• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र ३, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

२

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

३

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

४

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

५

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

६

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

७

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

८

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

९

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

१०

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

११

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    महासमिति सदस्य नै भन्छन् – कांग्रेसका कार्यकर्ता घटिया छन्!

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष २, सोमबार (७ साल अघि)
    Nepali-congress

    Advertisement

    काठमाडौं : तराईलाई नेपाली कांग्रेसको उत्पतिको क्षेत्र मानिन्छ। कांग्रेसकै राजनीतिबाट मधेसका अनुहार महेन्द्रनारायण निधि, महन्थ ठाकुर, पूर्वराष्ट्रपति रामवरण यादव उदाए। तर, अहिले तराईमा कांग्रेस निकै कमजोर छ। गत वर्ष सम्पन्न विर्वाचनमा कांग्रेस तराईका जिल्लामा चौथो दलमा सीमित भयो। पहिले तराई मधेशका कांग्रेसका दबदबा थियो। तर, क्षेत्रीय दल चुनौतीका रूपमा देखिए र त्यस्ता क्षेत्रीय दलको नेतृत्व गर्ने  प्रभावशाली नेता कांग्रेस छोडेका मध्यबाट छन्। कांग्रेसको राजनीतिबाट उदाएका धेरैले कांग्रेस छाड्दै क्षेत्रीय दल बनाएका कारण पनि कांग्रेसलाई चुनौती भयो। मधेसमा अनुहारलाई पार्टी केन्द्रीय समितिमा कम मात्रै सहभागिता रहेका कारण पनि पछिल्लो समय मधेसमा कांग्रेस कमजोर भएको विश्लेषण पनि छ। निर्वाचनमा हार व्यहोरेपछि बोलाइएको महासमिति बैठकमा पनि तराईबाट आएका महासमिति सदस्यले कांग्रेस तराईमा हार्नुको कारण पैलाइरहेका छन्।  महासमिति सदस्यहरूले कांग्रेसले तराईका कार्यकर्तालाई संरक्षण नै नगरेका कारण चुनाव हार्न पुगेको बताएका छन्। तराईमा कांग्रेसले हार्नुको मुख्य कारण तराईको राजनीतिमा प्रभावशाली मानिएका महन्थ ठाकुरले कांग्रेस छाडेर नयाँ पार्टी बनाएकाले पनि हुनसक्ने तराईबाट आएका महासमिति सदस्यहरू बताउँछन्। देशभरिका कांग्रेस कमजोर त बन्यो तर तराईमा बलियो पकड हुँदा पनि  चौथो शक्तिमा झर्दा तराईका नेताहरू बढी चिन्तित देखिन्थे।  तराईबाट आएका महासमिति सदस्यहरूले कांग्रेसले मधेसको मुद्दालाई बिर्सिएको गुनासो गरेका छन्। ‘कांग्रेसको पुरानो विधानले मधेसलाई राम्ररी समेट्न सकेको छैन’, सप्तरीका महासमिति सदस्य विन्देश्वरप्रसाद साहले भने, ‘मधेसको विकास, नागरिकताको समस्याका विषयमा कांग्रेसले केही गर्न सकेन। अब महासमितिपछि कांग्रेसले मधेसको हितमा काम गर्नुपर्छ।’ कतिपय प्रतिनिधिहरूले मुद्दा बिर्सिएको मात्रै होइन नेताले कार्यकर्तालाई वेवास्था गरेको गुनासो पनि गरेका थिए। ‘कांग्रेसले मधेसका कार्यकर्तालाई वास्थै गरेन। अरू पार्टीले कार्यकर्तालाई संरक्षण गरेको छ’ महोत्तरीकी महासमिति सदस्य जानकीदेवी महतोले भनिन्,‘छोराछोरीलाई खेत बेचेर पढाइयो। अरू पार्टीकाले आफ्ना कार्यकर्तालाई जागिर खुवाउँछन्। हाम्रो चाहिँ घरमै बस्नुपर्ने अवस्था छ।’ अन्य समयमा कांग्रेस हुने र चुनावका बेला कांग्रेसलाई भोट नहाल्ने प्रवृत्तिले पनि पार्टी बिगारेको उनको भनाइ छ। ‘नेपाली कांग्रेसको कार्यकर्ता घटिया छन्’, उनले भनिन्, ‘अरूबेला कांग्रेसी हुन्छन्। चुनावका बेला भोट हाल्नै बिर्सन्छन्।’ कतिपयले तराईका कार्यकर्तालाई कांग्रेसले विभेद गरेको आरोप पनि लगाएका छन्। त्यसकारण तराई केन्द्रित क्षेत्रीय दलले अवसर पाएको गुनासोसमेत गरेका छन्। कांग्रेसलाई अब पहिलो पार्टी बनाउन मधेसी जनतालाई पनि समान रूपमा हेर्नुपर्ने र अवसर दिनुपर्ने उनीहरूको भनाइ छ।  ‘तराईका जनताको विकासमा पनि पहुँच कम छ। त्यसकारण मधेसका दलहरूले अवसर पाएका छन्’, महासमिति सदस्य नारायण यादवले भने, ‘फेरि तराईका जनताले काठमाडौंबाट अपहेलित भएको महशुस पनि गरेका छन्। कांग्रेसले अलिक विभेद गरेको जनताले महशुस गरेका छन्। त्यसकारण कांग्रेस अलिक कमजोर बनेको छ।’  कांग्रेसले उठाउनुपर्ने मुद्दा मधेसवादी दलले उठाएका कारण तराईमा संगठन कमजोर भएको तराई मधेसबाट आएका महासमिति सदस्यहरूको निष्कर्ष छ। ‘नेपाली कांग्रेसले जुन आवाज उठाउनुपर्ने थियो। त्यो आवाज कांग्रेसले उठाउन सकेन’, सुनसरीका महासमिति सदस्य सूर्यदेव उराउ भन्छन्,‘ मधेसका मुद्दालाई कांग्रेसले बेलैमा सम्बोधन गरेको भए अहिलेको जस्तो संगठन कमजोर हुने थिएन।’  कांग्रेसले मधेसका मुद्दालाई उठाए पनि आफ्नो मुद्दा हो भन्न नसक्दा पार्टीले पराजय भोग्नुपरेको महासमिति सदस्य सेख लालबाबु बताउँछन्। ‘पार्टी हारेकोमा हामी धेरै चिन्तित छौँ। हामीले उठाएका मुद्दलाई पनि प्रचार गर्न सकेनन्। त्यसकारण मधेसी दलले हाम्रो मुद्दा भन्दै प्रचार गरे’, उनले भने, ‘हामीले त्यसलाई चिर्न सकेनौँ। त्यसकारण हामी नराम्रोसँग पराजित बन्न पुग्यौँ।’  तर, अब भने जनताले मधेसवादी दललाई पनि चिनिसकेकाले अर्को वर्ष कांग्रेस पहिलो पार्टी बन्ने उनी बताउँछन्। त्यसका लागि नेताहरूले आन्तरिक लडाई छाडेर तराईमा संगठन विस्तारका लागि जानुपर्ने उनको धारणा छ।  बैठकमा बोल्ने अधिकांश महासमिति सदस्यहरूले पनि अब कांग्रेसले तराईको मुद्दालाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन्। कांग्रेससँग अझै पनि जता नजिक हुन चाहेको र ‘फरक स्वाद’का लागि मात्र राजपा र फोरमलाई मत खसालेको उनीहरूले बताएका छन्।

     thahakhabar.comमा प्रकाशित छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो


  • Advertisement

    समाचार
  • १

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • २

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • ३

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • ४

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ५

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ६

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ७

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ८

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ९

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • १०

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution