• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बाघको मुखबाट छोरी खोसेर ल्याएका हरिप्रसाद वाग्लेको १ सय ७ वर्षको उमेरमा नि’धन !

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ माघ २८, मंगलबार (६ साल अघि)
    hari

    Advertisement

    झापा , मानिसको पूरा आयू सय वर्ष भनिन्छ । तर सय वर्ष पुग्ने मानिस ज्यादै कम छन् । खानपान, वातावरणले मानिसको सरदर बाँच्ने आयू घट्दै गएको छ । सय वर्ष पूरा भएका व्यक्तिलाई नेपाली समाजले ज्यूँदा देवताका रुपमा हेर्छ । जापान त्यस्तो देश हो त्यहाँ सय नाघेका जेष्ठ प्रसस्तै भेटिन्छन् । विकसित र व्यवस्थित देशहरुमा मानिसको सरदर बाँच्ने आयू बढी नै हुन्छ तर नेपाल जस्तो खानपान र रहनसहन अव्यवस्थित भएको मुलुकमा सय नाघेका जेष्ठ भेट्न कठिन पर्छ ।

    जहाँ सय नाघेका जेष्ठ भेटिन्छन् त्यहाँ उहाँहरुलाई ज्यूँदा देवताका प्रतिक मानिन्छन् ।झापाको बुद्धशान्तिमा पनि १ सय ७ बर्षीय ज्यूँदा देवता हरिप्रसाद वाग्ले हुनुहुन्थ्यो । होचोकदका उहाँले वाल्यकाल देखि नै कठोर परिश्रम गर्नुप¥यो, सानैमा बुबाको निधन भएपछि टुहुरो हुनुभएका उहाँलाई आमा धनमाया, कान्छा भाई जयनारायण, जेठी आमाकी बहिनीलाई हेरविचार गर्नुपर्ने दायित्व थियो । कृषि र पशुपालन गरेर उहाँले अभिभावकत्व ग्रहण वाल्य अवस्थामा नै गर्नुभयो । त्यतिवेला धेरै दुखकष्ठ बेहोर्नुप¥यो उहाँले । त्यहि बेलादेखि उहाँले दुख, कष्ठ र पीडालाई साथी बनाउनु भएको थियो तर पनि मुहारमा कहिल्यै दुखको दृश्य देखाउनु भएन ।

    सहयोगी र मिलनसार स्वाभावका उहाँले बच्चै देखि दुख कष्ठलाई पैतालामा कुल्चन सक्नुभयो, उहाँले त्यसलाई १ सय ७ वर्ष सम्म निरन्तरता दिन सक्नुभयो ।शाकाहारी भोजन ग्रहण गर्ने उहाँ धार्मिक स्वाभावको हुनुहुन्थ्यो जव दुख पर्छ ‘राधे श्याम’ भन्नुहुन्थ्यो । तर दुख कसैलाई देखाउनु हुन्न थियो । भगवान प्रति ठूलो आस्था र विश्वास थियो उहाँको, अदृश्य भगवान प्रतिको अटुट आस्थाले उहाँलाई दिर्घ जिवन मिलेको हो भन्ने ठूलो जमात पनि छ ।तनाव मानिसको शत्रु हो, तनावले मानिसको आयू घटाइरहेको हुन्छ तर उहाँले जस्तो विषम परिस्थितिमा पनि तनाव लिनुभएन ।

    सायद विना तनावको जिन्दगीले पनि उहाँलाई दीर्घ जीवन मिलेको हुनुपर्छ । उहाँ साकाहारी भोजन ग्रहण गर्नुहुन्थ्यो, त्यो पनि दीर्घ जीवनको एक कारण बन्न सक्छ । विहानै उठ्ने नुहाउने गर्दा तथा पूजा पाठ गर्दा आत्मविश्वासले आयू बढाउन मद्धत गर्न सक्छ भन्ने उदाहरण पनि बन्नुभएको थियो उहाँ । कामलाई पूजा सम्झनु हुन्थ्यो उहाँ, एकै छिन पनि उहाँ काम नगरी बस्नै सक्नुहुन्न थियो एक सय ४ वर्षसम्म ।१ सय ४ बर्षको हुँदा, परिवारले हँसिया लुकाइदिँदा पनि उहाँ खोजेर लुकेर बारीमा पसेर घाँस काट्नु हुन्थ्यो । नरि वलको पत्ताबाट कुच्चो बनाउन उहाँ माहिर हुनुहुन्थ्यो ।

    बारीमा भएका करीव आधा दर्जन नरिवलका बोटबाट दैनिक रुपमा झर्ने पत्ताबाट कुच्चो बनाउनु हुन्थो उहाँ एक सय ४ वर्षको हुँदा सम्म । त्यसपछि शरीर केही कमजोर भएपछि परिवारकै आग्रहमा काम धन्दा छोड्नुभयो । एकसय ५ वर्षसम्म दैनिक विहान उठेर उहाँ नुहाएर करीव दुई घण्टा पूजा कर्ममा लाग्नुहुन्थ्यो । चियाको पारखी उहाँ दही महि भनेपछि हुरुक्कै हुनुहुन्थ्यो । लामो समय गोठाले जीवन विताउनु भएका उहाँ हरियो बाँसमा चामल हालेर त्यो ढुँङ्ग्रो सेकेर भात पकाएर खाने गर्नुहुन्थ्यो, त्यो पनि दीर्घ जीवनको माध्यम हुनसक्छ ।

    ध्यूँ कुइनुबाट चुहिनु पथ्यो उहाँले खाना खाँदा । आफू शाकाहारी भएपनि मांसहारीलाई कहिल्यै फरक नजरले हुर्नु भएन भन्नुहुन्थ्यो ‘मनले जे माग्छ त्यो खाउ तर अरुलाई असर नपु¥याउ, समयले सबैलाई सदबुद्धि दिन्छ ।’होचो कदको भएपनि जस्तो सुकै रुख चडेर घाँस झारेर बस्तुलाई खुवाउनु हुन्थ्यो उहाँ, त्यतिवेला बढेमानको रुख चड्न सक्नुहुन्छ भनेर कसैले सोधे भने नियमित जवाफ उहाँको यस्तो हुन्थ्यो ‘यो रुख भेदबाटनै पलाएको छैन र ? अनि किन नसक्नु ?’लौरोको सहारा कहिल्यै नलिनुभएका उहाँलाई बुढ्यौलीमा कसैले लौरो उपहार दियो भने ‘लैजा तँलाई नै काम लाग्छ’ भन्नुहुन्थ्यो ।

    राणाहरुको शासन भोगेका भुक्त भोगी उहाँले राणा, राजा र गणतन्त्रको स्वाद र अनुभव मज्जाले चाख्नुभयो । राजनीतिमा भाई जयनारायणको चासो र सकृयता भएपनि उहाँले परिवारका खुसीका लागि जीवन व्यतित गर्नुभयो । कम्युनिष्ट आ’न्दोलनमा आप्mना र भाईका छोराछोरी होमिरहँदा उहाँ सदैव भन्नुहुन्थ्यो ‘राजनीतिले आनन्द दिनसक्नुपर्छ, राजनीति गर्नेले आप्mनो भन्दा पनि कसका लागि गरिएको हो त्यो कहिल्यै भुल्नुहुन्न ।’ राजनीति गर्नेले जनतालाई धोका दिन नहुने बताउने गर्नुभएका उहाँले राणा शासन, राजाहरु र गणतन्त्र नेपाल हाँक्ने कुनै नेतृत्व प्रति आप्mनो गु’नासो नभएको बताउने गर्नुहुन्थ्यो ।

    होचो कदको भएपनि उहाँ साहसिक हुनुहुन्थ्यो कान्छी छोरी विष्णुकुमारी ३÷४ वर्षकी हुँदा सुतेकै ठाउँबाट बाघले लगेपछि बाघलाई लखेटेको लखेटै उसको मुखबाट छोरी खोसेर ल्याउनु भएको थियो । बाघको दाँतले रक्ताम्मे भएकी छोरीलाई घर ल्याएर लामो समय सम्म उपचार गरेर बचाउनु भयो, छोरी विष्णुकुमारी यतिवेला अर्जुनधारा नगरपालिकाको साधुटारमा जीवन यापन गरिरहनु भएको छ । बढेमानको रुखमा २ मिटर लामो खागो (माहुरी समूहकै महपार्ने ) ले घार लगाएको देखेपछि उहाँले त्यस खागोको घारबाट मह काड्ने आँट गर्नुभएको थियो कुनै बेला ।

    त्यती बेला मह त काड्न सक्नुभयो तर खागोको खिलले टाउको सेतै भएको थियो । केही दिन ज्वरो आएपनि दुईसय बढी खागोले चिल्दा पनि उहाँ तन्दुरुस्त हुनुभयो । केटाकेटीमा चकचक गर्दा उहाँका मामाले टुप्पीनै उखेलेका घटना नाती नातिनीलाई सुनाउँदा उहाँ गज्जवले हाँस्नुहुन्थ्यो । बीस पच्चीस माउ गाई, भैँसी एक्लै पालेर ठूलो ढुंङ्ग्रोमा दुध ल्याएर पाथीका पाथी ध्यू बनाउनु हुन्थ्यो ।इलामको सूर्योदय नगरपालिका (साविक पञ्चकन्या मलिम) बाट खेती गर्न झापा २०१४ सालमा झर्नुभएका उहाँले झापाको बुद्धशान्ति–१ लाई कर्मथलो बनाउनु भयो ।

    मेहनती, कुनै पनि रोगले नसताईकन जीवनको १०७ वसन्त पूजा गर्नु भएका हरिप्रसाद वाग्लेको गत माघ २४ गते नि’धन भएको छ । सम्भवत उहाँ झापाकै जेष्ठ हुनुभएको परिवारको अुनमान छ । बुद्धशान्ति गाउँपालिका–१ होक्सेका स्थायी बासिन्दा वाग्लेको १०७ वर्षको उमेरमा शुक्रवार विहान साढे १० बजे निजी निवासमा बुढ्यौलीका कारण नि’धन भएको हो । अग्रज अभिभावक वाग्ले मंगलबारदेखि अ’स्वस्थ्य रहनुभएको थियो । उहाँको शुक्रबारै स्थानीय बिरीङ्ग नदिमा अन्तिम दा’हसंस्कार गरिएको छ ।इलामको मालिममा बुबा प्रभाखर वाग्ले र आमा धनमाया वाग्लेका जेठा छोराको रुपमा विक्रम सम्बत् १९७० साल मंसिर ५ गते जन्मिनुभएका वाग्ले विक्रम सम्बत् २०१४ सालदेखि झापाको बुधबारे बसोबास गर्दै आउनुभएको थियो ।

    पाँच छोरा र २ छोरीका धनी वाग्लेकी श्रीमती हर्कमायाको विक्रम सम्बत् २०४९ सालमा नि’धन भएको थियो । पाँच छोरा मध्ये माइला छोरा चन्द्रप्रसाद, साँइला छोरा भीम र काँइला छोरा नेत्र, जेठा छोराकी कान्छी श्रीमति पुन्यकुमारी गुमाई सक्नुभएका वाग्लेसँग उहाँका कान्छा छोरा वेदप्रसादको परिवार बस्दै आएको थियो ।साहकारी भोजन गर्ने वाग्लेले जीवनकालको अधिकांस समय खेती किसान र पशुपालनमै बिताउनुभयो । बुड्यौलीकै कारण उहाँको नि’धन भएको उहाँका कान्छा छोरा बेदप्रसादले बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाज सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution