बिजय चालिसे
कावासोती । नवलपुरको कावासोती १७ गोछडामा चौथो नकआउट भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । टाईगर युवा क्लबको आयोजनामा यहि चैत २८ गतेबाट भेट्रान्स कप फुटबल प्रतियोगिता सुरु हुने आज आयोजित पत्रकार सम्मेलनमा खेल संयोजक पुस्परत्न महतोले जानकारी दिनुभयो । प्रतियोगितामा चितवन, रुपन्देही, नवलपुर, पश्चिम नवलपरासी लगायतका जिल्लाहरुबाट १६ टिमको सहभागिता रहने संयोजक महत्तोले बताउनुभयो । प्रतियोगितामा प्रथम हुनेले नगद ७५ हजारसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टिमलाई ५० हजार पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष मान बहादुर थनेतले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने आर्थिक समितिका संयोजक नन्द किशोर आचार्यले बताउनुभयो । आयोजकका अनुसार खेलाडीहरु ४० बर्ष नाघेको हुनुपर्ने छ भने बैकल्पिक खेलाडी ५ जनाको उमेर भने ३५ बर्ष नाघेको हुनुपर्ने छ । पत्रकार सम्मेलनमा जिल्ला खेलकुद बिकास समिति नवलपुरका अध्यक्ष बिकास केसि, जिल्ला फुटबल सङ्घ नवलपरासी अध्यक्ष सेतमान पुन, कावासोती नगरपालिका वडा नम्बर १७ का अध्यक्ष छबिलाल महत्तोलगायतको सहभागिता रहेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१