• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

२

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

३

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

४

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

५

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

६

उ मर्यो रे ?

७

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

८

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

९

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१०

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

११

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

१२

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    जापान रोजगारी अन्तिम चरणमा , मार्चभित्रै श्रम सम्झौता गर्ने तयारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २१, मंगलबार (७ साल अघि)
    6a78c821e18d51d588de1e563a40856djapan

    Advertisement

    काठमाडौं : जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा पुगेको छ। सरकारी संयन्त्रमार्फत कामदार पठाउन मार्चभित्रै श्रम सम्झौता गर्ने तयारी सरकारले गरेको छ। मार्च दोस्रो सातासम्म सम्झौता हुने गरी प्रक्रिया अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।

    कामदार पठाउन वैदेशिक रोजगार विभागमा छुट्टै संयन्त्र बनाएर काम गर्न दुवै मुलुक सहमत भइसकेका छन्। मन्त्रालयका अनुसार कामदार पठाउने प्रक्रिया अप्रिलदेखि सुरु हुनेछ। त्यसअघि भाषा परीक्षा सञ्चालन गर्ने तयारी छ। ‘अप्रिलदेखि नै कामदार भर्ना छनोट सुरु हुनेछ’, मन्त्रालय स्रोतले भन्यो, ‘त्यसअघि भाषा परीक्षा हुन्छ।’

    नेपाली कामदार लैजान जापानी र नेपाली प्राविधिक टोलीबीच निरन्तरको छलफलपछि श्रम सम्झौता गर्ने तयारी अन्तिम चरणमा पुगेको हो। जापानसँग यसअघि प्रशिक्षार्थी कामदार लैजाने सम्झौता भए पनि कार्यान्वयनमा आउन सकेको थिएन। जापान नेपालीका लागि आकर्षक गन्तव्य मुलुक मानिन्छ। जापानमा कामदारले न्यूनतम दुई लाख रुपैयाँभन्दा बढी पारि श्रमिक पाउँछन्। जापानले आफ्ना नागरिकसरह विदेशीलाई सेवासुविधा दिँदै आएको छ।

    नर्सिङ, सुरक्षा गार्ड, उत्पादनमूलक उद्योग, होटल तथा आतिथ्य व्यवसाय, कृषि, मत्स्य संकलन, खाद्य प्रशोधन तथा खाद्य आपूर्तिलगायत १४ वटा क्षेत्र जापानले आप्रवासी कामदारका लागि खुला गरेको हो। गाउँगाउँमा जापानिज भाषा पढ्नेको संख्या बढेको छ। विश्वभाषा क्याम्पसका शिक्षक हरिहर कार्कीले भाषा अध्ययन गर्दा ध्यान पुर्‍याउनुपर्ने बताए। ‘आफूले पढ्ने इन्स्टिच्युट तथा शिक्षक कस्तो छ, बुझेर मात्र भाषा अध्ययन गर्नु राम्रो हुन्छ’, उनले भने। अवैधानिकरूपमा स्थापना गरिएका संस्थालेसमेत भाषा पढाउने गरेकाले सजग हुन उनले सुझाए।

    सरकारी संयन्त्रबाट कामदार पठाउन दुवै देश सहमत भइसके पनि म्यानपावर व्यवसायीले मौकाको फाइदा उठाउन खोजिरहेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङले फेसबुकमार्फत केही समयअघि म्यानपावर व्यवसायीमार्फत कामदार लैजाने तयारी भएको बताएका थिए। यस्तै केही व्यवसायीले जापान रोजगारका नाममा पैसा असुल्न थालेको भन्दै सरकारले त्यस्ता भ्रममा नपर्न निर्देशन जारी गरेको थियो।

    विदेशी कामदार लैजाने नीति पारित गरेसँगै जापानले नेपालसहित नौवटै देशबाट एकैचोटि कामदार लैजाने प्रक्रिया अघि बढाएको छ। जापानले नेपाल, चीन, इन्डोनेसिया, म्यानमार, मंगोलिया, थाइल्यान्ड, फिलिपिन्स, भियतनामलगायत देशबाट कामदार लैजाने तयारी गरेको छ।

    श्रम, मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले व्यवस्थित, सुरक्षित र मर्यादितरूपमा नेपाली श्रमिक जापान पठाउने सन्दर्भमा पारस्परिक हित प्रवद्र्धन हुने गरी समझदारी गरिने बताए। नेपालले पारदर्शी र प्रतिस्पर्धी पद्धतिबाट कामदार पठाउन चाहेको छ। आप्रवासनका क्षेत्रमा विश्वव्यापी रूपमा स्थापित भएका नवीनतम् मान्यता एवं मापदण्डअनुरूप श्रमिक पठाउने विषयमा जोड दिइएको घिमिरेले जानकारी दिए।

    जापानले केही महिनाअघि नेपाली कामदार लैजाने विषयमा अवधारणापत्र पठाएको थियो। अवधारणापत्रमाथि प्राविधिक टोलीले अध्ययन गरेको हो। जापानले पाँच वर्षको अवधिमा तीन लाख ४५ हजार विदेशी कामदार लैजाने तयारी गरेको छ।

    दोस्रो विश्वयुद्धपछि जापानले पहिलोपटक आप्रवासी कामदारलाई खुला गरेको हो। जापानमा ठूलो जनशक्ति पाको उमेरका भएका कारण विदेशी कामदार लैजान लागेको हो।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद


  • Advertisement

    समाचार
  • १

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • २

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ३

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ४

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ५

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ६

    उ मर्यो रे ?

  • ७

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ८

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ९

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • १०

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution