• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    शिक्षकलाई २५ हजार बुझाएपछि पीयूमा मेडिकल साइन्स पास !

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष २३, सोमबार (७ साल अघि)
    1140_3_d5c663fa-633c-4ef2-af02-8b7d817f37d0

    Advertisement

    काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत हुने प्राविधिक विषयको परीक्षामा शिक्षकले २५ हजार लिएर विद्यार्थीलाई पास गराइदिने गरेको खुलासा भएको छ ।

    स्नातक तहको मेडिकल एन्ड एलाइड साइन्सको चौथो सेमेस्टरको परीक्षामा अनुत्तीर्ण विद्यार्थीको उत्तरपुस्तिकामा शिक्षकले आफैं लेखिदिएको पाइएको हो ।

    काठमाडौं प्रहरी परिसर, टेकुले पाएको सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा ५ जना विद्यार्थीको उत्तरपुस्तिकामा जाँच गर्ने शिक्षकले आफैंले लेखेको भेटिएको छ । घटनामा संलग्न दुई जनालाई परिसरले नियन्त्रणमा समेत लिएको छ ।

    परिसर स्रोतका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरका अर्जुन भाट र कालिकोटका खेमराज शाही छन् ।

    उनीहरुलाई पक्राउ परेर अनुसन्धान गरिएको परिसरका प्रमुख एसएसपी वसन्त लामाले पुष्टि गरे । उनका अनुसार अनुसन्धानका क्रममा परीक्षामा पास नभएका विद्यार्थीहरुसँग सम्पर्क गरेर शिक्षक आफैंले उत्तर लेखिदिने गरेको भेटिएको थियो ।

    पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुझाइएको छ । ‘अख्तियारको दुरुपयोग गरेको घटना भएकाले आयोगले पनि चासो देखायो । त्यसैले थप अनुसन्धान र कारबाहीका लागि बुझाएका छौं’, लामाले अनलाइनखबरसँग भने, ‘विस्तृत फलोअप उतैबाट होला ।’

    यसरी खुल्यो रहस्य

    बीपीएम विषयको परीक्षा १५ भदौमा भएको थियो, जसमा अनुत्तीर्ण भएका कतिपयलाई शिक्षक बताउने एक व्यक्तिको फोन आयो । र, भनियो, ‘पास हुने मन भए २५ हजार लिएर आउनू ।’ शिक्षककै फोन आएपछि नपत्याउने कुरै भएन ।

    थुप्रै विद्यार्थीले फोनमा भनिएझैं रकम पनि बुझाए । तर, त्यसबीच एक जना त्यस्तो विद्यार्थीलाई पनि फोन आयो, जसले आफू अनुत्तीर्ण हुन्छु भन्ने सोचेका पनि थिएनन् । उनले शंकास्पद फोन कलबारे प्रहरीलाई जानकारी गराए ।

    प्रहरीले सिभिल टोलीका प्रहरी निरीक्षक सुरेन्द्र केसीको नेतृत्वमा घटनाको अनुसन्धानका लागि टोली खटायो । करिब एक महिना लामो अनुसन्धानका क्रममा ५ वटा उत्तरपुस्तिका बरामद भयो, जसमा शिक्षकले लेखिदिएको पुष्टि भएको छ । प्रहरीले बरामद उत्तरपुस्तिकाहरुलाई परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाउँदा एउटै पेजमा दुई प्रकारका अक्षर भेटिएको थियो ।

    अनुसन्धान अधिकारीहरुले उत्तर पुस्तिकाबारे प्रारम्भिक सूचना सुकेधाराबाट पक्राउ परेका भाटबाट पाएको थियो । स्रोतका अनुसार उनको मोबाइल चेकजाँच गर्दा ५ वटा उत्तरपुस्तिकाको फ्रन्ट पेज भेटिएको थियो ।

    प्रयोगशालाबाट शिक्षकको बदमासी पुष्टि भएपछि खेमराजलाई कीर्तिपुरबाट पक्राउ गरिएको हो ।

    दुबैले कसुर स्वीकार गरेको प्रहरीको दाबी छ । स्रोतका अनुसार उनीहरुले गत वर्षपनि दोस्रो सेमिस्टरमा पैसा लिएर विद्यार्थीलाई पास गराइदिएको भेटिएको छ । ‘गत वर्ष प्रति व्यक्ति ३० हजार रुपैयाँ लिएर विद्यार्थीलाई पास गराइदिएको उनीहरुले नै बयानमा स्वीकारेका छन्’, प्रहरी स्रोतले भन्यो, ‘त्यसवेला कति जना उनीहरुको मद्दतमा पास भए भन्ने चाहिँ उनीहरुले बताएनन् ।’

    को हुन् पक्राउ परेका दुई शिक्षक ?

    स्रोतका अनुसार पक्राउ परेका शिक्षक खेमराजले स्नातकोत्तर उत्तीर्ण गरेका छन् । उनी हाल राष्ट्रिय आयूर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा कार्यरत रहेको पाइएको छ ।

    उनी असारबाट करारमा काम गर्न थालेको पाइएको छ । पार्टटाइम जागिरेको रुपमा राजधानीको विभिन्न कलेजमा प्राध्यापन गर्छन् । उनी निकटस्थहरुका अनुसार उनले हात्तिवनको लिटल एन्जल कलेज, ललितपुरको एसियन कलेज र सितापाइलाको भ्याली कलेजमा पढाउँदै आएका थिए । उनले बी फारमेसी, म्यानेजमेन्ट लगायतका विषय पढाउने गरेको पाइएको छ ।

    अर्जुन पनि तिनै कलेजहरुमा पढाउँथे । भ्याली कलेजमा प्राध्यापन गर्ने क्रममा उनीहरुबचि चिनजान भएको पाएको छ । खेमराजकै योजनामा विद्यार्थीको उत्तरपुस्तिकामाथि लेख्ने काम भएको प्रारम्भिक अनुसन्धानले देखाउँछ ।

    अर्जुनले विद्यार्थी ल्याउनेदेखि अन्य बाहिरी काम गर्ने गरेका थिए भने खेमराज उत्तरपुस्तिका जाँच गर्थे ।

    पूर्वाञ्चलको परीक्षा प्रणाली लथालिंग

    अनुसन्धान अधिकारीहरुले बरामद गरेको उत्तर पुस्तिकामा परीक्षार्थीले अधिकांश पेजमा खाली छाडेका छन् । कतिपयमा प्रश्नको उत्तर लेख्न थालेर छाडिएका थिए ।

    पुस्तिका जाँच गर्ने क्रममा पास हुन १५/२० अंक कम ल्याउने विद्यार्थीलाई सम्पर्क गरेर रकम असुलेको भेटिएको थियो । शिक्षक खेमराजले पाँच अंक आउने ३/४ वटा प्रश्नहरुको उत्तर लेखिदिएको अनुसन्धानका क्रममा देखिएको छ ।

    पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतबाट नक्कली सर्टिफिकेट ल्याएर जागिर खानेहरुमाथि अपरेशन चलाइरहेको छ । तर, यो घटनाले नेपालमा भएका विश्वविद्यालयबाट पनि पैसाको भरमा विद्यार्थी पास हुने गरेको देखिएको छ । अनुसन्धानमा संलग्न एक प्रहरी भन्छन्, ‘नेपालमै यसरी पैसा तिरेर पास हुन पाएपछि नक्कली सर्टिफिकेट लिन भारत किन जानु !’

    यो पनि पढ्नुहोसविद्यार्थी नेतालाई १ लाख दाम चढाए त्रिविको प्रवेश परीक्षा पास !

    यसअघि त्रिभुवन विश्वविद्यालयको प्रवेश परीक्षाको प्रश्नपत्र विद्यार्थी नेता र शिक्षक मिलेर लिक गराइने गरिएको खुलेको थियो । अंग्रेजी भाषा परीक्षा ‘आईएलटीएस’को प्रश्नपत्र भाइबरबाट लिक भएको पुष्टि भएपछि परिसरले नै मुद्दा चलाएको थियो ।

    तर, शिक्षकले नै उत्तरपुस्तिकामा लेखिदिएर पास गराएको भने यो पहिलो घटना भएको प्रहरी बताउँछ ।

    onlinekhabar.com मा प्रकाशित

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution