चोरमारा । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल मध्यविन्दु नगरपालिकाको अध्यक्षमा सागर ढकाल चयन हुनुभएको छ । आज नगरस्तरीय भेलाले सागर ढकालको अध्यक्षतामा १३ सदस्यीय नया कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा कृष्ण कुमारी खनाल , सचिबमा तोरण वहादुर थापा , कोषाध्यक्षमा कमला थापा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा सुवास चन्द्र नेपाल, रुपा पछाई, सति कुमारी मानन्धर, मिन वहादुर दरै, भिमलाल चापागाई, मिना कुमारी भुषाल न्यौपाने, कल्पना कुमाल, टिकाराम महत्तो र हिराध्वज कुमाल सर्बसम्मत चयन हुनुभएको हो ।
भेला खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल नवलपुर जिल्लाका सदस्य उदयराज अर्यालको अध्यक्षता एबं खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल नवलपुर जिल्लाका अध्यक्ष खिमानान्द भुषालको प्रमुख आतिथ्यतामा भएको हो ।
सो अबसरमा जिल्ला उपाध्यक्ष शोभित प्रसाद शर्मा , सचिब श्रीधर शर्मा लगायतकाको आतिथ्यता रहेको तम्सरीया तेस्रो साना शहरी तथा खानेपानि उपभोक्ता समितिका सचिब ठाकुर पाण्डेले जानकारी दिनुभयो । यसपछि अन्य नवलपुर जिल्लाका नगरपालिका तथा गाउपालिकामा समेत पालिकास्तरीय समिति गठन गर्ने तयारी रहेको समितिले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१