• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ७, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीको हिँउदे नगरसभा : रिङ्गरोड निर्माण प्राथमिकतामा, पार्किङ्ग व्यवस्थित बनाउन जोड

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ पौष २८, सोमबार (६ साल अघि)
    82207404_511524932816092_525278859692605440_n

    Advertisement

    दयाराम आचार्य

    कावासोती । कावासोती नगरपालिकाले रिङ्गरोड निर्माणलाई प्राथमिकता दिएको छ । नगरपालिकाको सोमबार भएको हिउदे नगरसभाले संसोधित विनियोजन ऐनले रिङ्गरोड निर्माणलाई प्राथमिकता दिदै बजेट विनियोजन गरेको छ । नगर उप प्रमुख प्रेम शङ्कर मर्दनिया थारुले सभामा प्रस्तुत गर्नुभएको विनियोजन ऐनमा नगरपालिकाले रिङ्गरोडलाई प्राथमिकता दिदै रु ५ करोड बजेट विनियोजन गरेको छ । नगरपालिकाको महत्वपूर्ण योजनाको रुपमा हेरिएको रिङ्गरोडलाई सम्पन्न गर्नकालागि वजेट विनियोजन गरिएको छ । नगरपालिकाको विकाशको आधारका रुपमा हेरिएको रिङ्गरोड कावासोती नगरपालिका ४ बाट निर्माणको काम यस अघिनै सञ्चालन गरिएको भएपनी कार्यले गति लिन सकेको थिएन । हिउदे अधिवेशनले वजेट संसोधन गर्दै रिङ्गरोडलाई प्राथमिकतामा पारेको नगर प्रमुख चन्द्र कुमारी पुनले बताउनुभयो । आफ्नो कार्यकालमानै रिङ्गरोड निर्माणलाई सम्पन्न गर्ने गरी कार्यसमेत अगाडि बढाइने उहाले बताउनुभयो । हिउदे अधिवेशनको सभाले पारित गरेको विनियोजन ऐनमा पाच वटा वडाबाट काम गर्ने गरी रु. ५ करोड विनियोजन गरिएको छ । कावासोती नगरपालिका वडा नम्बर १,३,११, १५ र १७ नम्बरवडामा यसै वर्ष रिङ्गरोडको निर्माण हुनेछ । नगरपालिकाले यस अघिनै रिङ्गरोड निर्माण गर्ने गरी डिपिआर समेत तयार गरिसकेको छ । सोही अनुसार अब भने एकै साथ पा“चवटा वडामा काम शुरु हुने भएको छ । यसै गरी सभाले कावासोती १६ गैडाचोक देखि दक्षिण तर्फको बाटोका लागि रु. ३० लाख वजेट थप गरेको छ । यस अघि रु. १ करोड रकम विनियोजन गरिएको थियो । नाला सहितको बाटो स्तोरन्तीका लागि रकम थप गरिएको छ । यस्तै मध्यविन्दु जिल्ला अस्पतालका लागि एम्बुलेन्स खरिदकालागि रु. ७ लाख अनुदान दिने, कुमारवर्ती बहुमुखी क्याम्पमा शौचालय निर्माणका लागि समेत वजेट विनियोजन गरिएको छ । यस अघि रु. ८८ करोड २६ लाख ७० हजार प्रस्तावित वजेट रहेकोमा सभाले संसोधित बजेट रु. १ अर्ब ११ करोड ७४ लाख ९४ हजार ३५१ पारित गरेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले बताउनुभयो ।

    सोमबार बसेको सभाले आर्थिक ऐन २०७६मा समेत केही शंशोधन गरी पारित सर्वसम्मतले पारित गरेको छ । जसमा केही छुट भएका व्यवसाय तथा सिफारीसको कर निर्धारण गरिएको छ । आर्थिक ऐनले निजि पार्किङ्गलाई व्यवस्थित बनाउन शुल्क समेत निर्धारण गरेको छ । पार्किङ्गलाई व्यवस्थित बनाउन आर्थिक ऐनले विशेष जोड दिएको छ । वेसमेण्ट पार्किङ्ग निर्माण गर्नेलाई घरनक्शा पास दस्तुरमा छुट दिने समेत निर्णय गरेको छ । सभामा बोल्ने सदस्यहरुले दिवा खाजाको रकम बढाउनुपर्ने, लागत सहभागिता नबुझाउनेलाई सेवा प्रदान गर्नरोक्नुपर्ने लगाएतका विषयहरू उठाएका थिए । सभामा उठेका विषयको उप प्रमुख प्रेम शङ्कर मर्दनिया थारुले जवाफ दिनुभएको थियो । सभामा नगर उप प्रमुख प्रेम शङ्कर मर्दनियाले पेश गर्नुभएको आर्थिक ऐनको शंशोधन प्रस्ताव र विनियोजन ऐनको शंशोधन प्रस्ताव सर्वसम्मले पारित गरेको छ । सभाका बहुमत सदस्यले ध्वनिमतको आधारमा सर्वसम्मत रुपमा शंशोधित प्रस्ताव पारित गरेका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution