• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

२

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

३

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

४

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

५

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

६

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

७

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

८

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

९

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

१०

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

११

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अन्तराष्ट्रिय रुपमा लैङ्गिक हिंसा अन्त्यका लागि १६ दिने अभियानमा भएको महिला उम्मेदवारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ मंसिर १५, बुधबार (४ साल अघि)
    261934199_498374674657753_5043172651535312915_n

    Advertisement

    – ठाकुर प्रसाद पाण्डे
    निम्नवर्गिय परिवार, श्रीमानबाट अलगिनु परेको पीडा एउटा छोरा सामुदायिक विद्यालयमा पढाउदै, घरको जायजेथा घितो राखेर अध्ययनको लागि विदेश पठाएको अवस्था, कोरोनाको महामारीबाट रोजगारी गुमाउदा घरबाट खर्च पठाउनु परेको बाध्यता ! महिला त्यसमा पनि जनजाति, गुरुङ ।
    यि सबै पीडाबाट माथि उठेर सामाजिक संस्थाको नेतृत्वको लागि अगाडी बढेको व्यक्ति हुन् लालमाया गुरुङ (सरिता) । विगत ३ वर्षदेखि अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपाध्यक्ष पदमा रहेर उपभोक्ताको सेवामा हरेक दिन आफुलाई समाहित गरेकी उनि अहिले संस्थाको नेतृत्वको लागि अध्यक्ष पदमा उम्मेदावरी दिएर अगाडी बढेकी छन् । नारी अधिकार र सहभागिता नारा लगाउने राजनिति वृत्त, सामाजिक संघसंस्थाहरु माथि अहिले एउटा दायित्व आएको छ सरितालाई विजय बनाउने ।
    तर, पवित्र भावले सेवा तथा सहयोग गर्दछु भनेर आफुलाई यस क्षेत्रमा उभ्याउन खोजेको उनको यो प्रयासमा उनको इमान्दारिता र योगदान मुल्यांकन गर्नुको साटो हिनताबोध गराउने, निष्कृय बनाउन खोजिदैछ । जसले महिला मुक्ति, महिला सहभागिता, लैंगिक हिंसा अन्त्यको लागि नारा लगाउने विभिन्न राजनितिक दल, समुह, संघसंस्था र सिंगो अमरापुरीबासीको लागि गम्भीर चुनौती थपेको छ । महिलाको सहभागिता विना समावेशी र समानुपाति बिकास सम्भव छैन भनेर सरकार र पार्टीले महिला सहभागितामा अनिवार्य ३३ प्रतिशतको नीति बनाएर कार्यान्वयनमा जादा महिलालाई सामाजिक संस्थाको नेतृत्वमा ल्याउन हुदैन भनेर लान्छना लगाउने कतिपय नेतृत्व र बुद्धिजिविहरुलाई सरिताको उम्मेदावरीले गिज्जाई रहेको छ ।
    नवलपरासी पूर्व साविक अमरापुरी गा.वि.स. अन्तर्गत हाल गैंडाकोट नगरपालिकाको १४ देखि १७ नं. वडामा पर्ने उक्त खानेपानी संस्थाको सातौं अधिवेशनमा अध्यक्षको पदका लागि निवर्तमान अध्यक्ष र अघिल्लो चुनावका उपविजेता गरी २ जना पुरुष उम्मेदवारहरु उनिसंग चुनावी प्रतिस्पर्धामा रहेकी छन् । दुवै उम्मेदवारसंग प्रतिस्पर्धा गर्दै आफुलाई नेतृत्वमा स्थापित गराउन अग्रसर उनको यो कदम महिला मुक्ति र सहभागिताको लागि एउटा कोशेढुंगा हो ।
    सामाजिक संरचनागत हालको अवस्थामा पुरुषहरुले थुप्रै स्थानमा आफ्नो क्षमता बिकासको लागि अवसर प्राप्त गर्दछन् । तर, महिलाहरुलाई विभिन्न बाहानमा नेतृत्वमा स्थापित हुने सम्भावना कम रहन्छ । यसर्थ महिलालाई बिकासको मुल प्रवाहमा ल्याउन पुरुषहरुको भूमिका महत्वपूर्ण हुन्छ । र साथ सहयोग अनिवार्य छ भन्ने कुरालाई स्वीकार नगरी एउटी नारीको सहास त्याग र बलिदान प्रति पुरुषत्वको नामले पितृसत्ताको आडमा गरिएको यो प्रतिस्पर्धा अझैपनि महिला मुक्ति र सहभागिता नचाहेने व्यक्ति र समाजको प्रतिबिम्व हो ।
    हाम्रो समाजमा महिला, दलित, जनजाति, आदिवासीको नामलाई राजनितिको मागि खाने भाडो बनाउनेहरुले यो बुझ्नु जरुरी छ भने एउटा जनजाति महिलाको उम्मेदवारी भइरहदा अरु जनजाति तथा महिलाहरुले पुरुष वर्गलाई विजयी गराउनु भनेको महिला मात्रैको असफलता होइन सिंगो अमरापुरीबासी आम राजनितिकर्मी, संघसंस्था, नागरिक समाज, सबैको लागि लज्जास्पद विषय हो । एउटा महिलाको पराजयमाथी विजयी उत्सव मनाउने समाजले आगामी दिनमा महिला अधिकार, महिला मुक्तिको भाषण गर्नु भनेको आफुनै परिवर्तनको बाधक हो भन्ने कुरालाई पस्ट्याउदछ ।
    तसर्थ, संयोगले लैंगिक हिंसाको १६ दिने अधियानमा एउटी नारीको चुनावी प्रतिस्पर्धालाई सकारात्मक सहयोग नगर्नु अप्रत्यक्ष रुपमा महिलाको साहास प्रति अवमुल्यांकन हो भने २१ औं सताब्दीमा पनि सक्नेले कमजोर माथि गरेको अन्याय हो । यो नै लैंगिक हिंसाको नमुना हो ।
    अन्तमा महिलाको स्वाभिमानलाई सम्मान गर्ने वर्ग, लिंग, क्षेत्र, जाति सबै प्रति सद्भाव सहयोगले भोलिको हाम्रो भविष्य निर्माणमा महत्वपूर्ण योगदान गर्छ । अमारापुरी बासीको लागि उनको विजय महिला मुक्ति र महिला सहभागिताको लागि कोशेढुंगा सावित हुनेछ ।
    (लेखक : सामुदायिक वन उपभोक्ता महासंघ, नवलपुरको जिल्ला अध्यक्ष हुन् ।)

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो


  • Advertisement

    समाचार
  • १

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • २

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • ३

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • ४

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ५

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ६

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ७

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ८

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ९

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • १०

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution