नवलपुरमा दुर्घटना : ३ जना घाइते


गंगा बिश्वकर्मा
चोरमारा । नवलपरासी बर्दघाट सुस्ता पुर्व नवलपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जना घाइते भएका छन् ।आज (बिहिवार) जिल्लाको कावासोति नगरपालिका–३ हलचोकमा सवारी दुर्घटना हुदा दुइ जना घाइते भएका हुन् । दिउसो पुर्व–पश्चिम राजमार्ग अन्र्तगत पश्चिमबाट पूर्व तर्फ जादै गरेको प्रदेश २–०३–००४ प ६२७७ नम्बरको मोटरसाईकल र सोहि दिशाबाट आउँदै गरेको प्रदेश३–०१–०२४ च १४८० नम्बरको कार एकआपसमा ठक्कर खादा दुइ जना घाइते भएका हुन् ।

घाइते हुनेमा मोटरसाइकल चालक सोही ठाउ बस्ने ५३ वर्षिय चोलाकान्त कंडेल र पछाडी सवार ४७ वर्षीय शान्ती कंडेल रहेका छन् । घाइतेको नँया मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप कुमार गिरिले जानकारी दिनुभयो । घाइतेको अवस्था मध्यम रहेको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको गिरिले जानकारी दिनुभयो ।

त्यस्तै गएराति  जिल्लाको देवचुली नगरपालिका–९ सिजी उद्योग गेटमा सवारी दुर्घटना हुदा एक जना घाइते भएका छन् । पश्चिबाट पुर्वतर्फ जादै गरेको लु १ ख ९५४२ नम्बरको ट्रक र बिपरित दिशाबाट आउदै गरेको लु ३१ प ६३७८ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाँदा मोटरसाईकल चालक घाइते भएका हुन् । घाइते हुनेमा देबचुली नगरपालिका–१६ बस्ने २६ वर्षीय पृथ्वी बहादुर गाहा मगर घाईते रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप कुमार गिरिले जानकारी दिनुभयो । घाइते गाहाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ  ।

 

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • दाउन्ने दुर्घटना : गम्भिर घाईतेमध्ये ३ जनाको मृत्यु
  • दाउन्ने दुर्घटना अपडेट : ३१ जना घाईते ५ जनाको अवस्था गम्भिर
  • दाउन्नेमा बस दुर्घटना / सडकबाट दुई सय मिटर तल खस्यो बस
  • सडक दुर्घटनामा एक जनाको मृत्यु , ४ घाइते
  • © 2021: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution