सीता डोटेल
रामपुर (पाल्पा) । पाल्पा र स्याङ्गजा जोड्ने गरि कालीगण्डकी नदीमा नँया पक्की पुलको नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले शिलान्यास गरेका छन् । पाल्पाको रामपुर नगरपालिका १० र स्याङ्गजाको चापाकोट नगरपालिका १० जोड्ने आँधिघाट बर्दले पक्की पुल रेग्मीले शिलान्यास गरेका हुन् । मुख्य सचिव रेग्मीले पुर्व पश्चि उत्तर दक्षिण रुपमा नेपालको मध्य भागमा रहेको रामपुर चापाकोटको विशाल भुभागको विकास र समृद्धिका लागि पुल निर्माण गर्न थालिएको बताए । रामपुर चापाकोट सहित गण्डकीबेशीलाई जोड्न यस क्षेत्रमा दर्जन बढी पुल निर्माणलाई ध्यान दिएको बताउदै त्यसै क्षेत्रमा रोकिएका चापाकोट रामपुर जोड्ने निर्दिमघाट र दामाचौर प्याक्लुकघाट पक्की पुलको निर्माण तत्काल थालेर ३ वटै पुल सँगै उद्घाटन गर्ने बताए । सो पुल भ्याट सहित नेपाल सरकारको २८ करोड ४० लाख ३ हजार ३ सयको लागतमा बन्ने गरि सपना महादेव खिम्ति दिवा जेभीले निर्माणको जिम्मा लिएको छ । गतबर्ष मंसिर २२ गते ठेक्का सम्झौता भएको हो । पुल आगामी २०७७ साल मंसिर २१ गते काम सम्पन्न गरिसक्नुपर्ने सडक विभागका उपमहानिर्देशक दिपक भट्टराईले बताए । २ लेनको बन्ने पुल २ सय २० मिटर लम्बाई, ७.५ मिटर चौडाईको बन्नेछ । पुलमा १.५ मिटर फुटपाथ ठाउँ समेत हुने पुल निर्माण समितिका अध्यक्ष धु्रव पंगेनीको बताए । यस पुल निर्माण पश्चात पाल्पाको रामपुर नगरपालिका, निस्दी गाउँपालिका, रम्भा गाउँपालिका र स्याङ्गजाको चापाकोट नगरपालिका, हरिनास गाउँपालिका, गल्याङ्ग नगरपालिका र वालिङ्ग नगरपालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१