मोरङ। भैंसीलाई बलत्कार गरेको भन्दै जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । मोरङको रतुवामाइ नगरपालिका – २ का ४० वर्षिय मङ्गल हस्दाले सोही ठाउँ बस्ने रानी टुढुको भैसी करणी गरेको आरोपमा जिल्ला अदालत मोरङमा भैसी धनीको तर्फबाट शुक्रबार ‘फिराद’ दर्ता भएको हो ।
हस्दाले छिमेकीको गोठमा बाधेको भैसीलाई ७ सय मिटर पश्चिम एकान्त बास झ्याङ्गगमा लगेर बिहीबार दिउँसोे १२ बजेको समयमा बलत्कार गरेको इलका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर रामचन्द्र साहले जनाए । उनका अनुसार गोठमा बाँधेको भैसी फुकाएर बाँस झ्याङमा लगेर दुवै खुट्टा बाँधेर करणी गरेका थिए ।
गोठमा बाधेको भैसी हराएपछि धनीले खोजी गर्दा भैसी बाँस झयांगमा फेला परेको थियो । नजिकै करणी गर्दा खोलेर छाडेको कपडालाई आधार बनाएर अनुसन्धान गर्दा करणी गने गाउकै युवा मंगल भएको खुलेको थियो । हस्दालाई प्रहरीले पक्राउ गरेपछि उनले अपराध स्विकार गरेका छन् ।
हस्दाले बाँस झ्याङमा भैसी लगेर दुवै खुट्टा बाँधेर बलत्कार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
करणी भएको ठहर भए १ वर्ष कैद र १० हजार जरिवाना पशु बलत्कार दुनियावादी फौजदारी अर्थात (व्याक्तिवादीं) मुद्दा हुने भएकोले यस्तो मुद्दा अदालतमा सोझै दर्ता हुने गरेको छ । शुक्रबार पशु बलत्कार गरेको आरोपमा जिल्ला अदालत मोरङमा भैसी धनी स्वयम उपस्थिी भएर ‘फिराद’ दर्ता गरेको अदालतको श्रेस्तेदार इश्वरमाणि ओझाले जानकारी दिए ।(संचारपाटी)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१