• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ७, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

२

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

३

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

४

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

५

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

६

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

७

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

८

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

९

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१०

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

११

दुर्गा प्रसाईं पक्राउ

१२

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कोभिड र बालबालिका

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ मंसिर ४, शनिबार (४ साल अघि)
    200317460_2324535824350143_8607982410792261894_n

    Advertisement

    बिना न्यौपाने

    विश्वले अन्तर्राष्ट्रिय बालदिवश भव्यरुपमा मनाउन अग्रसर भइ रहदा विश्वमा कोभिड—१९ कै कारण मृत्यूवरण गर्न पुगेका अवोध बालबालिकाहरु, कैयन् अवोधहरुका अभिभावकको गुमाइ, वेशहारा बनेका बचेराहरु जुन गुणसंगै उप्किएकाहरु सबैमा समवेदनाका दुखाइहरु सामेल गर्र्नु बान्छनिय भएकोले,

    संकमणका समयमा अन्य समुहको तुलनामा बालबालिका तथा जोखिममा रहेका वर्ग बढि प्रभावित हुने कुरा सर्वविदितै छ । यो महामारीपनि यस अर्थमा केहि भिन्न छैन । हरेक बालबालिकालाई कष्ट आईपर्नबाट जोगाउनु, जीवन रक्षा गर्नु तथा स्वास्थ्यको रक्षा गर्नु हामी सबैको जिम्मेवारी हो ।

    एक अदृष्य शत्रुको सामना गर्नका लागि हाल सारा संसार एकवद्ध भएको छ । कोभिड–१९ बाट जोगिन तथा यसको उपचार गर्नमा हाम्रो सम्पूर्ण ध्यान केन्द्रित भइरहँदा यो महामारी उप्रान्तपनि यसले उब्जाउन सक्ने अदृष्य प्रभावहरूका बारेमा भने हामी प्रत्यक्ष जानकार छैनौं ।

    बालबालिका र युवा कोभिड–१९ बाट संक्रमित मात्र भइरहेका छैनन् उनीहरू यस महामारीबाट अत्यन्त प्रभावित समुह मध्येमा पर्दछन् । यो महामारीले बालबालिकामा पार्ने प्रभावको सम्बोधन गर्न हामी तत्कालै अग्रसर भएनौं भने यसले हाम्रो साझा भविष्यमा स्थायी क्षति पुर्याउने निश्चित छ ।

    नेपाल सरकारले महामारीको उच्च जोखिमलाई ध्यान दिँदै शुरूमा २०७६ को ६ चैतदेखि चैत मसान्तसम्मका लागि विद्यालयदेखि विश्वविद्यालय  तहसम्मका  सबै शिक्षण संस्था बन्द गर्यो । बन्दाबन्दी शुरू भएको तीन महीनासम्म पनि सरकारले वैकल्पिक कक्षा सञ्चालनको कुनै योजना तथा खाका ल्याउन सकेन । यद्यपि, धेरैजसो निजी विद्यालयले बन्दाबन्दीकै अवधिमा अनलाइन कक्षा सञ्चालन गरेर सिकाइ प्रणालीलाई निरन्तरता दिए ।

    नयाँ शैक्षिक सत्र सुरु हुने, विद्यार्थी भर्ना अभियान सञ्चालन तथा स्वागत गर्ने प्रचलन लकडाउनका कारण हुन सकेन । यति मात्र होइन, वार्षिक नतिजाको समीक्षा र भावी लक्ष्य प्रक्षेपणमा समेत यसले असर पुर्यायो । बालबालिकाको शिक्षण सिकाइमा प्रभावित हुनुका साथै बिशेषगरी सीमान्तकृत बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र पोषणमा समेत नकारात्मक असर परेको छ । २ बर्ष सम्म कतिपय बालबालिकाले आफ्नो कोर्शमा के कस्ता विषयबस्तु समावेश थिए र पढाइ पुरा गरें भन्ने बारेमा जानकारी नै नभइ कक्षा पूरा भएका छन् । यसले कस्तो शैक्षिक गुणस्तर होला भन्ने सजिलै अनुमान लगाउन सकिन्छ ।

    संक्रामक रोगले बालबालिकाको हुर्कने र क्षमताको विकास हुने वातावारणलाई अस्तव्यस्त पार्न सक्दछ । परिवार, साथीसंगत, दैनिक व्यवहार र समग्र समुदायमा आउने अस्तव्यस्तताले बालबालिकाको स्वास्थ्य, विकास एवं सुरक्षामा नकरात्मक प्रभाव पार्न सक्दछ । यसका अतिरिक्त, कोभिड १९ फैलन सक्ने संभावनाको रोकथाम र नियन्त्रणका लागी अवलम्बन गरिएका सुरक्षात्मक उपायहरुले बालबालिकालाई संरक्षण सम्बन्धी जोखिमहरुमा पार्न सक्ने संभावना पनि रहन्छ

    कोभिड १९ ले बालबालिका रहने बस्ने अवस्थालाई निकै नै छिटो परिवर्तन गर्न सक्दछ । स्कुल बन्द, आवात जावतमा बन्देज जस्ता क्वारेन्टाईन सम्बन्धी व्यवस्थाहरुले बालबालिकाको दैनिक व्यवहार तथा सामाजिक सुरक्षा आदिमा अस्तव्यवस्तता को सृजना गर्न सक्दछ । यसका साथै यसका कारणले नयाँ शिशु स्याहारको विकल्प खोज्नुपर्ने अभिभावक र कामविहिन भएका शिशु स्याहारकर्मीहरुमा तनाव थप्न सक्दछ । रोग नियन्त्रणका लागी लागु गरिएका व्यवस्थाहरुले लैगिंक आवश्यकता एवं संवेदनशीलतालाई ख्याल नगर्दा महिला एवं बालिकाहरुमा संरक्षण सम्बन्धी जोखिमहरु बढ्न सक्छ र त्यसले जोखिमपूर्ण उपयाहरु प्रयोग गर्ने अवस्था तर्फ पु¥याउन सक्दछ । यसका केही प्रभावहरु तल उल्लेख गरीएको छ ।

    कोभिड १९ को सामाजिक तथा वातावरणीय प्रभाव

    • बालबालिकामा हुन सक्ने दुव्र्यवहार, हेलचेक्राई, हिंसा, शोषण, मनोवैज्ञानिक तनाव एवं वृत्ति विकासमा नकरात्मक असर पर्न सक्ने ।
    •   पारिवारिक विछोड, सामाजिक सहयोगहरु मा घट्दो पहुँच, हेरचाह कर्तामा आईपर्ने तनाव र वृत्तिविकासमा नकरात्मक प्रभाव हुने ।

    शारीरिक तथा भावनात्मक दुव्र्यवहार

    •              विषाक्त वस्तुबाट उत्पन्न हुनेतथा शारीरिक चोकपटक जस्ता जोखिमहरु ।
    •              हेरचाहमा कमी आउने र बालबालिका उपर हेलचेत्र्mयाई ।
    •              बालबालिकामा एक्लोपन भइदिदा विभिन्न नकारात्मक भावनाको विकास हुनसक्ने
    • बालबालिका उपर हुने दुव्र्यवहार एवं घरायसी एवं व्यक्तिगत हिंसामा वृद्धि आदी

    लैङ्गिक हिंसा

    •   बालबालिकाहरु उपर यौन शोषणको जोखिमहरु बढ्ने, सहयाता यौन सम्पर्क सँग साटिने, व्यापरिक कारणले शारीरिक शोषण हुने, करकापमा बालविवाह हुने ।
    •  लैगिंक हिंसा विरुद्ध दिईने सेवा÷बालबालिकाको सुरक्षा सम्बन्धी सेवाहरु मा चाप बढ्ने ÷ वा यस्ता सेवाको पहुँच नहुने ।
    •   बालबालिकालाई परिवारले गर्ने सुरक्षामा कमी आउने ।
    •   घरपरिवारको आय कमी हुनु÷ खाद्यान्नको आपूर्तीका लागी बाहिरका व्यक्तिहरुसँग वस्तुको ढुवानी तथा सेवाको प्रवाहका लागी आश्रित हुनुपर्ने अवस्था ।
    •  बालिका (महिला) भएकै कारणले घरपरिवारका सदस्यको हेरचाह र घरधन्दा जति सम्पूर्ण बालिकाहरुलाई नै थोपरिदिने अवस्था आउन सक्ने ।
    •   लैंगिक हिंसाको घटनाहरु सम्बन्धीत सूचनाहरु सम्बन्धीत निकायमा जाहेर गर्ने, औषधी उपचार वा अन्य सहयोग आदिमा आउने बाधा अड्चनहरु बढ्न सक्ने आदी ।

    मानसिक स्वास्थ्य तथा मनोसामाजिक तनाव

    •  आफन्तहरुको मृत्यु, बिरामी भएको अवस्था वा छुट्टिएर बस्नुपरेको अवस्था वा रोगको डर आदिले बालबालिकामा मानसिक तनाब बढ्ने ।
    •  पहिले देखि नै रहेको मानसिक स्वास्थ्य समस्या झनै बिग्रन सक्ने मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहायता संजालको सेवा प्रवाहमा चाप बढ्ने वा त्यस्ता सेवाहरुमा पहुँच नहुने ।
    • अलग भएर बस्नुपरेको अवस्था वा रोगको डर आदिले बालबालिकामा मानसिक तनाब हुने ।
    •  पहिले देखिनै मानसिक समस्या भोगीरहेका बालबालिका, तिनका परिवारका सदस्य वा हेरचाह गर्ने व्यक्तिले सधैँ पाईरहेको सहयोग तथा उपचार प्राप्त गर्न रोकावट आउने वा त्यस्ता सहयोगको पहुँच गाह«ो हुने ।
    •  क्वारेन्टाईनका लागी गरिएका व्यवस्थाहरुले विशेषगरी बालबालिकामा र सम्पूर्ण समुदायमा के भईरहेको छ सो को जानकारी नहुँदा डर त्रास र भयको वातावरण बन्न सक्ने ।
    • संक्रमित व्यक्ति र संक्रमण भएको शंका गरिएका व्यक्ति र समुहलाई सामाजिक रुपमा फरक व्यवहार हुन सक्ने ।
    •  सडकमा काम गर्ने र बस्ने बालबालिकालाई संक्रमण हुने खतरा बढ्ने र आवश्यक सहायतामा कमी आउने ।
    •   संक्रमित व्यक्ति र संक्रमण भएको शंका गरिएका व्यक्ति र समुहलाई हुने सामाजिक तथा जातीय विभेद हुने अवस्था ।
    •  जोखिममा रहेका बालबालिका वा तिनीहरुको परिवारलाई आधारभूत सेवाहरु बन्द भई समस्यामा पर्ने तथा आवश्यक सेवाहरुको पहुँचमा सिमितता आउने अवस्था आदी ।

     

    जोखिममा रहेका बालबालिकालाई हानीबाट जोगाउनका लागि विशेषतः निम्न कार्य गर्नु गराउनुपर्ने हुन्छ ।

    १) बालबालिकालाई कोभिड तथा अन्य तवरबाट स्वस्थ राख्नु;

    २) जोखिममा रहेका बालबालिका सम्म खानेपानी, सरसफाई र स्वच्छता पुर्याउनु;

    ३) बालबालिकाको शैक्षणिक तथा व्यवहारीक सिकाईलाई निरन्तरता दिनु;

    ४) बालबालिकाका आधारभुत आवश्यकता पूर्ति गर्न तिनका परिवारलाई सघाउनु;

    ५) बालबालिकालाई हिंसा, शोषण तथा दुर्व्यवहारबाट जोगाउनु;

    ६) अन्य तवर बाट प्रभावित बालबालिकाको संरक्षण गर्नु

    ७) परीवारका मानिस र अन्य समुदायका साथी संगतिहरु संग विस्तारै घुलमिल गराउदै जानु आदी ।

    कोभिडले सबै बालबालिकाको जिवनमा कुनै न कुनै प्रभाव परीरहेको छ । चाहे सकारात्मक वा नकारात्मक प्रभाव होस् । तर सकारात्मकको तुलनामा अन्य मानिसको भन्दा बढी जोखिम र नकारात्मक असर बालबालिकालाइ बढि परेकोमा दुइमत रहदैन ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    विचार विश्लेषण सम्बन्धि थप
  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’


  • Advertisement

    समाचार
  • १

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • २

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ३

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ४

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ५

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ६

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ७

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • ८

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ९

    अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

  • १०

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution