कावासाेति ।नवलपुरको गैँडाकोटमा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका वडा नं. २ नारायणी पुल नजिकै राजमार्गमा प्रहरीले सवारीसाधन जाँच गर्ने क्रममा २ जनालाई पक्राउ गरेको हो । भैरहवाबाट काठमाण्डौ जादै गरेको लु १ ख ७८२३ नं. को बसमा जाँच गर्ने क्रममा शंका लागी सोही बसमा सवार तनहुँ सुक्ला गण्डकी नगरपालिका ५ बस्ने वर्ष २६ का सुजन शाही र तनहुँ सुक्ला गण्डकी नगरपालिका २ बस्ने २४ बर्षीया प्रविना रानामगर पक्राउ परेको नवलपुर प्रहरीले जनाएको छ ।
शाहीले बोकेको झोलामा लुकाई छिपाई राखेको अवस्थामा डाईजापाम ४४ एम्पुल, नुफिन ४४ एम्पुल, फेनरागन ४६ गरी जम्मा १३४ एम्पुल लागुऔषध फेला पारिएको प्रहरीको भनाई छ । पक्राउ परेका दुवैमाथी “लागु औषध नियन्त्रण ऐन २०३३” बमोजिम थप अनुसन्धान भईरहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१