कावासोती । बुटवलबाट नारायणगढको लागि छुटेको बस पूर्बि नवलपरासीको दाउन्नेमा दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्बका सुचना अधिकारी डिएसपि दिलिप कुमार गिरिका अनुसरा आज शनिबार जिल्लाको बिनयीत्रिबेणी गाँउपालिका २ दाउन्ने बजारबाट ५० मिटर पूर्बमा उक्त्त दुर्घटना भएको हो । बुटवलबाट नारायणगढको लागि छुटेको ना ५ ख ७००० नम्बरको बस साझ साढे ५ दुर्घटना भएको प्रहरीले जनाएको छ । बस आफै अनियन्त्रित भई सडकबाट दुई सय मिटर तल खसेको हो । बसमा हाल कति सवार थिए भन्ने नखुलेको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१