पैदलयात्राको प्रयोग गरि हुन थाल्यो लागुऔषध ओसारपोसार / नवलपुरबाट एक जना पक्राउ


गंगा बिश्वकर्मा
चोरमारा । नवलपरासी बर्दघाट सुस्ता पुर्वको बिनयीत्रिवेणी गाँउपालिका–२ दाउन्ने बजारबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पूर्वपश्चिम राजमार्गमा पैदल यात्रा गरिरहेको क्रममा रौतहट जिल्ला गौर नगरपालिका–७ बस्ने १८ वर्षिय पवन कुमार दासलाई लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप कुमार गिरिले बताउनुभयो ।

डिएसपी गिरिका अनुसार प्रहरीको राजमार्ग चेकिङको क्रममा दासकोे साथबाट नोफिन३१ एम्पुल, फेनारगन३१ एम्पुल र डाईजापम३१ एम्पुल फेला परेको हो । लागुऔषध सहित प्रक्राउ परेका उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको गिरिले बताउनुभयो ।

पछिल्लो समय नवलपुर प्रहरीले यातायातमा सवारहरुबाट लागुऔषध बरामद गरे पछि लागुऔषधकर्ताले पैदल यात्रामार्फत लागुऔषध ओसारपोसार गर्ने गरेको प्रहरीले बताएको छ । यसको रोक्न प्रहरीले बिशेष निगरानीका साथ राजर्मागमा पैदल यात्रीलाई समेत चेकजाच गर्न थालेको डिएसपी गिरिले बताउनुभयो।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • दाउन्ने दुर्घटना : गम्भिर घाईतेमध्ये ३ जनाको मृत्यु
  • दाउन्ने दुर्घटना अपडेट : ३१ जना घाईते ५ जनाको अवस्था गम्भिर
  • दाउन्नेमा बस दुर्घटना / सडकबाट दुई सय मिटर तल खस्यो बस
  • सडक दुर्घटनामा एक जनाको मृत्यु , ४ घाइते
  • © 2021: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution