• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ भाद्र ३१, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कोरोनासगँको जम्काभेट !

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ मंसिर ५, शुक्रबार (४ साल अघि)
    inbound7825489563204524763

    Advertisement

    कोभिड १९ अर्थात कोरोना भाइरसका कारण विश्व आक्रान्त बनिरहेको छ । यसबाट हामीपनी अछुतो हुन सकेनौ । करिब एक वर्ष हुन लाग्दा पनि कोरोना भाइरसको औषधी पत्ता लाग्न नसकिरहेको यस विषयम परिस्थितीमा हामी बेसार पानी, गुर्जो, तुलसी पानी लगाएत घरायसी औषधीको भरमा बस्दै आएका छौ । कोरोना भाइरस सामान्य रुपमा लिनुपर्छ रुघाखोकी त होनी भन्नेहरुको जमात ठूलै छ भने सामान्य होइन विषम परिस्थिती निम्तिन सक्छ भन्ने अर्को कोरोना रोगलाई जित्नेहरुको जमात पनि उत्तीकै भेटिन्छ । पछिल्लो तथ्याङ अनुसार २ लाख १२ हजार संक्रमित भएकोमा १ लाख ८२ हजार ७४० जना संक्रमण मुक्त भएका छन ।

    कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले २०७६ चैत ११ देखि लकडाउन गरेसंगै लक डाउन खुकुलो नहुदा सम्म घरमै थन्कीएर बसेका थियौ । साउन महिना देखि सावधानी अपनाउदै जीवन पुरानो लयमा फकाउदै कामलाई अगाडि बढाउदै लागेको थिए । मनमा भने एक प्रकारको डरले डेरा छोडेको भने थिएन । घरमा सानी छोरी भएको हुनाले मनमा डर हराउने छाट नै थिएन कतै मेरो कारण छोरी र परिवारमा असर पर्छ की भन्ने लागिरहेको थियो । अतिआवश्यक बाहेक बाहिर काममा निस्कन बन्द गरेको थिए । निस्कनु नै परेमा मास्क र सेनेटाइजरको प्रयोगलाई सहि तरिकाले प्रयोग गर्दै भौतिक दुरीलाई ध्यान दिदै आएको थिए । परिवारमा सबैको चिन्ता सानी भएकी छोरी र औषधी सेवन गर्दै आएको स्वयम थिए । त्यसैले गर्दा सुरक्षित सावधानीलाई राम्रो संग नै पालना गर्दै सामान्य तरिकाले जीवन अगाडि बढ्दै थियो । चाडपर्वहरु नजिकिदै थिए । लकडाउनको प्रत्यक्ष असर रेडियोमा परेको थियो । आमा वार्षिकी तिथीमा माइत जानुपर्ने थियो यता रेडियोमा पनि २ जना मात्र भएर करिब ४ महिना रेडियो संचालन गरेका थियौ । सुरक्षित र सावधानी अपनाउदै लकडाउन खुकुलो भएपछि समाचार र प्राविधिक शाखाका सहकर्मीहरु दैनिक कार्यमा र्फकन थाल्नुभयो । बजार शाखा भने चैत महिनादेखि नै सामान्यतया बन्द नै थियो । लामो समय देखिको बन्द व्यापारव्यवसायले गर्दा रेडियोमा बज्दै आएका विज्ञापन र सुचनाहरुमा कटौती हुदै जाने अवस्थाको सिर्जना भएको थियो भने नयाँ थपिने संभावना निकै कम थियो । जसको गर्दा रेडियो संचालनमा निकै समस्या र चुनौतीहरु थपिदै आएको थियो । केहि समय पहिले नै प्रदेश जानुपर्ने कामलाई पछि सार्दै गरेको थिए एकदिन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई सम्पर्क गर्दा उहाँले समय मिल्छ आउनु भन्नुभएपछि अकस्मात गण्डकी प्रदेशको राजधानी पोखराको यात्रा तय भयो । दिनको करिब २ बजेतिर रेडियोका स्टेशन कोडिनेटर राज र म भएर पोखराको बस चढ्यौ । पोखरा पुग्दा करिब ८ बजेको थियो । राज जीलाई होटलमा छोडेर म दाईको घरमा गए । भोलिपल्ट विहानको खाना खाएर मुख्यमन्त्रीको कार्यालय तिर लागे । समय ब्यस्तताका कारण उहाँसंग समय मिल्न केहि समय लाग्ने भएपछि हामी उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्साल फोन गरेर उहालाई भेट्न पगे अघिल्लो दिन नै पोखरा आएको जानकारी उहालाई दिएको थिए । त्यहा पुग्दा १ घण्टापछि समय दिने बताएपछि मैले फेरि भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई फोन सम्पर्क गरे समय छ आउनुस भनेपछि हामी मन्त्रालय पुग्यौ । करिब एक घण्टाको कुराकानी पछि हामी फेरि उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्साललाई भेट्न गयौ । उहाँसग करिब ४५ मिनेटको कुराकानी पछि पनी मुख्यमन्त्रीको समय मिलेन । आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमालाई भेट्न हामी उहाँको मन्त्रालय पुग्यो । भेट्ने जानकारी विहान दिएका थियो । करिब दुई घण्टापछि पनि मुख्यमन्त्रीको समय मिलेन भोली भेट्ने भनेर फर्किन लाग्दा मुख्यमन्त्रीका प्रेस सल्लाहाकार विक्रम न्यौपानेले फोन गरेर मुख्यमन्त्रीको मिटिङ सकिएको भन्दै अन्तरवार्ता लिन समय मिल्ने बारे जानकारी गराउनुभयो । हामी गेट बाहिर मात्रै पुगेका थियो फेरि फर्किएर गयौ । करिब डेढ घण्टा समयसम्म मुख्यमन्त्री गुरुङको अन्तरवार्ता लिएर हामी फकियौ । भोलीको लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, र सामाजिक विकास मन्त्रीसंग भेट्नको लागि समय लिएको थियो । साझ राज जी होटल जानुभयो र मलाई भिनाजु लिन आउनुभयो अनि म साथिकोमा गए । पोखराको दोस्रो दिनको बसाईको विहानको खाना खाएर हामी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापालाई भेट्न गयौ । उहाले अन्तरवार्ताको लागि केहि समय लाग्ने बताएपछि हामी सामाजिक विकास मन्त्री नरदेवि पुनलाई भेट्न मन्त्री ज्यूको कार्यकक्ष तर्फ लाग्यौ । उहाँसंग अन्तरवार्ता संगै समयसामयीक विषयमा कुराकानी गर्दागर्दै खाजा संगै खाएर हामी सामाजिक विकास मन्त्री पुन संग विदा भएर हामी फर्कियौ । त्यसपछि हामी कृषि मन्त्रालयमा गयौ त्यहा हामी नवलपुर जिल्लाबाट आएको भनेर छुट्टै राखियो । सचिव आएर परेबाट भेटेर फर्किनु भयो । मन्त्रालयका सबै काम सकेर हामी त्यहि दिन फर्किने सोच बनाएका थियौ । फर्किने समयमा वानकी सचिव दुर्गा अधिकारी जीलाई भेट्यौ । उहाँसंग केहि समय कफि पिउदै रेडियो संचालनको समस्या र चुनौतीका विषयमा सामान्य गफ गर्यौ र हामी छुटियौ । पोखरा छोड्दा राती करिब साढे आठ बजिसकेको थियो । लामो समय पछि सार्वजनिक सवारी साधनको प्रयोग गर्दा कता कता कोरोनाको डरले भने मन झस्काईरहेको थियो । बसमा पनि एक सिटमा एक जना यात्रुलाई मात्रै राखेको थियो भने हातमा सेनेटाईजर र मास्क को सहि तरिकाले प्रयोग गर्न भने छोडेको थिएन । रातको करिब एक बज्न लाग्दा हामी खरकट्टा जंगलमा आईपुग्दा सवारी जाम थियो । दुम्किबासमा सवारी दुर्घटना भएर केहि समय देखि सडक अवरुद्ध भएको रहेछ । ट्राफिक प्रमुखलाई फोन गर्दा सडक संचालनमा आउन केहि समय लाग्ने भनेपछि हामी हिड्दै घर आइपुग्यौ ।

    त्यसो कोरोना पोजेटिभ आउछ भन्ने ढुक्क नै भएको थियो । नवलपुर अस्पतालका डा. ओम र मध्यविन्दु जिल्ला अस्पतालका डा. सुनिलको कुराले र छातिमा देखिएको समस्याले गर्दा रिपोट पोजेटिभ आउनेमा शंका थिएन । तर पनि मनै त हो रिपोट नेगेटिभ आएनी हुन्थ्यो नि भन्ने लागिरहयो । खाने अनि सुइबाट चढाउने औषधी चलिरहेको थियो । भौतीक दुरी भने पहिलेदेखि नै कायम गर्दै आएको थियो । छोरी नजिक नगएको धेरै भएको थियो । छोरी आएर परैबाट मामु भन्थीन अनि माया गरेर जान्थीन । सबैलाई बाहिर निस्किदा मास्क लगाउन भन्थिन आफु भने बिर्सिन्थीन । कहिलेकाही नानी भन्ने बित्तिक्कै हत्तेरी सरी मामु भन्दै मास्क लगाएर आउथिन । दिनभरका थकान अनि दुख सबै छोरीलाई अङगाल्दा भुल्ने मान्छे म आज टाढा बसेर उसलाई नियाल्नु परेको थियो । अरु भन्दा पनि छोरी संगको दुरीले मन पिरोलिएको थियो । आखाले देखेपनि छुन नपाउदा मन कुडिएर आउथ्यो ।

    रिपोटको प्रतिक्षा थियो अब पोजेटिभ नै आए नि मनबाटै म त्यसको लागि तयार भइसकेको थिए । घरपरिवार नजिकका साथीसग सबै कुरा जानकारीमा गराएको थिए । सबैले केहि हुन्न भन्दै हौसला दिदै आउनुभएको थियो । बिहान वेलुका बाफ लिने तातो पानी मात्रै खाने पहिले देखि नै गदै आएको थिए । खानालाई पनि सन्तुलन मिलाएर समय तालिका बनाएर खादै खाएको थिए । रिपोट पोजेटिभ आएपनि घर मै बस्ने कुरा भएको थिए । सबैको हौसलाले मन बलियो बन्दै गएको थियो । मानसिक रुपमा दह्रो भएपनि शारीरिक रुपमा कमजोर थिए जसले गर्दा घरपरिवारमा सबैलाई मेरो अलिक धेरै चिन्ता थियो । सधै औषधी खाइरहने मलाई थाइराइडसगै युरिक एसिड पनि केही समय अघि देखा परेको थियो । क्लाल्सियमको कमी हुने हुनाले म सधै औषधी खादै थिए । जसले गर्दा प्रेत्यक ३ महिनामा काठमाडौ गएर डा रागेश कर्णसगको परामर्शमा रहिरहेको धेरै बर्ष भएको थियो । आफ्नो मानसिक तनाबले शरिर गलाएको त छदै थियो यो गलाएको शरिरलाई कोभिडले अप्ठयारो अवस्था सिर्जना हुने हो कि भनेर घरपरिवारको चिन्ता ज्यादै थियो । त्यही नि म कमजोर हुनु हुन्न भनेर आफैलाई आफैले सम्झाउने गर्दथे । एक जना साथीले जीवनका यति धेरै अप्ठयारो पार गर्नुभएको छ अब यो कोरोनाले हजुरलाई केहि गर्ने सक्दैन आए पनि डराउछ भनेर सधै हौसला दिने गर्नु हुन्थ्यो ।

    ३ दिन पछि रिपोट पोजेटिभ भनेर अयो । मन मष्तिष्क बलियो बनाइसकेको थिए । पोजेटिभ रिपोट आउछ भन्ने ढुक्क थिए अनि अब केही हुन्न भन्न्ोमा पनि ढुक्क थिए । मैले हासेर पोजेटिभ आयो भनेर भन्दा कसैले पत्याउनु भएन । नगरपालिकाको स्वास्थ्य शाखाबाट फोन गरेर रिपोट पोजेटिभ आएको जानकारी दिदै १४ दिन छुट्टै बस्नु केहि हुदैन छिट्टै ठिक हुन्छ भनेर सल्लाह दिनुभयो । म गएको अस्पतालमा जानकारी गराए । मलाई पोजेटिभ आएको डां सुनिललाई म्यासेज गरे उहाले म पो डेन्जर जोनमा परे भन्नु भयो । तर उहाहरुको परामर्श घरपरिवार साथीहरुको हौसलाबाट आज कोरोना मुक्त भएको छ । यस समयमा हौसला दिने घरपरिवार ,रेडियाका सहकर्मी ,स्वास्थ्यकर्मी, अन्य सहकर्मीका साथै साथीहरुको हौसलाले आज जीवन जीउन आधार बलियो बनाएको छ । हैसला र हिम्मत जीवनको महत्वपूर्ण आधार हुन जीवन डोराउने भन्ने प्रमाणित भएको छ । कोरोनालाई सामान्य लिन नहुने भन्ने बुझेपनि आत्तिन पनि नहुने रहेछ । हौसला र आत्मबलले पनि कोरोनालाई परास्त गर्ने सहयोग पुग्ने रहेछ । कोभिड १९ पोजेटिभ आएको १४ औ दिनमा कोरोना लाई परास्त गरेको नेगेटिभ रिपोट आएको छ । मनभरी छोरीलाई अंगालो हालेर काखमा राख्न हतारो भएको छ । करिब एक महिना धेरै भयो उसलाई छुन नपाएको भयो उसलाइ छुन नपाएको मन भरुन्जेल माया गरेर अंगालो होलेर छोरीसंग गफ गर्न नपाएको ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution