• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ५४ वर्षपछि टुक्रिएको ‘नवलपुर’, नमुना सदरमुकाम निर्माणमा जुट्दै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख ७, शनिबार (७ साल अघि)
    kawasoti_4_xLIvdN3tyk

    Advertisement

    नवलपरासी । २०१८ सालमा पूर्व नवलपुर र पश्चिम परासी क्षेत्रलाई गाभेर नवलपरासी जिल्ला कायम गरियो । यसअघि रुपन्देही जिल्लाको पाल्ही माझखण्डको रुपमा चिनिने  नवलपरासी ५४ वर्षपछि पुनः पूर्व र पश्चिममा विभाजन भयो ।

    २०७२ साल असोज तीन गते जारी भएको नेपालको संविधानले ५४ वर्षपछि नवलपरासीलाई पूर्व नवलपुर र पश्चिम परासीमा विभाजन गरेको हो । संविधान घोषणासँगै जन्मिएको पूर्व नवलपरासी अर्थात नवलपुर अहिले नमुना सदरमुकाम निर्माणको चरणमा रहेको छ ।

    शनिबार  प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपरासी पूर्व नवलपुरको सदरमुकाम कावासोतीमा सरकारी कार्यालय स्थापना हुने स्थलको  शिलान्यास गर्ने कार्यक्रम रहेको छ । भौगोलिक विकटताका कारण घण्टौँ धाएर सदरमुकाम परासी पुग्नुपर्ने नवलपुर क्षेत्रका बासिन्दाको  बाध्यताको अन्त्य २०७२ साल असोज तीन गते जारी भएको संविधानले गरेको हो ।

    संविधानले नवलपुरलाई तत्कालीन अवस्थामा प्रदेश चारमा राखेसँगै नयाँ जिल्ला निर्माणको बाटोसमेत खुलेको थियो । तर त्यसपछि पनि नवलपुर पुनः पाँच नम्बर प्रदेशमा मिसिने हल्ला धेरै चल्यो । संविधानले नयाँ जिल्लाका रुपमा  नवलपरासी पूर्व नवलपुरलाई जन्म दिए पनि पश्चिम क्षेत्रमा रहेका राजनीतिक व्यक्तित्व त्यति खुशी थिएनन् ।

    नवलपुर अलग हुँदा परासी क्षेत्र हरेक दृष्टिले पछाडि पर्ने आँकलन गर्दै यसलाई पाँच नम्बरमा लानुपर्ने स्वरहरु उठ्न थाले । यता नवलपुरमा भने नयाँ जिल्ला बन्ने भयो भनेर यस क्षेत्रका बासिन्दाले घर घरमा दीप बालेर यसको स्वागत गरेका थिए । नवलपुरका बासिन्दा पाँच नम्बर प्रदेशमा पर्ने भन्दा पनि सदरमुकाम परासी घण्टौँ धाएर  पुग्नुपर्ने समस्याले आजित बनेका थिए । नवलपुरका पहाडी क्षेत्रका बासिन्दालाई सदरमुकाम परासी पुगी काम गर्न तीन, चार दिन लाग्ने गर्दथ्यो ।

    यसकारण पनि नवलपुर क्षेत्रका राजनीतिक व्यक्तित्व ,समाज सेवीलगायत सम्पूर्ण नवलपुरबासी चार नम्बर प्रदेशमा बस्न चाहन्थे । नवलपुरलाई नयाँ जिल्लाको रुपमा विकास गर्न चाहन्थे ।

    संविधान जारी भएसँगै स्थानिय तहको निर्वाचन नवलपरासी पूर्व र पश्चिममा दुई चरणमा सम्पन्न भयो । यसले नवलपुर ५ नम्बरमा जाँदैन भन्नेमा केही आशा जगायो यहाँका बासिन्दालाई । २०७४ साल असोज ४ गते सरकारले नवलपरासी पूर्व र पश्चिममा जिल्ला समन्वय अधिकारीका रुपमा दुई जनालाई खटायो । नवलपुरमा स्थानीय विकास अधिकारीका रुपमा विजयराज पौडेल आएसँगै आधिकारिक जिल्ला निर्माणको कसरत सुरु भएको थियो ।

    २०७४  साल असोज   ६ गते शुक्रबारका दिन नवलपुरका आठवटा स्थानीय तहका प्रमुख, उपप्रमुखसहित जिल्लाका मुख्य राजनैतिक दलका जिल्ला प्रमुखहरुको उपस्थितिमा सम्पन्न पहिलो जिल्ला सभाले जिल्लाको नाम नवलपुर र सदरमुकाम कावासोती राख्ने निर्णय गर्दै केन्द्रमा सिफारिस गरेको थियो ।

    २०७४ साल असोज २९ गतेका दिन नेपाल सरकार मन्त्रिपरिषदको बैठकले नवलपरासी पूर्व नवलपुरको सदरमुकाम कावासोती राख्ने आधिकारिक निर्णय गरेको थियो । त्यसको भोलिपल्ट असोज ३० गतेका दिन नवलपुरमा पहिलो जिल्लास्तरको कार्यालयको रुपमा जिल्ला समन्वय समितिको कार्यालय स्थापना भएको थियो । संविधान जारी भएको दुई वर्षपछि छुट्टै जिल्लाको पहिचान बोकेर उठ्दै गरेको नवलपुर अहिले नमुना सदरमुकाम निर्माणका लागि जुर्मुराएको छ ।

    २०७४ साल असोज तीस गतेका दिन जिससको कार्यालय स्थापना भएयता अहिले यहाँ प्रदेश र संघ मातहतका सबैजसो कार्यालय स्थापना भएका छन् । अहिले विभिन्न स्थानमा छरिएर रहेका कार्यालयलाई व्यस्थित बनाउन भएको कसरतले पूर्णता पाएको छ । नागरिकलाई सहज र सरल रुपमा सेवा उपलब्ध गराउन कावासोती नगरपालिका–३, मा रहेको खुल्ला चौरमा एकीकृत कार्यालय स्थापना गर्ने योजना रहेको छ ।

    प्रतिनिधि सभा सदस्य तिलक महतसहितका व्यक्तिको पहलमा यहाँ रहेको  एक सय ७९ बिगाहा खाली जग्गा नेपाल सरकारको नाममा प्राप्त भएसँगै एकीकृत कार्यालय स्थापनाको पहल सुरु भएको हो ।

    स्थानीय तह, प्रदेश र संघीय कार्यालयहरु एकीकृत रुपमा स्थापना गर्ने लक्ष्य रहेकाले प्रधानमन्त्री केपी शर्मा ओली शनिबार दिउँसो १२ बजेपछि  शिलान्यासका लागि आउने कार्यक्रम रहेको छ ।

    नेपाल सरकारका नाममा जग्गा प्राप्त भएसँगै प्रधानमन्त्री ओली स्वयमले  चासो दिँदै नमुना सदरमुकाम निर्माणका लागि खाका कोर्नुभएको प्रतिनिधि सभा सदस्य महतले उल्लेख गर्नुभयो । ‘जग्गा प्राप्तिको कुरा सुनाउन पुगेका थियौं, उहाँले व्यवस्थित हुनुपर्छ, नमुना बनाउनुपर्छ भन्दै आफै खाका कोर्न थाल्नुभयो’, महतले भन्नुभयो, ‘प्रधानमन्त्रीले नमुना नवलपुर बनाउन हामीलाई दिएको हौसलाले नवलपुरवासी धेरै खुशी छौँ ।’ नमुना सदरमुकाम निर्माणका लागि कार्यालयहरु त्यसैअनुसार स्थापना गरिने, दुई हजारसम्म मानिस अट्ने सभाहल, व्यवस्थित पार्क, चमेना गृह, पार्क , कभर्डहलसहितका संरचना निर्माण गर्ने गरी योजना बनाउने काम भएको उहाँले जानकारी दिनुभयो । ‘नयाँ जिल्लाको रुपमा विकास हुदै गएको यस नवलपुरको सदरमुकामलाई सदरमुकाममात्रै नभई नमुना सदरमुकाम बनाउन लागेका छौँ’, प्रतिनिधि सभा सदस्य तिलक महतले भन्नुभयो, ‘व्यवस्थित र आधुनिक तरिकाले कार्यालयदेखि अन्य आवश्यक संरचना निर्माण गर्ने लक्ष्य रहेको छ ।’

    कावासाेतीमा बनाइने पार्ककाे प्रारम्भिक नमुनाकावासाेतीमा बनाइने पार्ककाे प्रारम्भिक नमुना

    यस क्षेत्रमा कार्यालय व्यवस्थापनका लागि शहरी विकास मन्त्रालयलाई जिम्मा दिने छलफल चलेको जिल्ला समन्वय समितिका प्रमुख चेसराम आलेले बताउनुभयो ।

    १३ सय ३१ दशमलव १६ वर्ग किलोमिटर क्षेत्रफल रहेको पूर्वी नवलपरासी अर्थात नवलपुरमा वि.स.२०६८ को जनगणना अनुसार तीन लाख ११ हजार ६०४ जनसंख्या रहेको छ ।

    संविधानले ५४ वर्षपछि साविकको नवलपरासीबाट अलग बनाएको पूर्वी नवलपरासीको आधिकारिक नामाकरण भने अझै हुन सकेको छैन । संविधानमा नवलपरासी बर्दघाट सुस्ता पूर्व उल्लेख गरिएकोमा यसलाई नवलपुर जिल्लाको रुपमा आधिकारिक नामाकरण गर्न धेरैको माग  रहेको छ ।  यद्यपि जिल्लामा स्थापना हुने सरकारी कार्यालय स्थलको शिलान्यास कार्यक्रमले भने नवलपुरवासी उत्साहित भएका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution