• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख २१, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

२

जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

३

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

४

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

५

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

६

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

७

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

८

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

९

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

१०

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

११

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१२

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

     ‘भैँसी सुत्केरी भत्ता’ले  दूध उत्पादन दोब्बर   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ बैशाख ७, बुधबार (४ साल अघि)
    SutkeriVatta

    Advertisement

    काभ्रेपलाञ्चोक ।   झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी भैंसीलाई दुई हजार भत्ता । यसमा अनौँठो मान्नुपदैन । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले पहिलो बेतको भैँसी सुत्केरी हुँदा रु पाँच हजार र त्यसपछि रु दुई हजारको दरले सुत्केरी भत्ता दिँदै आएको छ ।

    पशुपालनबाट आत्मनिर्भर बनाउन नगरपालिकाले ‘सुत्केरी भैंसीलाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । दुग्धजन्य खाद्यवस्तुमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि पशुपालक घरपरिवारले पालेको भैँसी पहिलो बेतको सुत्केरी हुँदा रु पाँच हजार र त्यसपछि रु दुई हजार प्रोत्साहन भत्ता उपलब्ध गरउँदै आएको नगरपालिकाले जनाएको छ ।

    वर्षौंदेखि गाई पाल्दै आउनुभएको पनौती नगरपालिका–३ को विमला सापकोटाले तीन वर्षअघि गोठमा एउटा भैँसी थप्नुभयो । नगरपालिकाले ल्याएको अनुदानपछि भैँसी थपेर दूध बिक्रीमार्फत घर खर्चसँगै छोराछोरीको विद्यालय खर्च धान्दै आउनुभएको छ । “गाई र भैँसीको दूध बेचेर घर र छोराछोरीको खर्च धान्दै आएकी छु, यसका लागि नगरको अनुदान बिमा र सुत्केरी प्रोत्सहानले अहिले अर्को भैँसी थप्ने सोचाइमा छु”, उहाँले भन्नुभयो ।

    वर्षौंदखि भैँसीपालन गर्दै आए पनि विभिन्न रोगको प्रकोप र दूधको उचित मूल्य नपाउँदा भैँसी पाल्न छाडेको बताउने पनौती नपा–१२ का यज्ञ खत्रीलाई नगरपालिकाले भैँसीपालनमा ल्याएको अनुदान, बिमा र सुत्केरी प्रोत्साहनले पुनःव्यावसायिक भैँसीपालनमा आकर्षित गरेको छ । उहाँले भन्नुभयो, “विभिन्न समस्या र दूधको मूल्य नपाउँदा सधैँ घाटामा भैँसी पाल्न नसकिने भएपछि चार भैँसी मासुको मूल्यमा बेचेर छाडेको थिए, अहिले पुनःभैँसी पाल्न जाँगर चलाएको छु, हाल मेरो गोठमा सात भैँसी छन् ।”

    ‘भैँसी सुत्केरी भत्ता’ अभियानबाट यहाँको किसानलाई आत्मबल बढेको छ । “भैँसी पाल्दा धेरै लगानी गर्नुपर्ने, थोरै मुनाफा हुने, रोग लाग्ने डर हुन्थो, अब त्यो समस्या हटेको छ, भैँसीको बिमा पनि हुने अनुदान रकम पनि पाइने हुनाले हामी किसानलाई ठूलो राहत मिलेको छ”, पनौती–१२ कै भावना थापाले भन्नुभयो, “अब थप दुई वटा भैँसी थपेर पाडापाडी पनि हुर्काउँछु ।” पनौती–५ का चन्द्रप्रसाद न्यौपानेले फार्म नै स्थापना गरी १७ वटा भैँसी पाल्नुभएको छ । उहाँले भन्नुभयो, “नगरले भत्तासँगै भ्याक्सिन र औषधि निःशुल्क गर्दा यसप्रति आकर्षण थपिएको छ ।” नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ बाटै ‘भैँसी संरक्षण–सम्बद्र्धन अभियान’अन्तर्गत सुत्केरी भैँसी भत्ता कार्यक्रम सुरु गरेको थियो । अभियान सञ्चालन भएपछि अहिले पनौतीमा दूधको उत्पादन दोब्बर भएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाको तथ्याङ्कअनुसार नगर क्षेत्रमा चार हजार ७४७ भैँसीपालन गरिएको थियो । त्यस समयमा वार्षिक रुपमा करिब ५०० भैँसी खरिद भएर बाहिरी जिल्लाबाट भित्रन्थे । करिब रु छ करोड भैँसी खरिदमा रकम बाहिर जाने गरेको थियो । त्यतिबेला पनौतीमा दैनिक ४० हजार लिटर दूध उत्पादन हुने गरेको थियो । उत्पादितमध्ये १५ हजार लिटर नगरभित्रै र २५ हजार काठमाडौँ उपत्यकामा खपत हुने गरेको थियो । नगरपालिकाले सो अभियान सुरु गरेपछि भैँसीको सङ्ख्यामा अहिले दोब्बरले बढी भएको नगर कृषि तथा पशुपक्षी शाखाले जनाएको छ ।

    उक्त कार्यक्रममा सहभागी हुन अनिवार्य बीमा गर्नुपर्ने प्रावधान राखिएको छ । बीमा गरेबापत लागेको प्रिमियम नगरले ५० प्रतिशत दिने व्यवस्था भयो । नगरपालिकाले अहिले पनि खोप र घाँसका बीउ निःशुल्क उपलब्ध गराउँदै आएको छ । नगर कृषि तथा पशुपक्षी शाखाका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमअन्तर्गत २१७ भैँसीलाई रु पाँच लाख ७५ हजार खर्च भएको छ । शाखाका प्रमुख मणिप्रसाद सापकोटाका अनुसार ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमअन्तर्गत आव २०७६÷०७७ मा ४४४ भैँसीलाई रु १२ लाख र २०७७÷०७८ मा ६४१ भैँसीलाई रु १७ लाख ५० हजार खर्च भएको छ ।

    चालू आर्थिक वर्षको हालसम्म करिब ९०० भैँसीलाई सुत्केरी भत्ता वितरण गरिएको छ । सो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा रु ४० लाख बजेट लाग्ने अनुमान गरिएको छ । अहिले पनौतीमा सात हजार ८५८ भैँसी रहेको नगरपालिकाले जनाएको छ । खासगरी मुर्रा जातका भैँसी यहाँ पालिन्छ । हाल दूधको उत्पादन दैनिक ७० हजार लिटर हाराहारीमा रहेको बताइएको छ । तीमध्ये ५० हजार लिटर काठमाडाँैमा बिक्रीका लागि पठाइन्छ । अभियान सञ्चालन गरेपछि भैँसीको सङ्ख्या झण्डै दोब्बर तथा दूध उत्पादन पनि दोब्बर भएको नगरप्रमुख भीम न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो अभियान प्रत्यक्ष किसानसँग जोडिएकाले किसानको आर्थिक अवस्था सुदृढ बन्दै जीवनस्तरसमेत उकास्सिएको छ ।”

    नगरपालिकाले हालसम्म ९५६ वटा पाडी वितरण गरेको छ । तीमध्ये आव २०७५÷०७६ मा ३०० पाडी वितरण गरिएको थियो । वितरण गरिएको पाडीमध्ये अहिले १३६ वटा गर्भवती रहेको कृषि तथा पशुपक्षी शाखाले जनाएको छ ।  (रासस)
    –––

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

  • जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात


  • Advertisement

    समाचार
  • १

    जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

  • २

    जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

  • ३

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • ४

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ५

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ६

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ७

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ८

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ९

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • १०

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution