• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ २५, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

२

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

३

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

४

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

५

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

६

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

७

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

८

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

९

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

१०

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

११

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

१२

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मैनाघाट जोड्ने पक्की पुल निर्माण हुदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ फागुन १३, बिहिबार (४ साल अघि)
    1599373308pul

    Advertisement

    पवित्रा पराजुली
    चोरमारा, १३ फागुन । गण्डकी प्रदेश सरकारको सहयोगमा नवलपुरको मध्यविन्दु नगरपालिका–१३ स्थित गिरुवारी खोलामा पक्की पुल निर्माण हुने भएको छ ।
    गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत विनियोजित १४ करोड २६ लाख रुपैया बजेट लागतमा गिरुवारी खोलामा पक्की पुल निर्माणको लागि ठेक्का सम्झौता भएको हो । हिमढुङ्गा एण्ड ठोकर कम्पनी प्रा.लि. संग २१ महिनामा निर्माण सम्पन्न गर्नेगरी पुलको ठेक्का सम्झौता भएको हो ।
    मध्यविन्दु–७ तोरीवारी र मध्यविन्दु–१३ मैनाघाट जोड्ने पक्की पुल एक सय ४५ मिटर लाम्बाई र ११ मिटर चौडाईको हुनेछ । पुल निर्माण भएपस्चात मध्यविन्दु–१३ सहित मध्यविन्दु ९, १४ र जिल्लाका पहाडी क्षेत्रका स्थानीय लाभाम्वीत हुनेछन् । चोरमारा हुदै जिल्लाको पहाडी क्षेत्र र पूर्वी पाल्पा सम्म पुग्नेगरी नियमित यातायात सञ्चालनको समेत बाटो खुल्ने मध्यविन्दु–१३ का वडा अध्यक्ष अर्जुन पंगेनीले बताउनुभयो । गिरुवारी खोला उत्तर तर्फ रहेका सबै बस्तीहरु मोहन डाँडा  चपाहा, मोटेखोल्सी, छाप्रादि, भेडाबारीका सहितको क्षेत्रका स्थानीयहरुलाई मौनाघाट हुदै यात्रा गर्न सहज हुने पंगेनीले बताउनुभयो ।
    हाल गिरुवारी खोलामा झलुङ्गे पुल रहेको छ । तिन वर्ष अगाडी खोलामा झलुङ्गे पुल निर्माण भएपछि सो क्षेत्रका स्थानीयलाई केही सहज भएपनि साना तथा ठुला सवारीहरु वर्षाको समयमा आवतजावत गर्न कठिनाई हुदै आएका छ ।
    वर्षाको समय तिन महिना मैनाघाट क्षेत्रमा सवारी लैजान सक्ने अवस्था नहुने चोरमारा–मैनाघाटका जिप चालक स्थानीय सन्त कुमालले बताउनुभयो । वर्षाको समयमा तोरिवारी क्षेत्रमा जिप पार्किङ्ग गरेर राख्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
    पुल नहुँदा वर्षाको समयमा यस क्षेत्रका स्थानीय बिरामी हुदाँ एम्बुलेन्स सेवा उपयोग गर्न समेत पाउने अवस्थामा रहदैनन् । गत वर्ष  मध्यविन्दु–१३ कि केशरी खाम्चा मगरले आफनो छोरा बिरामी हुँदा बोलाएको एम्बुलेन्स खोलमै फसेको तितो अनुभव सुनाउनुभयो । अब पुल निर्माण भएपछि दैनिकीमा केही सहजता आउने उहाँको विश्वास छ ।
    वर्षाको समयको खाद्यन्न सहितका आवश्यक सामाग्रीहरु ढुवानीमा समस्या भोग्नु परेको चपाहाका स्थानीय समाल ठकुरीले बताउनुभयो ।
    गिरुवारी खोलामा पक्की पुल निर्माण भएपछि मौनाघाट सहित आसपासको क्षेत्रमा बिकास निर्माणले गति लिने विश्वास स्थानीयको छ । विद्यालय तथा उच्च शिक्षाको लागि वर्षाको समयमा चोरमारामा डेरा लिएर बस्नुपर्ने बाध्यता हट्ने देखि शिक्षा, स्वास्थ्य र सडकको स्तरउन्नति हुने वडा अध्यक्ष पंगेनीले बताउनुभयो ।
    मध्यविन्दु–१३ मा अहिले ठुला, माझौला तथा साना कृषि फर्महरु सञ्चालनमा छन् । ति फर्महरुमा उत्पादित कृषि उत्पादनको बजारीकरण, आवश्यक सामाग्रीको ढुवानीमा पुल नहुदाँ समस्या भोग्नुपरेको नमुना एकिकृत कृषि तथा पशुपन्छि फर्म मध्यविन्दु–१३ का सञ्चालक पाण्डव खनालले बताउनुभयो । सो क्षेत्रका कुखुरा तथा पशुपालन गर्ने कृषकहरुले वर्षाको समयका लागि ठुलो परिमाणमा दाना तथा औषधी भण्डार गर्नुपर्ने बाध्यता अव हट्ने उहाँको विश्वास छ ।
    पुल निर्माणको लागि अहिले छड सहित आवश्यक निर्माण सामाग्रीहरु निर्माण स्थल पुर्याउने काम भइरहेको वडा अध्यक्ष पंगेनीले बताउनुभयो । पूर्वाधार विकास कार्यालय र मन्त्रालयसंग आवश्यक समन्वय गरेर निकट भविश्यमा नै पुलको शिलन्यास गरेर निर्माण काम अगाडी बढाउने पंगेनीले बताउनुयभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?


  • Advertisement

    समाचार
  • १

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • २

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ३

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ४

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ५

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ६

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ७

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ८

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • ९

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • १०

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution