• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ ४, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

२

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

३

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

४

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

५

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

६

थाकल बेचेरै पालिएका छन् परिवार

७

विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

८

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

९

गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

१०

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

११

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

१२

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गैंडाकोट-दाउन्ने सडकखण्डमा किन हुन्छ धेरै दुर्घटना ?

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष ८, आईतबार (६ साल अघि)
    48408358_393342741412469_4096534236352217088_n

    Advertisement

    सुवास पण्डित

    चितवन । नवलपुरको देवचुली नगरपालिका १६ का सूर्य न्यौपाने प्रायः भरतपुर, रजहर, कावासोती आउने जाने गरिरहन्छन् । आफैंले सवारी चलाउने न्यौपानेलाई यो सडकमा कहाँ कतिबेला दुर्घटनामा परिने हो भन्ने चिन्ताले यात्रा अवधिभर सताउने गर्दछ । यो सडकखण्डमा दिनदिनै जस्तो हुने दुर्घटना, घाइते र मृत्युका समाचार उनले सुन्दै आएका छन् । कतिपय अवस्थामा देख्दै पनि । उनी भन्छन्- सवारी चलाउँदा झसङ-झसङ हुन्छु, डर लाग्छ । दायाँ-बायाँबाट कसैले आएर ठक्कर दिन्छ की भन्ने तनावमात्रै हुन्छ ।

    न्यौपानेको जस्तै यात्रा अवधिभर यो सडकखण्डमा तनाव हुने गुनासो गरे नवलपुरका पत्रकार विजय चालिसले पनि । उनी मोटरसाइकलमा गैंडाकोट-कावासोती गरिरहन्छन् । यो सडकखण्डमा हुने दुर्घटनामा समाचार आफैं लेख्छन् र एफएममा पढ्छन् पनि । यो सडकखण्ड चालिसेलाई पनि अति नै जोखिमपूर्ण लाग्छ ।

    विगत केही महिनाका तथ्यांकहरु हेर्ने हो भने, गैंडाकोट-दाउन्ने सडकखण्डमा दर्जनौं मानिसहरुले दुर्घटनामा ज्यान गुमाएका छन् भने, त्यसको तीन गुणा बढी घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार साउन महिनामा ७ जना, भदौमा ४ जना, असोजमा १३ जना, कात्तिकमा १६ जना र मंसिरमा ६ जनाले ज्यान गुमाएका छन् । पुसको पाँच गतेसम्म २ जनाले ज्यान गुमाए भने, दुई दर्जन घाइते भए ।

    ज्यान गुमाउनेमा अधिकांश मोटरसाइकलमा यात्रा गर्नेहरु छन् । प्रहरीका अनुसार गम्भीर घाइते हुनेमा भदौमा ३, असोजमा २१, कात्तिकमा १८, मंसिरमा ८ जना छन् । करीव १२० भन्दा बढी साधारण घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

    किन हुन्छ अधिक दुर्घटना ?

    गैंडाकोटदेखि दाउन्नेसम्मको ७० किलोमिटर पूर्वपश्चिम राजमार्ग गण्डकी प्रदेशकै सबैभन्दा बढी दुर्घटना हुने क्षेत्रमा पर्दछ । हरेक दिन साना-ठूला दुर्घटना यहाँ भैरहने प्रहरीको भनाइ छ । तीन नगरपालिका र एक गाउँपालिका यो राजमार्गको आधार क्षेत्रमा पर्दछन् । साँघुरो सडक, बीचमा जंगल, बढ्दो सहरीकरण, राजमार्ग केन्द्रित आवास निर्माण, सवारी साधनको अधिक चाप, अनुमति विना सवारी सञ्चालन, चालकहरुको लापरवाही र तीव्र गतिलाई प्रहरीले दुर्घटनाको प्रमुख कारण मानेको छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख रमेश थापाले पिकआवरमा राजमार्गमा एक मिनेट सवारी रोक्दा एक सयदेखि १२० सम्म सवारी साधन रोकिने जानकारी दिए । ‘सवारीको चाप अधिक छ, चालकको ओभर स्पीड उस्तै छ,’ एसपी थापाले भने, ‘दुर्घटना बढाउनुमा साँघुरो सडक र राजमार्ग वरपर केन्द्रित वस्ती विकास प्रमुख कारण हो ।’

    दाउन्नेको उकालोमा बिग्रिने सवारी साधनहरुलाई तत्कालै हटाउने साधन पनि नभएकाले कतिपय दुर्घटनाहरु भएका छन् ।

    ग्रामिण भेग जाने र आउने सहायक सडकहरु पनि राजमार्गसँग अधिक जोडिएका छन् । ७० किलोमिटर हाइवेमा तीव्र गतिमा विकास हुँदै गएका सहरहरु गैंडाकोट, मुकुन्दपुर, भेडाबारी, रहजर, दलदले, प्रगतीनगर, कावासोती, डण्डा, चोरमारा, आरुणखोला र दुम्कीवास छन् । यी सबै हाइवे केन्द्रित छन् । ‘विकसित देशहरुमा राजमार्गको निश्चित दूरीसम्म सहर वा बस्ती बसाउन पाइँदैन, तर नेपालमा हाइवे अतिक्रमण गरेर घर बनाउँदा खुसी हुने जनता र नियमन गर्न कमजोर राज्य संयन्त्र छ,’ स्थानीय सुर्य न्यौपानेले भने, ‘राजमार्गमा मानिसको चाप बढेपछि दुर्घटना त हुने नै भयो ।’

    विषेशगरी जाडोको समयमा अधिक मात्रामा हुस्सु र कुहिरोका कारणले पनि यहाँ दुर्घटना हुने गरेको प्रहरी बताउँछ । राजमार्गको थुम्सी र चोरमारामा जंगल छ । ‘जंगल क्षेत्रमा सवारीको गति बढी हुन्छ । त्यही स्पीड बजारमा पनि खोज्ने चालकहरुको मुड बन्छ र दुर्घटना हुन्छ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख युवराज भण्डारीले भने, ‘ट्राफिकको सीमित स्रोत र साधनबाट मात्रै दुर्घटना कम हुन सक्दैन ।’

    लामो दुरीका सवारी साधनका लागि नवलपुर प्रहरीले कावासोतीमा ‘रिफ्रेस सेन्टर’को स्थापना पनि गरेको छ । राति ११ बजेदेखि विहान तीन बजेसम्म यहाँ अनिवार्य सवारी साधन रोकेर चालकलाई विश्राम गराउने काम हुने एसपी थापाले बताए ।

    नारायणगढ-बुटवल सडकखण्डलाई चार लेनको बनाउने तयारी पनि भैरहेको छ । सडक चार लेनको बनाएर लोकल रुटसमेत निर्धारण गर्न सके हाइवेमा ‘डिस्टर्बेन्स’ कम हुने प्रहरी प्रमुख थापाको धारणा छ ।

    ‘हिट एण्ड रन’को समस्या

    गैंडाकोट-दाउन्ने सडकमा सवारी साधनहरुले ठक्कर दिएर भाग्ने गरेका छन् । कतिपय अवस्थामा कुन सवारी साधानले ठक्कर दियो र भाग्यो भनेर प्रहरीलाई अनुसन्धान गर्न पनि समस्या छ ।

    प्रहरीको नेटवर्क भएपनि सवारी साधनको पहिचान हुन नसक्दा समात्न समस्या हुने गरेको प्रहरी प्रमुख एसपी थापाले बताए । ‘विषेश गरी रातिको समयमा हामीलाई निकै समस्या भएको छ, कुन सवारीले ठक्कर दियो र भाग्यो भन्ने नै पत्तो हुँदैन’, एसपी थापाले भने ‘अनुसन्धानमा समस्या भएको छ ।’

    उनले प्रमुख जिल्ला अधिकारी र स्थानीयतहका प्रमुखहरुसँग रातको समयमा समेत सवारी साधनको पहिचान हुने गरी सिसिटिभी राख्नेबारे छलफल भएको बताए ।

    onlinekhabar.com मा प्रकाशित

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना


  • Advertisement

    समाचार
  • १

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • २

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • ३

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • ४

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • ५

    भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

  • ६

    थाकल बेचेरै पालिएका छन् परिवार

  • ७

    विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

  • ८

    सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • ९

    गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

  • १०

    प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution