• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ६, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

२

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

३

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

४

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

५

दुर्गा प्रसाईं पक्राउ

६

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

७

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

८

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

९

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

१०

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

११

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

१२

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासीमा धान उत्पादनमा ह्रास

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ कार्तिक १८, मंगलबार (५ साल अघि)
    inbound5443084475776188742

    Advertisement

    परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा यस वर्ष प्रमुख अन्नबाली धानको उत्पादनमा ह्रास आएको छ । बाढी, मलबीउको अभाव, लगातारको वर्षालगायत कारणले यस वर्ष जिल्लामा धान उत्पादनमा कमी आएको कृषकले बताएका छन् । धान रोप्ने बेला पर्याप्त पानी परेकाले खुसी भएका कृषक अहिले भने उत्पादन घटेपछि चिन्तित भएका छन् ।

    यस वर्ष जिल्लामा करीब ३० प्रतिशतले धान उत्पादनमा ह्रास आएको कृषि ज्ञान केन्द्र परासीका प्रमुख देवेशकुमार मिश्राले जानकारी दिए । विशेषगरी सरावल र पाल्हीनन्दन गाउँपालिकामा धान उत्पादनमा भारी गिरावट आएको उनले बताए । पश्चिम नवलपरासीमा २१ हजार ७७५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको केन्द्रले जनाएको छ । गत वर्ष जिल्लाभर ९० हजार ३५४ मेट्रिक टन धान उत्पादन भएको बताउँदै केन्द्र प्रमुख मिश्राले भने, “बाढीले डुबाउँदा धेरै धान सखाप भयो, बन्दाबन्दीका कारण कृषकले समयमा मल बीउ पाउन सकेनन् र धानमा दाना लाग्ने बेलामा वर्षा हुँदा परागशेचनमा अवरोध हुन गई धान उत्पादनमा ठूलो गिरावट आएको छ ।”

    जिल्लामा सुरुमा करीब १५ प्रतिशतसम्म उत्पादन घट्ने अनुमान गरिए पनि ३० प्रतिशतसम्म ह्रास आउने देखिएको उनको भनाइ छ । रामग्राम नगरपालिका, सरावल, प्रतापपुर गाउँपालिकालगायत जिल्लाभर नै उल्लेख्य मात्रामा धान उत्पादन हुने गरेको छ । सरावल–६ र ७ मा करीब एक हजार ५०० बिघा धानखेती बाढीले डुबाएको थियो भने पाल्हीनन्दन–१ र ६ मा गरी ६०० बिघाभन्दा बढी धानखेती डुबाएको थियो । बाढीले डुबाएको धान पूरै नष्ट भएको पाल्हीनन्दन–१ का कृषक धनपाल चौधरीले बताए । “मैले पाँच बिघामा धान लगाएको थिएँ, गाउँभरि ४०० बिघामा धान लगाइएको तर तीन पटकसम्म आएको बाढीले सबै सखाप पार्यो”, उनले भने ।

    बाढीले क्षति नपुर्याएका स्थानमा पनि लगातारको झरीका कारण ५० प्रतिशतसम्म कमी आएको कृषकले बताएका छन् । धान पसाउने बेलामा खैरा रोगले समेत कृषकलाई सताएको थियो । दुई बिघामा धानखेती गर्नुभएका सरावल–३ गोइनीका हरिलाल यादवले यस वर्ष गत वर्षको तुलनामा ५० प्रतिशतले धान उत्पादन घटेको बताए। धानको बाला लाग्ने समयमा पटकपटक आएको बर्सातको पानीका कारण उत्पादन घटेको उनको भनाइ छ । धान उत्पादनमा ठूलो गिरावट आएपछि कृषक चिन्तामा परेको कृषक हकहित संरक्षण मञ्चका जिल्ला अध्यक्ष शम्भु उपाध्याय बताउँछन्।

    “मैले पनि एक बिघा आठ कट्ठामा धान लगाएको थिएँ, तर पानीले ढल्दा धान राम्रोसँग पाक्न सकेन, उत्पादनमा ३० प्रतिशतले ह्रास आएको छ”, उनले भने । जिल्लाका अधिकांश कृषकको प्रमुख आयस्रोत धानबाली नै हो । बाढीले धानबाली नष्ट गर्दा पनि स्थानीय तहबाट राहत पाउन नसकेको कृषकको गुनासो छ । बाढी र डुबानको समस्या वर्षाैंदेखिको भए पनि कृषकलाई राहत दिने विषयमा स्थानीय तहसँग पूर्वतयारी नभएका कारण राहत दिन नसकिएको जनाएका छन् । सरावल गाउँपालिकाले धानमा राहत दिन नसके पनि प्रभावित क्षेत्रका कृषकलाई गहुँमा ७५ प्रतिशत अनुदानमा बीउ उपलब्ध गराएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए ।

    गहुँको उत्पादन बढाएर कृषकलाई राहत पुर्याउने उद्देश्यले बीउबिजन तालीमलगायत प्रबन्ध गर्न लागिएको बताउँदै उहाँले भन्नुभयो, “यस पटक धानमा धेरै क्षति पुगेको छ, ६ र ७ नं वडामा बाढीले डुबाएका कारण धान नै हुन सकेन, अन्य वडामा पनि धान काट्ने बेलामा आएका हावाहुरी र पानीले क्षति पुर्यायो ।” पाल्हीनन्दन गाउँपालिकाले पनि गहुँमा अनुदान दिने भएको छ । धानमा क्षति व्यहोरेका कृषकलाई गहुँबाट राहत पुर्याउने गरी गाउँपालिकाले पहल थालेको गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता (दीपक)ले बताए । गहुँबालीको उत्पादन बढाउन कृषकलाई ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउन लागिएको उनले बताए। पर्याप्त पानी परेका कारण यस वर्ष कृषकले समयमै धान रोपेका थिए । अहिले अधिकांश कृषकले धान भित्र्याइसकेका छन् । जिल्लामा रामधान, सावा मन्सुली, राधा ४ लगायत जातका धान लगाउने गरिन्छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय


  • Advertisement

    समाचार
  • १

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • २

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ३

    अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

  • ४

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • ५

    दुर्गा प्रसाईं पक्राउ

  • ६

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ७

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ८

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ९

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • १०

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution