• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

२

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

३

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

४

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

५

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

६

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

७

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

८

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

९

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

१०

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

११

खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

१२

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    वामदेवजीले घिनलाग्दो खेल खेल्नुभयो, प्रधानमन्त्री हुन उहाँसँग त्यस्तो के गुण छ: पृथ्वीसुब्बा गुरूङ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष ६, शुक्रबार (७ साल अघि)
    prithvi-subba-gurung

    Advertisement

    काठमाडै ।  नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले सचिवालय सदस्य वामदेव गौतमको चर्को आलोचना गरेका छन्।

    प्राइम टेलिभिजनको जनता जान्न चाहन्छन कार्यक्रममा अन्तर्वार्ता दिँदै गुरूङले गौतम कुण्ठा बोकेर हिँडिरहेको आरोप लगाए।

    सुब्बा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता हुन्। गत महाधिवेशनमा उनी ओली प्यानलबाट तत्कालीन नेकपा एमालेको सचिव निर्वाचित भएका थिए।

    ‘वामदेवजीको घामपानीको कुरा सुनेर साध्य लाग्दैन। राजनीतिमा घामपानी हुने नेताको दिन छैन। मैले नेताको अपमान गरेको होइन, उहाँ कहिले डोल्पाबाट उठ्छु भन्नुहुन्छ। कहिले काठमाडौंबाट उठ्छु भन्नुहुन्छ। कहिले सिन्धुलीबाट उठ्छु भन्नुहुन्छ अनि कहिले कहाँबाट उठ्छु भन्नुहुन्छ,’ गुरूङले भने, ‘जनताले एकपटक म्यान्डेड दिएपछि जनताको बहुदलीय जनवाद अझ मदन भण्डारीको सच्चा अनुयायी भन्नेले त्यसलाई स्वीकार्नुपर्छ। राज्यसत्ता सञ्चालन गर्न जनताबाट अनुमोदित भएको हुनैपर्छ। पार्टी सञ्चालन गर्न कार्यकर्ताबाट अनुमोदित भएकै हुनुपर्छ।’

    सुब्बाले प्रश्न गरे- भन्दाखेरि म जनताको बहुदलीय जनवादको सबैभन्दा ठूलो हिमायती भन्ने तर जनताले एकपटक दिएको म्यान्डेट पाँच वर्ष कुर्न नसक्ने कुनै नेता हुन्छ?

    उनले गौतम आफ्नै कारण गत निर्वाचनमा पराजित भएको दाबी गरे।

    ‘उहाँको क्षेत्रमा स्थानीय तह निर्वाचनमा कांग्रेसको भन्दा वाम गठबन्धनको मत ३० हजार बढी छ त्यस्तो ठाउँमा वामदेवजस्तो ठूलो  नेता हार्न हुन्छ? उहाँले एकपटक फर्केर हेर्नुपर्‍यो कहिँ मेरो गल्ती भएको छ कि,’ सुब्बाले भने, ‘अघिल्लो पटक बर्दिया र प्युठान दुई ठाउँबाट लड्नुभयो। पछि प्युठान रोज्नुभयो बर्दिया छोड्नुभयो नि। छोडेको ठाउँमा किन उठ्न जाने? रोजेको प्युठानमा उठ्नुपर्थ्यो नि। जनताको मनोविज्ञान नबुझ्ने, आफ्नो कमीकमजोरी भयो कि भन्ने नबुझ्ने अनि गुटले हराइदियो भन्ने कथा हाल्ने?’

    उनले काठमाडौं-७ का सांसद रामवीर मानन्धरलाई राजीनामा दिन लगाएर गौतमले प्रधानमन्त्रीको उम्मेद्वारको रूपमा सन्देश दिन खोजेको बताए।

    ‘बिरोधीहरूलाई एउटा सन्देश दिन खोजेका थिए- प्रधानमन्त्री बन्नका लागि चुनाव लडेको भन्ने सन्देश जान्थ्यो। त्यसबाट केपी ओलीको विकल्पमा वामदेव उठ्दैछ/उठाइँदैछ भन्ने बुझिन्थ्यो। त्यसले पार्टीभित्र एउटा बिग्रह पैदा हुन्थ्यो। यो कुरा तलका कार्यकर्ताले बुझेका छन्,’ सुब्बाले भने, ‘पाँच वर्षका लागि जनताले चुनेर पठाएको सांसदलाई कुनै नेता चुन्न राजीनामा दिन बाध्य पारेर पार्टीले त्यो निर्णय गरेको भए केपी र प्रचण्डको ठूलो विरोध हुन्थ्यो। वामदेव पनि फेरि पनि हारेर आउँथे।’

    उनले सांसदमात्र बन्ने हो भने गौतम समानुपातिकमा एउटालाई परिवर्तन गरेर वा मनोनितबाट पनि आउन सक्ने बताए।

    ‘संविधानको संक्रमणकालीन व्यवस्थामा एक पटक चुनाव हारेको मान्छे सोही संसदका लागि फेरि उम्मेदवार हुन पाउँदैन भन्ने कुरा उहाँले बुझ्नुपर्दैन?,’ सुब्बाले भने, ‘एकपटक चुनाव हारिसकेपछि अर्कालाई राजीनामा दिएर चुनाव लड्छु भन्नुलाई उहाँको महत्वकांक्षा भन्ने कि  बचपना पन भन्ने कि पदलोलुप भन्ने कि।’

    गौतमको ‘मलाई केपी ओलीले अन्याय गर्‍यो/ उचालेर पछार्‍यो। मेरो चरित्र हत्या गर्‍यो’ भन्ने रोनाधोनामा कुनै तुक नभएको बताए।

    ‘महत्वकांक्षा पालेर बसेको छ, सबैलाई दोष लगाएर बसेको छ, आफ्नो समीक्षा गर्नु छैन। टिभीमा अन्तर्वार्ता दिनुहुन्छ-वामदेवलाई अन्याय भएको हो, प्रतिनिधि सभामा वामदेव नभइकन भएको छैन,’ सुब्बाले भने, ‘केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ वा बादलसँग नभएको के त्यस्तो गुण वामदेवसँग छ? उहाँ नभइकन यो मुलुकै नचल्ने भन्ने कुरा के छ भन्या?

    सुब्बाले जारी स्थायी समिति बैठकमा गौतमले पेस गरेको फरक मत पनि  जग हसाउने कुण्ठामात्र भएको बताए।

    एक नेतालाई एउटामात्र पद दिनुपर्छ भन्ने उहाँको भनाइ एउटालाई उचाल्ने र मान्छेबीच खेल्ने राजनीतिको घिनलाग्दो खेल हो,’ सुब्बाले भने, ‘उहाँले प्रधानमन्त्रीलाई कटाक्ष गरेकोमात्र हो, त्यसको कुनै तुक छैन। त्यसैले उहाँको  फरक मतमा छलफल नै भएन। हुँदैन पनि।’

     

    सेतोपाटी डटकममा समाचार छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


  • Advertisement

    समाचार
  • १

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • २

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ३

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ४

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ५

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ६

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • ७

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • ८

    समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

  • ९

    अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

  • १०

    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution