• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ७, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    लोकमार्गभरि हिलो र पहिरोको सास्ती

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ श्रावण ९, बिहिबार (६ साल अघि)
    lok marg

    Advertisement

    प्रतिनिधिमुलक तस्विर

    लक्ष्मीप्रसाद सापकोटा

    पर्वत। यहाँका दुई लोकमार्गमा वर्षायाम शुरु भएदेखि नै हिलो र पहिरोको सास्ती बढेको छ। मध्यपहाडी (पुष्पलाल) लोकमार्ग धवलागिरिवासीको ‘लाइफलाइन’ सडक हो तर यतिबेला यही सडक धवलागिरिका चार जिल्लावासीका लागि धराप बनेको छ। त्यस्तै अर्को राष्ट्रिय गौरवको योजना कालीगण्डकी लोकमार्गमा पनि उस्तै अवस्था छ।

    गत १४ महीनायता पर्वतको मालढुङ्गादेखि कास्कीको विन्ध्यवासिनीसम्मको करीब ६५ किलोमिटर दूरीको यो सडक स्तरोन्नतिको चरणमा छ। स्तरोन्नतिका क्रममा सडक फराकिलो पार्न खनिएको माटो र अव्यवस्थितरूपमा छेउमा थुपारिएको गेग्र्यानका कारण यात्रुका लागि सडक धराप बन्दै गएको छ। त्यति मात्रै होइन, सडक फराकिलो पार्न साँघुरो क्षेत्रमा ठुल्ठूला ‘ब्रेकर’ फुटाइएकाले पहिरो खस्ने क्रम बढेपछि यात्रा निकै जोखिमपूर्ण बन्दै गएको छ।

    सडकमा साना–ठूला सवारी चाप बढ्दो छ। मध्यपहाडी लोकमार्गका ठाउँठाउँमा यतिबेला दैनिकजसो खस्ने पहिरोले सवारीसाधनमा यात्रा गर्ने त्रसित हुन्छन्। “हिँड्दाहिँड्दै भ्याप्लेखोला नजिकै ठूलो पहिरो खस्यो”, कुश्माका गोपी सुवेदीले भने, “सडक तीन घण्टा खुलेन, पोखरा पुग्दा मध्यरात भयो।” राजमार्गमा पहिरो खसेको एक घण्टाभित्रै खुलाउने गरी मध्यपहाडी आयोजनाले ठेकेदार कम्पनीलाई जिम्मा दिएको भए पनि घण्टौँसम्म ठेकेदार कम्पनीले बाटो खुलाउन बेवास्ता गर्ने यात्रुको गुनासो छ।

    मनसुन शुरु भएसँगै राजमार्ग फराकिलो पार्न खनेको माटो र गेग्र्यान सडकभरि छिरलिएको छ । त्यो सफा नगर्दा साना सवारीसाधन सडकमै पुरिन्छन। “धेरैपटक गुड्दागुड्दै ट्याक्सी पुरिएका छन्”, ट्याक्सी व्यवसायी भीम क्षेत्रीले भने, “पानी पर्दा हिँडिसाध्य छैन।” सामान्यतया डेढदेखि दुई घण्टाको कुश्मा–पोखराको यात्रा अहिले पाँच घण्टाभन्दा बढी समय लाग्ने उनले भने।

    सडकको कुश्मादेखि बेतेनी र कास्कीको नागडाँडाको केही भाग तथा फेदीदेखि याम्दीसम्मको सडकमा साना सवारीलाई निकै जोखिम भएको उनले बताए। कास्कीकै नागडाँडादेखि सराङकोट हुँदै विन्ध्यवासिनी निस्किने वैकल्पिक सडक भए पनि उक्त सडकमा बेला–बेलामा ट्राफिकले दुःख दिने गरेको व्यवसायीको गुनासो छ। सरकारीस्तरबाटै हुने यस्तो ज्यादतीबाट धवलागिरिका यातायात व्यवसायी आजित बनेका छन्।

    सराङकोट हुँदै पोखरा पुग्ने नागडाँडा–सराङोट–विन्ध्यवासिनी सडक मूल सडकभन्दा सात किलोमिटर छोटो र सजिलो भए पनि ट्राफिककै कारण जान नसकिएको साना सवारी चालकको गुनासो छ।

    गत असारसम्म मुख्य सडक कालोपत्र सक्ने लक्ष्यका साथ काम गरेको मध्यपहाडी आयोजनाले भने विभिन्न बहाना बनाउँदै बेला–बेलामा काम रोक्दै आएको छ।

    गत वैशाखयता वन मन्त्रालय र विद्युत् प्राधिकरणले काम गर्ने वातावरण नबनाएको भन्दै आयोजनाले केही समय काम रोकेको थियो। आयोजनाको पर्वत कार्यालयका प्रमुख आशिष थापामगरले विद्युत् प्राधिकरणले सडकछेउका पोल हटाउन नमान्दा काममा ढिलाइ भएको बताए। त्यससँगै निर्माण सामग्री निकाल्न सामुदायिक वनले नदिँदा पनि समयमा काम नसकिएको उनको आरोप छ।

    उता कालीगगण्डकी लोकमार्गको अवस्था पनि दयनीय रहेको छ । बहुवर्षीय योजनाअन्तर्गत झण्डै एक दशकदेखि निर्माण भइरहेको उत्तर–दक्षिण जोड्ने सडक अझै सम्पन्न हुनसकेको छैन। सडक स्तरोन्नति नहुँदा वर्षायाममा ठप्पजस्तै हुने गरेको छ। यतिबेला सडकका अधिकांश भागमा पहिरो र हिलोका कारण सवारीसाधन सञ्चालन हुनसकेका छैनन्। सडक अवरुद्ध भएपछि दक्षिण पर्वतका तीन स्थानीय तहको सदरमुकामसँग सम्पर्क टुटेको छ। लोकमार्गको पर्वत खण्डअन्तर्गत श्रीकाङ, खबरा, कर्नास, लमाएलगायतका स्थानमा पहिरो र लेदोले सवारी गुडाउन समस्या छ।

    पातीखोला जलविद्युत आयोजना सञ्चालन

    स्थानीय बासिन्दाको विरोधका कारण बन्द रहेको एक मेगावाट क्षमताको पर्वतको पातीखोला जलविद्युत् आयोजनामा हिजो साँझदेखि विद्युत् उत्पादन सञ्चालन भएको छ। पर्वतको मोदी गाउँपालिका–२ ढाँडखेतमा रहेका प्रसारण लाइनका पोल स्थानान्तरण गर्ने सहमतिसँगै पाँच दिनपछि विद्युत् उत्पादन शुरु भएको हो। विद्युत् उत्पादन बन्द हुँदा आयोजनाका कर्मचारी चार रातसम्म विद्युत्गृहमै मैनबत्ती बालेर बस्न बाध्य भएका थिए।

    आयोजनाको प्रसारण लाइन मर्मत गर्न स्थानीयवासीले अवरोध गरेपछि साउन ४ गतेदेखि विद्युत् उत्पादन बन्द भएको थियो। मोदी गाउँपालिका–२ मा पर्ने ढाँडखेत बगरका बासिन्दाले घरमाथिबाट प्रसारण लाइन गएको र विद्युत्का तार खसेर चुहावट हुने खतरा रहेको भन्दै मर्मत गर्न दिएका थिएनन् । प्रसारण लाइनको एउटा पोलमा बिग्रेको कण्डक्टर मर्मत गरेपछि विद्युत् उत्पादन सञ्चालन भएको आयोजनाका प्रबन्ध निर्देशक विष्णुराज कोइरालाले बताए।

    “प्रसारण लाइनको तार अड्याउने कन्डक्टरको पिन फेर्न नदिँदा विद्युत् उत्पादन ठप्प भएको थियो”, प्रबन्ध निर्देशक कोइरालाले भने, “विद्युत् उत्पादन गर्न नसक्दा कर्मचारीले रातभर मैनबत्ती बालेर विद्युतगृह कुर्दै आएका थिए।” तत्कालका लागि विद्युत् उत्पादन शरु गर्ने र पछि स्थानीयवासीले जग्गा उपलब्ध गराएपछि केही पोलहरु परिर्वतन गर्ने सहमति मोदी गाउँपालिकामा भएको हो।

    वर्षायाममा आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन्छ। एक दिन विद्युत् उत्पादन बन्द हुँदा कम्तीमा पनि रु एक लाख नोक्सान व्यर्होन बाध्य भएको थियो। प्रसारण लाइनका कण्डक्टरमा कहिलेकाहीँ समस्या आए पनि त्यसले खतरा नहुने आयोजनाले बताएको छ। रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution