कतिपय अवस्थानै त्यस्तो बन्दीदो रहेछ कि कसैको अत्यन्तै प्राइभेट कुरो पनि पब्लिक चासोको विषय बनिदिँदो रहेछ । ठिक त्यस्तै भएको छ चर्चिच संचारकर्मी रवि लामिछानेको विवाहको कुरा पनि ।
पुर्वपत्नी सँग सम्बन्ध विच्छेद गरेर चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल सँग कानुनी विवाह गरे पछि रवि र निकिता दुवैले अहिले कानुनि विवाह गरे पनि आफुहरुले हिन्दु परम्परा अनुसार पनि विवाह गर्ने बताएका थिए ।
उनिहरुको पुर्व योजना अनुरुपनै लोकप्रिय सञ्चारकर्मी शुक्रबार परम्परागत रुपमा वैवाहिक बन्धनमा बाँधिएका छन् । केही महिना अघि कानुनी विवाह गरिसकेका उनीहरुले आज परम्परागत रुपमा बिहे गरेका हुन् ।
न्यूज २४ टेलिभिजनमा कार्यरत पत्रकार रवी लामिछानेले चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष समेत रहेकी निकिता पौडेलसँग वैवाहिक बन्धनमा बाँधिने मिति केही दिन अगाडी नै सार्वजनिक भईसकेको थियो ।
केहि समय अघिनै काठमाण्डौ जिल्ला अदालतमा गएर कानुनी रुपमा विवाह दर्ता गराईसकेका उनीहरुले आज परम्परागत रुपमा वैवाहिक बन्धनमा बाँधिएका हुन् । उनले शुक्रबार नगरकोटको होटल मिष्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा विवाह गर्दैछन् ।
पारिवारिक स्रोतका अनुसार रविले विवाहमा परिवारका सदस्य र आफन्तलाई मात्र बोलाएका छन् । विवाहको कार्यक्रम गोप्य राखिएको छ । उनले गत माघ सात गते निकितासँग अदालती विवाह गरेका थिए।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१