बिजय चालिसे
कावासोती । स्थानीयतह टे्ड युनियन संयुक्त आन्दोलन परिचालन समितिले आजदेखि नवलपुर सहित देशभरी नै आन्दोलन सुरु गरेका छन् । कर्मचारी समायोजन अध्यादेशको विरोधमा नवलपुरका स्थानीयतहका कर्मचारीहरु आज कार्यालयमा काम बन्द गरि बिहान १० बजेदेखि ४ बजेसम्म धर्नामा बसेका हुन् । कर्मचारी आन्दोलित भएपछि नवलपुरका आठ वटै स्थानियतहमा कामकाज प्रभावित बनेको छ । काम काज ठप्प हुदाँ सेवा लिन जाने सेवाग्राही समस्यामा परेका छन्। सांकेतिक विरोध स्वरुप स्थानीयतहमा कामकाज बन्द गरी कार्यालय परिसरमै धर्ना बस्ने पूर्व घोषित कार्यक्रम अनुसार कर्मचारी धर्नामा बसेका हुन् । नवलपुरका सबै स्थानियतहमा धर्नामा बसेको स्थानियतह कर्मचारी संघ नवलपुरका अध्यक्ष अविनास पन्थिले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१