काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले मनोमानि ढंगले सचिवालय गठन गरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
नेता रावलले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि आफ्नो लिखित सुझाव पेस गर्दै मनोमानी तरिकाले सचिवालय गठन गरिएको भन्दै असन्तुष्टि जनाएका हुन्।
उनको लिखित प्रस्तावको पहिलो बुँदामै भनिएको छ, ‘पार्टी एकीकरणको पूर्वसन्ध्यामा नेकपा (एमाले)को स्थायी कमिटी बैठकमा सचिवालय गठन गर्ने र महासचिव नियुक्ति गर्ने कुरा भएको थिएन। दुई जना अध्यक्ष रहने निर्णय भएको थियो। उक्त निर्णयमा तत्कालीन नेकपा (माओवादी केन्द्र)सँग पनि सहमति भएको जानकारी गराइएको थियो। तर, पछि मनोमानि किसिमले सचिवालय गठन गरियो।
उनले बैठक कार्यसूची बिना आएको भन्दै आलोचना गरेका छन्। केन्द्रीय कमिटीले पारित नगरेको विधान कसरी पारित गरियो भन्दै नेता रावलले प्रश्न उठाएका छन्। नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बिहान ८ बजेबाट जारी बैठकमा नेता रावलले आफ्नो सुझाव दिएका हुन्। नेता रावलले अध्यक्षद्वयको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि ३५ बुँदे सुझाव पेस गरेका छन्। त्यसैगरी सोमबारको बैठकमा उनले नेता बामदेव गौतम, घनश्याम भुषाललगायतले प्रतिवेदनमाथि आलोचनात्मक टिप्पणी गरेका थिए।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१