• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

२

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

३

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

४

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

५

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

६

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

७

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

८

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

९

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

१०

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

११

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

१२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    हुप्सेकोटकि मनरुपालाई सफलता : खुला चौंरमा ६२० कुखुरा पालेर लाखौं आम्दानी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ अषाढ २४, मंगलबार (७ साल अघि)
    IMG_20190628_111041

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती । कुखुरापालन गर्ने किसाले खोर भित्र थुनेर पालेको हामीले सुन्दै र देख्दै पनि आएका छौं । तर, कुखुरालाई बाहिरै खुला छाडेर पनि पाल्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् नवलपुरकी कृषक मनरुपा । नवलपुरको हुप्सेकोट गाउँपालिका निवासी मनरुपा पाण्डेले लोकल कुखुरा पालेकी छन् । उनले ती कुखरालाई खोर भित्रै नथुनि बाहिरै चर्न दिन्छिन् ।

    पछिल्लो समय ब्रोइलर कुखुरापालनतर्फ पशुपालक कृषक आकर्षित भइरहेको बेला पाण्डेले भने लोकल कुखुरा पाल्न थालेकी छन् । सानैदेखि कृषि पेसामै लागेकी पाण्डेले बाख्रापालन गर्दै आएकी थिइन् । तर, बिगत १० महिनाबाट उनी लोकल खुकुरा पालनतर्फ लागेकी छन् । उनले कुखुरालाई रातिको समयमा मात्रै खोर भित्रै थुन्छिन्, दिनभर कुखुरा बाहिरै रमाउँछन् । पाण्डेले तीन कठ्ठा जग्गामा कुखुरापालन, गाईपालन र तरकारी खेतीसमेत गर्दै आएकी छन् । चारैतिरबाट जालीले बारेर केही जग्गामा खोर र गोठ बनाएकी छन् भने केही जग्गामा तरकारी खेती गरेकी छन् । बाँकी रहेको जग्गामा घास रोपेकी छन् । घाँस रोपेको जग्गामा उनले कुखुरालाई चर्न खुल्ला छाड्ने गरेकी छन् । लोकल कुखुराले किनेको दानाभन्दा पनि बाहिरको कीरा फटेङ्ग्रा , पात पतिङ्गर, वस्तुको मलमा पाइने कीरा बढी मन पराउने भएकाले खुला छाडेर पाल्ने गरेको पाण्डेले बताइन् । खोरभित्रै थुनेर दाना मात्रै खुवाएर पालेको भन्दा आफ्नै खुसीले चरेर हुर्केका कुखुरा चाडै बढ्ने र तौलसमेत बढी हुने तालिममा सिकेकाले कुखुरालाई खुला छाडेर पालेको उनले सुनाइन् । ‘ मैले आफैले पनि महसुस गरेको छु, सँगै हालेको गिरिराज कुखुरा खोरभित्रै थुनेको छु । गिरिराज भन्दा लोकल कुखुरा ठूला छन् । बाहिर चरेको र दानामै भर परेकोमा धेरै फरक पर्दो रहेछ । अर्कोतर्फ लोकल जात भन्ने खोरभित्रै थुनेर दाना मात्रै खुवाएर हुर्काउने हो भने लोकल जातको स्वाद नै हुँदैन । त्यो पनि विकासे नै हुन्छ । ’ पाण्डेले भनिन् ।
    वस्तुको गोबरमा पाइने कीरा लोकल कुखुरालाई मनपर्ने भएकाले उनले दुई गाईसमेत पालेको सुनाइन् । अझै ब्यवस्थित गरेर पाँच वटासम्म गाई भैसी पाल्ने योजनासमेत उनको छ । कुखुरा चर्ने ठाउँमा उनले घाँस लगाएकी छन् । ती घाँसको पात झरेर कुहिएपछि त्यसबाट कीरा निस्कने हुँदा कुखुराको आहाराको लागि राम्रो हुने पाण्डेले जानकारी दिइन् ।


    अहिले उनले ६०० लोकल कुखुरा र १२० गिरिराज कुखुरा पालेकी छन् । पहिलो लटमा उनले एक हजार कुखुरा पालेर बिक्री गरिसकेको बताइन् । अहिले दोस्रो लटको कुखुरा हालेकी हुन् । पहिलो लटमा नै उनले लोकल कुखुराबाट राम्रो आम्दानी गर्न सफल भएको बताइन् । खोरगोठ बनाउन र चल्ला किन्न ६ लाख रुपैयाँ लगानीबाट सुरु गरेको ब्यसायले सबै खर्च कटाएर ६ महिनामै तीन लाख रुपैयाँ नाफा कमाएको उनले सुनाइन् । ब्रोइलर कुखुरा भन्दा लोकल कुखुरा पाल्न धेरै सजिलो हुने र बजार भाउसमेत राम्रो रहेकाले आफूले यस पेसातर्फ लागेको उनको भनाइ छ ।
    ब्रोइलरलाई जस्तो धेरै स्हारसुसार लोकल कुखरालाई गर्न नपर्ने पाण्डेको अनुभव छ । उनी भन्छिन्, ‘ब्रोइलर कुखुरालाई पटक पटक दानापानी हाल्नुपर्ने, रातभरि गीत बजाएर छाड्नुपर्ने , आफै सुत्नसमेत नपाइने अनि विभिन्न औषधि पनि दिइरहनुपर्ने चाडै तौल बढाउन, जसले मासु सेवन गर्नेलाई समेत असर पार्छ । तर, लोकल कुखुरालाई त्यस्तै धेरै दुःख गर्नै पर्देन । बिहानै खोर खोलेपछि सबै आफै बाहिर निस्किएर चर्छन् । राति भएपछि आफै खोरभित्र जान्छन् । एकदुई पाली दानापानी दिए पुग्छ । ’पाण्डेलाई अहिले उनका श्रीमान्ले सहयोग गर्दै आएका छन् । कृषि पेसाबाट नै मनग्य आम्दानी हुने भएपछि विदेश कमाउन गएका श्रीमानलाई समेत उनले अहिले विदेश जान नदिएर कृषि पेसामै लगाएकी छिन् । एउटा छोरा र एउटी छोरी छन् । छोरोलाई पनि किसान नै बनाउने सोचले जेटीए पढाएको उनले सुनाइन् । छोरीलाई पनि एसईई दिएपछि जेटीए नै पढाउने सोच रहेको उनले बताइन् । श्रीमानले वर्षौसम्म विदेशमा रगत पसिना बगाएर कमाएको भन्दा घरमै कृषि पेसाबाट आफूले राम्रो आमदानी गरेकाले श्रीमान्लाई विदेश जान नदिएको उनको भनाइ छ । सिजन अनुसारको तरकारी खेती समेत उनले गर्दै आएकी छन् । तरकारी खेती गरेर समेत उनले एक सिजनमा ७० हजारसम्म आम्दानी गर्दै आएको सुनाइन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग


  • Advertisement

    समाचार
  • १

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • २

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ३

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ४

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ५

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ६

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ७

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ८

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ९

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • १०

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution