• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ माघ १०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

२

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

३

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

४

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

५

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

६

नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

७

बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

८

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

९

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

१०

आज देशभर उम्मेदवारी दर्ता हुँदै

११

प्रतिनिधिसभा सदस्य बन्न १३ अनिवार्य कागजपत्रसहित उम्मेदवारी दर्ता

१२

एमाले अध्यक्ष ओली आज झापा जाँदै, निर्वाचन तयारीबारे कार्यकर्तासँग छलफल गर्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    शिक्षा दिवसमा नवलपुरको कावासोतीमा विविध कार्यक्रम

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ भाद्र २२, आईतबार (६ साल अघि)
    IMG_20190908_132417-1024x768

    Advertisement

    ज्ञानु पंगेनी

    कावासोती । विभिन्न कार्यक्रम गरी आज नवलपुरमा ४० औं शिक्षा दिवस मनाइएको छ । ‘हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सबलिकरण’ भन्ने मूल नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस मनाइएको हो । शिक्षा दिवसको अवसर पारेर कावासोती नगरपालिकाले आज सिद्धार्थ आवासीय माविमा वृहत् कार्यक्रमको आयोजना गरेको छ ।

    कार्यक्रममा सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य तिलक महतले शिक्षा क्षेत्रमा अहोरात्र खटिने शिक्षक तथा कर्मचारीको पारिश्रमिक बढाउनका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन् । आफू शिक्षा समितिमा पनि रहेकाले पारिश्रमिको कुरा उठाइरहेको भए पनि यस वर्ष बढाउन नसके पनि अर्को वर्षमा अवश्य बढ्ने बताए । ‘बाल कक्षामा अध्यापन गर्ने शिक्षकहरुले छ हजार रुपैयाँमा पढाउनुपरेको छ’ , कर्मचारीले पनि न्यूनतम पारिश्रमिकमा काम गर्नु परेको छ । यो बाध्यता यस वर्ष अन्त्य नभए पनि अर्को वर्ष अन्त्य गर्ने कोसिस गर्नेछु’ सांसद महतले भने ।

    शिक्षालाई गुणस्तरीय बनाउनका लागि शिक्षक, अभिभावक र सरोकारवालासँगै अब तीन तहकै सरकारसमेत अग्रसर हुनुपर्नेमा महतले जोड दिए । नवलपुर शैक्षिक हबका रुपमा विकास हुँदै गएकाले यहाँको शिक्षा क्षेत्रको विकासका लागि आफूले कुनै पनि कसर बाँकी नराख्ने महतले बताए । यसैगरी प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले नवलपुरको शिक्षा क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका थिए । गण्डकी प्रदेशले समेत शिक्षा क्षेत्रको विकासलाई प्रथमिकतामा राखेकाले शिक्षा क्षेत्रमा अझै लगानी बढाउने काममा संसदमा कुरा उठाउने बताए । उनले विद्यालय जानबाट बञ्चित बालबालिकालाई विद्यालयसम्म पु¥याउन सबै सरोकारवालाहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । यस्तै कार्यक्रममा प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेले शिक्षा क्षेत्रमा राजनीतिको गन्ध आउन नहुनेमा जोड दिए । शिक्षा क्षेत्रको विकास नहुँदासम्म समग्र राष्ट्रको विकास हुन नसक्ने हुँदा शिक्षासँगै सामाजिक क्षेत्रका कुनै पनि संघसंस्थामा राजनीति गर्न नहुने उनको भनाइ थियो । नेपालको शिक्षा क्षेत्र राजनीतिकै कारण माथि उठ्न नसकेको भन्दै लामिछानेले हाम्रा भन्दा राम्रा शिक्षकलाई विद्यालयमा अवसर दिन सके विद्यार्थीको भविष्य उज्जवल हुने बताए ।

    कार्यक्रममा २०७५ सालको एसईई परीक्षामा जिल्लामै उत्कृष्ट हुन सफल संस्थागततर्फ समता शिक्षा निकेतन र सामुदायिक विद्यालयतर्फ शिव मावि, शान्ति निकुञ्ज माविका छात्रछालाई नगदसहित सम्मान गरिएको थियो । यस्तै कावासोती नगरपालिकास्तरीय कक्षा एकदेखि पाँचसम्मको स्तर मापन परीक्षामा उत्कृट हुने विद्यार्थीलाई पनि प्रमाणपत्र र ट्रफीले सम्मान गरिएको थियो । यसैगरी एसईई र आधारभूत तहसम्ममा उत्कृष्ट नतिजा दिन सफल शिक्षकलाई पनि सम्मान गरिएको थियो । यसैबीच शिक्षा दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत वक्तृत्वकला, चित्रकला र हाजिरी जवाफ प्रतियोगितामा विजयी भएका विद्यार्थीलाई पनि नगद पुरस्कार वितरण गरिएको थियो । सोही कार्यक्रममा सिद्धार्थ आवासिय माविमा प्राचार्य भोजराज दाहालले आफ्ना दिवङ्गत मातापिताका नाममा कावासोती नगरपालिका भित्र रहेका सबै संस्थागत विद्यालयहरुमा माविसम्म एक लाख ५० हजार र आधारभूत तहसम्म एक लाख रुपैयाँ बराबरको अक्षयकोष खडा गर्ने घोषणा गरेका छन् ।

    कार्यक्रममा शैक्षिक क्षेत्रका विभिन्न संगसंगठनका प्रमुख, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए । कार्यक्रम कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य तिलक महतको प्रमुख आतिथ्यतामा भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा


  • Advertisement

    समाचार
  • १

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • २

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • ३

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • ४

    शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

  • ५

    एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

  • ६

    नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

  • ७

    बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

  • ८

    पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

  • ९

    नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

  • १०

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution