कावासोतीको नीति तथा कार्यक्रम : रिङ्ग रोडलाई निरन्तरता,वडा कार्यलय , कवर्ड हल र रङ्गशाला निर्माण


दयाराम आचार्य 
कावासोती । कावासोती नगरपालिकाले आगामि आर्थिक वर्षको नीति ,कार्यक्रम र बजेट सार्वजनिक गर्दै निर्माणाधिन रिङ्ग रोडलाई निरन्तरता दिएको छ । नगरपालिकाको वडा नम्बर १, ३, ५, १०, १२, १५ र १७ नम्बर वडाको रिङ्गरोड खण्डको निर्माणलागि रु ४ करोड ३० लाख विनियोजन गरेको छ ।
कावासोती नगरपालिकाको वडा कार्यालय भवन  निर्माणका लागि रु २ करोड, नगरपालिकाको भवन निर्माणलाई निरन्तरता दिन रु ५ करोड, वडा नम्बर ६ मा कवर्ड हल र रङ्गशाला निर्माणकालागि समेत रकम विनियोजन गरिएको छ ।
डण्डा देखी बाघखोर ग्रिनरी बाटो निर्माणलाई निरन्तरता दिदै रु ३१ लाख विनियोजन गरिएको छ । बस पार्क निर्माण तथा डिपिआरका लागि समेत वजेट विनियोजन गरिएको छ । वडा नम्बर २,३ र ८ का बाटोहरुमा मोजाइक टाइल लगाउन रु ३० लाख रकम विनियोजन गरिएको छ । वडा नम्बर २,४, ८, १० , १६ र १७ का बाटाहरुको कालोपत्रेका लागि रु ९५ लाख , कोटटाडी पुल निर्माणका लागि समेत रकम विनियोजन गरिएको छ । वडा नम्बर नौको खेलकुद मैदान व्यवस्थापन, वडा नम्बर ४ को पिकनिक स्पोर्ट निर्माण र छाडा गाई बस्तुको व्यवस्थापनकालागि कावासोती १३ मा गौशाला निर्माणकालागि रु १० लाख बजेट विनियोजन गरिएको छ । यस बाहेक नगरपालिका भित्रका बाटो स्तरोन्नतीकालागि समेत बजेट विनियोजन गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • १६ दिने अभियान : कावासोतीमा दिप प्रज्वलन
  • नवलपुरमा धान उत्पादनमा कमी
  • मध्यविन्दु नगरपालिकाको न्यायिक समितिमा चार महिनामा ३५ उजुरी
  • मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
  • © 2020: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution