• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ १८, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

२

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

३

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

४

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

५

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

६

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

७

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

८

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

९

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१०

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

११

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

१२

थाकल बेचेरै पालिएका छन् परिवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    केपी ओलीसँग प्रचण्डको गुनासो मलाई सिके राउतसँग तुलना नगरेको भए हुन्थ्यो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २७, सोमबार (६ साल अघि)
    1552289966110_Hari_Banstola_Pokhara_RSS_prachanda_2_CNylg4x636

    Advertisement

    पोखरा । केही दिन अघि मात्रै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट सिके राउतलाई प्रचण्डसँग तुलना गरेर विभिन्न समझदारी गरे। सिके राउतसँग भएका समझदारीको विभिन्न क्षेत्रबाट टीका टिप्पणी भइरहेका छन्। यही विषयमा नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पनि सिके राउतसँग आफूलाई नजोडेको भए हुने भनेर प्रतिक्रिया दिएका छन्। सोमबार पोखरा विमानस्थलमा पत्रकारहरूसँगको भेटघाटमा प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘प्रधानमन्त्रीज्यूले यो विषयमा कुनै योजनामा पहिल्यै बनाएर भनेको जस्तो मलाई लाग्दैन,’ प्रचण्डले भने, ‘यो कुरा उहाँले तराइ मधेशको एउटा आमसभामा बोल्नुभएको थियो। नेपालमा मेरो नाम लिएर असाधारण निर्णय क्षमता भएको, युद्धपनि गर्न सक्ने, शान्ति पनि गर्न सक्ने, लोकतन्त्रको अभ्यास पनि गर्न सक्ने, देशको नेतृत्व पनि गर्न सक्ने यस्तो एउटै ब्यक्ति उहाँ मात्रै हो भनेर बोल्नु हुन्थ्यो बेलामौकामा।’ केहि दिन पनि ओलीले सिके राउतलाई मुलधारको राजनीतिक सन्दर्भमा आफुलाई जोडेको उनले अनुमान लगाए। ‘अस्तिको मौकामा पनि मुलधारको राजनीतिमा आउने सन्दर्भलाई लिएर उहाँले म तिरै हेरेर भन्नु भो। नभन्या भएनी हुन्थ्यो भन्ने त एउटा कुरा हो। तुलनाहरू सबै लंगडो हुन्छन् क्या। तुलना नर्गया भए पनि हुन्थ्यो गर्दा पनि केही बिग्रिहाल्या जस्तो मलाई चाहिँ लाग्दैन’ उनले भने। सिके राउतसँग मिडियामा आएजसरी सम्झौता भएको छैन तराईमा एउटा पृथकतावादी आन्दोलन चलाइरहेको समूहसँग सरकारले गरेको समझदारी र त्यसको चर्चा परिचर्चा नै अहिलेको मुख्य विषय मिडियामा भएको र मिडियामा आएको जस्तो स्थिति नभएको उनको भनाइ छ। ‘सरकारसँग भएका छलफलहरूमा पनि संविधानको मूलमर्म र भावनाअनुसार अनि नेपालको नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डतालाई सम्मान गर्दै र संविधानको भावनालाई सम्मान गर्दै मूलधारको पोलिटिक्समा आउने स्प्रिटमा नै सहमति भएको हो,’ उनले भने, ‘भर्खरै जेलबाट छुटेको र सहमति हुनेबित्तिकै मधेश जाँदा आफ्नो समूह सिंगैलाई छलफल गरेर मूलधारमा जाने तयारी नपुगिसकेको हुनाले हिजो जनकपुरमा त्यसखाले प्रस्तुति भएको हो।’ जनकपुरमा भएको प्रस्तुतिले प्रश्न भने उठेको उनले बताए। ‘अहिले नै हामीले हतारमा केही भयो भन्नुभन्दा पनि सरकारको एउटा जिम्बेवारी हुन्छ सबै राजनीतिक प्रवृत्तिहरूलाई समेटेर संविधानको मर्मअनुसार मूलधारको राजनीतिमा ल्याउन प्रयास गर्नु विल्कुल त्यो जायज कुरा हो’ उनले भने, ‘सरकारले त्यसो गर्न पाउँदैन भन्नु हुँदैन। तराईमा एउटा पृथकतावादी आन्दोलन गर्दै रहेको र अझ भोली रहन सक्ने खतरा समेतलाई मध्यनजर गर्दै समयमा त्यसलाई पनि मुलधारको जे पहल गरेको छ। त्यसको उदेश्यमाथी कहिँ कतै संका गर्नुपर्ने जस्तो लाग्दैन। भोलि घटनाक्रम सरकारले गरेको सहमतिबाहिर जान थाल्यो भने के गर्ने भन्ने निर्णय पनि सरकारसँग सुरक्षित नै छ।’ यसमा धेरै तरंगित हुनुपर्ने कुरा कारण आफूले नदेखेको उनको भनाइ छ। उनले सहमतिमा भाषा दुईअर्थी भयो कि भन्ने कुरा उठेको भन्दै त्यस्को चिन्ता नलिन पनि आग्रह गरे। त्यस्तै उनले जनमत संग्रहबारे पनि संविधानले किटेर संसदको दुई तिहाइ बहुमतले निर्णय गर्नुपर्ने उल्लेख भएकाले कसैले भन्दैमा जनमत संग्रह नहुने बताए। रवीन्द्रको क्षेत्रमा निर्वाचनबारे कुरा भएको छैन १३ दिनअघि मात्रै निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको क्षेत्रमा निर्वाचन गराउने विषमा अहिले खासै छलफल नभएको उनले प्रतिक्रिया दिए। रबिन्द्रको क्षेत्रमा निर्वाचन हुने विषयमा जिल्ला पार्टीसँग सल्लाह गरेर मात्र अघि बढ्ने उनले बताए। ‘जिल्ला पार्टीका साथीहरूले के भन्नुहुन्छ भन्ने पनि हुन्छ। परिवारका सदस्य भित्रबाट नै जाँदा राम्रो हुन्छ। राजनीतिक नेतृत्व गर्न सक्ने क्षमता भएको उहाँको जीवन संगिनी पनि हुनुहुन्छ विद्याजी। सबै पक्ष विचार गरेर पार्टीले उचित निर्णय गर्छ,’ उनले भने। पार्टी एकता केही दिनमै टुंगिन्छ पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा रहेको उनको भनाइ छ। ‘हामी पार्टी एकिकरणको विषयलाई अन्तिम रूप दिँदै छौँ। हामी त्यसलाई टुंग्याउने हिसाबले तयारी गरिरहेका छौँ ढिलो पक्कै पनि केही भएकै हो,’ उनले भने, ‘ढिलो हुनुको कारणले केही प्रश्नहरू, तल अन्योलहरू भएकै छ। महसुस गरिएकै छ। तर,माथि ठूलो समस्या परेर भन्दा पनि कैयौँ प्राविधिक कारणले र कतिपय विषय अलि बढी नै गृहकार्य गर्नुपर्ने कारणले ढिलो हुन गएको हो। अब ढिलो हुँदैन। केही दिन भित्रमा टुंग्याउनेमा जाँदै छौँ।’ प्रचण्डको नक्कल गरेर विप्लव पार लाग्दैन भूमिगत शैलीमा विभिन्न अराजनीतिक गतिविधिसमेत गर्दैै आएको विप्लव माओवादीलाई मूलधारको राजनीतिमा आउन प्रचण्डले आग्रह गरेका छन्। भूमिगत शैलीमा विभिन्न अराजनीतिक गतिविधिसमेत गर्दैै आएको विप्लव माओवादीलाई मूलधारको राजनीतिमा आउन प्रचण्डले आग्रह गरेका छन्। ‘जसरी सरकारले पृथकतावादतिर गएकोलाई वार्ता, सहमतिको माध्यमबाट समस्या समाधान गर्न पहल गरेको छ,’ उनले भने, ‘हामी चाहन्छौँ कि विप्लवहरू पनि अहिले कम्युनिस्टकै नेतृत्वमा सरकार भएको सामाजिक न्याय र समाजवादतिरकै अग्रसरता भएको बेलामा वार्ता संवादद्वारा समस्या समाधान गर्ने मूलधारको पोलिटिक्समा आफ्ना कुरा राख्नु निर्विकल्प जस्तै छ।’ प्रचण्डले विप्लवलाई राम्रोसँग चिनेको बताउँदै २५ वर्षको नक्कल नगर्न आग्रह पनि गरे। ‘मैले उहाँहरूलाई राम्रोसँग चिन्छु। मैले नै स्कुलिङ गरेको हो। मसँगै सबैभन्दा बढी विप्लव नै सचिवको रूपमा काम गरेको पनि हो,’ उनले भने, ‘उहाँहरूले, मैले, पार्टीले झण्डै २५ वर्षपहिले गरेको कुरालाई नक्कल गर्न खोज्नुभएको छ। यो पार लाग्ने बाटो हैन। फेरि प्रचण्डले र्गयाजस्तै नक्कल गरेर म पनि प्रचण्ड जस्तै बन्छु भनेर सोच्नु विल्कुल मनोगत हुन्छ।’ त्यो बेलाको परिस्थिति र अहिलेको परिस्थितिमा गुणात्मक फेरबदल आइसकेको भन्दै उनले वार्तामा आउन आह्वान पनि गरे।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • नारायणगढ-मुग्लिन सडक सञ्चालनमा


  • Advertisement

    समाचार
  • १

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • २

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ३

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ४

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ५

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ६

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ७

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • ८

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • ९

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • १०

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution