राज्य अतिथि गृह त्याउथाईमा शिष्टाचार भेटवार्ता गर्ने क्रममा पनि उच्चस्तरको भ्रमणबारे छलफल भएको थियो।

    ‘नेपाल र चीनबीच गहिरो विश्वास र समझदारी छ। नेपाललाई चीनले ठूलो महत्व दिँदै आएको छ। नेपालको अपेक्षालाई चीनले निकै ध्यान दिएको छ’, चिनियाँ विदेशमन्त्री वाङलाई उद्धृत गर्दै नियोग उपप्रमुख सुशील लम्सालले अन्नपूर्णसँग टेलिफोनमा भने, ‘हामी नेपालको पूर्वाधार विकासमा सहयोग गर्न चाहन्छौं। रेलमार्गका बारेमा पनि अध्ययन भइरहेको छ।’

    बीआरआई निर्माणमा नेपाल पनि एउटा महत्वपूर्ण साझेदार भएकाले नेपालले यस अन्तर्गत फाइदा लिन सक्नुपर्ने यीले बताउँदै नेपालले तयार गर्ने प्रस्तावको आधारमा नेपालले यसबाट फाइदा लिने बताए।

    ‘बीआरआईको संयुक्त निर्माणले द्विपक्षीय र अन्यसम्बन्धमा महत्वपूर्ण शक्ति थप्नेमात्र होइन अन्तर्सम्बन्धलाई अझै उज्यालो भविष्यतर्फ अघि बढाउनेछ,’ यीलाई उद्धृत गर्दै अधिकारीले भने।

    बिहीबार सम्पन्न परराष्ट्र सचिवस्तरीय बैठकमा राष्ट्रपतिसहितको उच्चस्तरको भ्रमणबारे छलफल भएको थियो। बैठकमा रेल, नाका, राजमार्ग र उच्चस्तरका भ्रमणका सम्झौता कार्यावन्यन र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे छलफल भएको सहभागीले जानकारी दिए। पाँच घण्टा लामो उक्त बैठकअघि बैरागीले चिनियाँ विदेशमन्त्री यीसँग भेट गरे।

    नेपालबाट चीनतर्फ उच्चस्तरीय भ्रमण हुँदा दुई देशबीचमा भएका सम्झौताको कार्यान्वयन र बीआरआईमा नेपालले राखेको प्रस्तावबारेमा समीक्षा भएको थियो। प्रधानमन्त्रीको चीन भ्रमणका बेला भएको चिनियाँ रेललाई नेपालसम्म लैजाने सम्झौता, चिनियाँ पर्यटक, दुई देशबीच हाइवे, नाकाब्यवस्थापन, नेपालमा चिनियाँ लगानी, यातायात तथा पारवहन सम्झौतालगायतका विषयमा छलफल भएको नियोग उपप्रमुख लम्सालले बताए।

    चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणहुने सम्भावना रहेको भएपनि यो विषयमा मिति स्पष्ट हुन सकेको छैनभन्दै लम्सालले भने, ‘राजनीति उच्चस्तरमा नेपालमा भ्रमण गर्न आवश्यक भइसकेको जानकारी चिनियाँ पक्षले दिंदै आएको छ।’

    चीनले आगामी मार्चमा हैनान प्रान्तमा हुने बोआओ फोरममा पनि नेपालको तर्फबाट राष्ट्रपति स्तरमा नै भ्रमण चाहेको जानकारी एक सहभागीले बताए। ‘बोआओ फोरमा नेपालको तर्फबाट पहिले राजा जाने गरेका थिए। पछि लामो समयसम्म नेपाललाई निम्ता नै गरिएन सुशील कोइराला प्रधानमन्त्री रहदाँ पुनःनिम्ता आउने वातावरण बन्यो।’ त्यतिबेला तत्कालीन राष्ट्रपति डा.रामवरण यादवले बोआओ फोरममा सहभागिता जनाए। चीनले यसपटक राष्ट्रप्रमुखकै अपेक्षा गरेको छ।

    नेपालले बेहोर्दै आएको व्यापार घाटाको विषयसँगै कसरी नेपाली उत्पादनलाई चीनमा बजार बिस्तार गर्ने विषयबारे बैठकमा छलफल भएको दूतावासले जारी गरेको बक्तब्यमा उल्लेख छ।

    नेपाल चीन सम्वन्ध उचाईमा लैजान र भएका सहमतिलाई कार्यावन्यन गर्दै अघि बढाउन सन् १९९६ मा नेपाल–चीन दुई पक्षीय परामर्श संयन्त्र बनेको थियो। दुवै मुलुकका परराष्ट्र सचिवको नेतृत्वमा परामर्श संयन्त्रको बैठक हुने र यसका आधारमा राजनीतिक नेतृत्वले भ्रमण गर्ने प्रचलन छ।

    http://annapurnapost.com/मा समाचार छ

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

  • मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

  • कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास


  • Advertisement

    समाचार
  • १

    विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

  • २

    मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

  • ३

    कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • ४

    नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

  • ५

    विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

  • ६

    गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

  • ७

    लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

  • ८

    मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

  • ९

    नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

  • १०

    दाउन्ने क्षेत्रको सडकमा ढलान

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution