• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

२

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

३

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

४

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

५

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

६

उ मर्यो रे ?

७

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

८

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

९

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१०

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

११

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

१२

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरका सामुदायिक विद्यालय एकीकरण हुदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ ९, बुधबार (७ साल अघि)
    school1

    Advertisement

    कावासोती, ९ माघ ।  नवलपरासीको नवलपुरमा रहेका सामुदायिक विद्यालय एकीकरणमा जान थालेका छन् ।

    विद्यार्थी सङ्ख्या कम रहेका र शिक्षक दरबन्दीसमेत कम भएका भौगोलिक रुपमा नजिकको दूरीमा रहेका सामुदायिक विद्यालयबीच एकीकरण हुने क्रम शुरु भएको हो । नवलपरासीको देवचुली नगरपालिका रहेका सात वटा विद्यालय हालसम्म एक अर्कामा एकीकरण भएका छन् । दुई वटा विद्यालय एकीकरणको तयारीमा रहेका छन् । देवचुली नगरपालिकामा रहेको लक्ष्मी आधारभूत विद्यालय र कुमारवर्ती आधारभूत विद्यालय, बरचुली माध्यमिक विद्यालयमा गाभिएका छन् । सोही नगरपालिकामा रहेको धु्रवज्योति आधारभूत विद्यालय देवचुली माविमा गाभिएको छ भने देवचुली आधारभूत विद्यालय भिमसेन आधारभूत विद्यालयबीच एकीकरण भएको छ । देवचुली नगरपालिकामा रहेको प्रगति आधारभूत विद्यालय र जनज्योति माविबीच एकीकरण गर्ने अन्तिम तयारी गरिएको छ । कक्षा छसम्म पढाइ हँुदै आएको प्रगति आधारभूत विद्यालयमा करीब ११२ विद्यार्थी भर्ना भए पनि ८० को हाराहारीमा मात्रै विद्यार्थी नियमितरुपमा विद्यालय आउने गरेका छन् ।

    विद्यालयमा पाँच जना स्थायी, एक अस्थायी, एक कार्यालय सहायक र दुई बाल शिक्षामा कार्यरत शिक्षक रहेका छन् । विद्यार्थीको सङ्ख्या कम भएकै कारण नजिकै रहेको अर्को विद्यालयमा समायोजन गर्न लागिएको नगर शिक्षा संयोजक मोती रिजालले जानकारी दिनुभयो । विद्यार्थी सङ्ख्या, शैक्षिक उपलब्धि र शिक्षाको गुणस्तर वृद्धिका लागि एकीकरणले सहयोग पुग्ने संयोजक रिजालले बताउनुभयो । विद्यालय एकीकरणपश्चात् विद्यालयको भौतिक संरचना कम बनाए पुग्ने भएकाले यसले सरकारको आर्थिक भारसमेत घटाउने उहाँले बताउनुभयो । एकीकरणपश्चात् शिक्षक सङ्ख्या धेरै भएमा अन्य दरबन्दी आवश्यक भएको स्थानमा खटाउन सकिने हुँदा आवश्यकताअनुसारको शिक्षक दरबन्दी मिलानमा समेत सहयोग पुग्ने संयोजक रिजालले बताउनुभयो । विद्यार्थी सङ्ख्या कम भएका, भौतिक संरचना कमजोर भएका विद्यालय नजिकै रहेका विद्यालयसँग एकीकरण गरिएको जनाइएको छ । बढीमा आधा घण्टाको पैदलयात्रामा विद्यालय पुग्न सकिने गरी एकीकरण गरिएको संयोजक रिजालले जानकारी दिनुभयो । एकीकरणले शिक्षाको गुणस्तर वृद्धिमा सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

    विद्यालय समायोजन गर्दा राज्यको लगानी र दायित्व कम हुने, शैक्षिक गुणस्तरसँगै तल्लो तहका विद्यार्थीले माथिल्लो तहका विद्यार्थीबाट संरक्षकत्वसमेत पाउन सक्ने शिक्षा तथा समन्वय एकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले बताउनुभयो । प्रमुख पोखे्रलका अनुसार नवलपुरका अन्य स्थानीय तहमा भने एकीकरणको कार्य शुरु हुन सकेको छैन । एकीकरणका लागि एकीकरणमा जान चाहेका विद्यालय व्यवस्थापन समितिबीच समझदारी हुनुपर्ने भएकाले अन्यमा समेत एकीकरणको बहस शुरु भएको उहाँले जानकारी दिनुभयो । शैक्षिक गुणस्तर सुधारका लागि र कर्मचारी मिलानका लागि यसले सहयोग पुग्ने उहाँको धारणा रहेको छ । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद


  • Advertisement

    समाचार
  • १

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • २

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ३

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ४

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ५

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ६

    उ मर्यो रे ?

  • ७

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ८

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ९

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • १०

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution