दुम्किबासबाट लागुऔषध सहित पोखराका निरज पक्राउ


गंगा बिश्वकर्मा

चोरमारा । नवलपुरको विनयी त्रिवेणी गाउपालिकामा लागुऔषध सहित एक जना पक्राउ परेका छन् ।

पुर्व पश्चिम राजर्माग अन्र्तगत दुम्किबास बजारमा खटिएको प्रहरीको चेकीङ टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बसमा सवार सवार कास्कीको पोखरा महानगरपालिका–२७ बस्ने २० वर्षिय निरज सुनारलाई पक्राउ गरेको हो ।

सुनारको साथबाट नुर्फिम १२ एम्पुल, फेनरगन–१२ एम्पुल र डाइजापाम–१२ एम्पुल गरी जम्मा ३६ एम्पुल लागूऔषध बरामद गरेको हो । सुनारलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दुम्कीवासले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • दाउन्ने दुर्घटना : गम्भिर घाईतेमध्ये ३ जनाको मृत्यु
  • दाउन्ने दुर्घटना अपडेट : ३१ जना घाईते ५ जनाको अवस्था गम्भिर
  • दाउन्नेमा बस दुर्घटना / सडकबाट दुई सय मिटर तल खस्यो बस
  • सडक दुर्घटनामा एक जनाको मृत्यु , ४ घाइते
  • © 2021: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution