• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ १६, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    महेशपुर भन्सारमा हालसम्म ९ करोड ६८ लाख राजस्व संकलन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख ७, शनिबार (७ साल अघि)
    bhansar2

    Advertisement

    परासी ।जिल्लाको महेशपुर मुल भन्सारले गत चैत्र महिनामा १ करोड ५० लाख राजस्व संकलन गरेको छ । विगत केही महिनामा राजस्व घटे पनि पछिल्लो ३ महिना देखी राजस्व संकलनमा उल्लेख्य सुधार भएको भन्सार कार्यालयले जनाएको हो ।
    गत असोज महिना देखी मुल भन्सारको रुपमा सञ्चालन भएको भन्सारले पहिलो महिनामा ९८ लाख राजस्व संकलन गरेको थियो । विचमा भन्सार राजस्व घटेर कार्तिकमा ६० लाख,मंसिरमा ४२ लाखसम्म झरेको थियो । राजस्व किन घटेको भन्दै राष्ट्रिय सभा सदस्य साँसद रामलखन हरिजनले सदनमै राजस्व घट्नुको कारण माग गरेका थिए । अहिले फागुन महिना देखी निरन्तर राजस्व संकलन बढदै गएको भन्सार कार्यालयले जनाएको छ । फागुनमा १ करोड ४८ लाख भन्सार उठेको थियो, भन्सारका सुचना अधिकारी संजिव कुमार कर्णले भने,अगामी दिनमा भन्सार संकलन दर वृद्धि गर्दै लैजाने लक्ष्य रहेको छ । चालु आर्थिक बर्षको हालसम्म ९ करोड ६८ लाख राजस्व संकलन भएको छ । यो आर्थिक बर्ष भित्र १५ करोड राजस्व उठाउने लक्ष्य राखिएको थियो । विचमा केही आन्तरिक समस्याले राजस्व संकलनमा कमि भएको थियो । अहिले मासिक लक्ष्य भन्दा बढि संकलन भई रहेको छ । आर्थिक बर्षको अन्तिमसम्ममा लक्ष्य अनुसार भन्सार संकलन हुने उनको दाबी थियो ।
    भन्सार हुनेमा धेरै जसो कोईला,भुस,गहुँ तथा केही लता कपडाको आयात भएर राजस्व उठेको छ । अझै पनि खुल्ला सिमा भएका कारण राजस्व छलेर तस्करी हुने गरेको छ । तस्करी नियन्त्रणमा आपेक्षित प्रहरीबाट सहयोग नहुदा केही कठिनाई भईरहेको भन्सारका कर्मचारीले बताएका छन् । प्रहरीको सेटिगँमा तस्करी हुने गर्दा राजस्व संकलनमा केही समस्या देखिएको छ, भन्सारका आर्का कर्मचारीले भने, प्रहरीले चाहेन भने एउटा सियो पनि सिमाबाट चोरी तस्करी हुदैन,तर त्यस्तो प्रहरीबाट भएको छैन् । अहिले नेपाली बजारमा छ्याप्छ्याप्ती कढाई सुट र साडी विक्रि भई रहेका छन् । तर त्यसको भन्सार गराउन आएका छैनन् । अखिर कसरी भारतबाट नेपाली बजारमा ति कढाई साढी र सुट झिरेका होलान ? प्रश्न गर्दै उनले भने, भन्सार कर्मचारी बाहिर निस्कने वित्तिकै नजिकैका प्रहरीले तस्करलाई सुचना पुर्याईदिने गर्छन् । जस्ले गर्दा भन्सार कर्मचारीहरु तस्कर फेला पार्न सकेका छैनन् ।
    उनका अनुसार क्वारेन्टाईनका कर्मचारीले क्वारेन्टाईन चेक गरि भन्सारमा नपठाईदिने हुदा भारतबाट पाडा,राँगा,भैसी लगातयका गाईबस्तुहरु चराउदै खुल्ला सिमाबाट नेपाली भुमि भित्र छिर्ने हुदा त्यो क्षेत्रबाट पनि भन्सार राजस्व गुम्ने गरेको छ । क्वारेन्टाईनकै कारण मासिक पाँच लाख राजस्व गम्ने गरेको अनुमान भन्सार कर्मचारीको रहेको छ । त्यसै गरि भन्सार गराएर जाने ब्यपारीबाट पाल्हीनन्दन गाउपालिकाले गैरकानुनी रुपमा असुल्दै आएको पैठारी शुल्कका कारण पनि केही ब्यपारी महेशपुर नाका प्रयोग नगर्ने गर्दा राजस्व संकलनमा समस्या देखिएको छ । गाउपालिकाले बैरियर राखेर गाडीबाट शुल्क उठाउने ठेक्का लगाएको छ । दोहरो कर लिईन पाईदैन,तर भन्सार बुझाएर जाने गाडीधनीबाट १ हजार देखी डेढ हजार रकम असुल्ने र दुब्र्यहार समेत गर्ने गर्दा ब्यपारीले सुनौली नाका सुविधाजनक मान्ने वा चोरीको बाटो अपनाउने गरेका छन् ।
    स्थानिय तह र प्रहरीले सहयोग गरिदिएमा अझै लक्ष्य भन्दा बढि राजस्व उठाउन सकिने दाबी भन्सार कर्मचारीहरुको रहेको छ । भारतिय भन्सारका कारण पनि केही जटिलता आउने गरेको उनिहरुको भनाई रहेको छ । भारतिय भन्सार कर्मचारीले यो नाका प्रयोग गरेर आउने ब्यपारीबाट अबैध रकम असुल गरिदिईने र सिमावर्ति बजारका ब्यपारीहरुले डिएसटी तिर्नु नपरोस भनि वास्तविक मुल्यको बिल काट्दा पनि विलको आधारमा मुल्याँकन कम आउने र भन्सार कम उठ्ने गरेको पनि कारण रहेको छ । यि सबै जटिलता,समस्या र कारणको निदानका लागि भन्सार विभाग,स्थानिय प्रशासन र जनप्रतिनिधिले समेत चाँसो लिएर पहल गर्नु पर्ने उनले औल्याएका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution