• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

२

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

३

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

४

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

५

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

६

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

७

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

८

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

९

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१०

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

११

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१२

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गर्मी सुरु भएसँगै खानेपानीको अभावः छिमेकीसँग सधैँ झगडा   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ बैशाख १०, शनिबार (४ साल अघि)
    khanepani

    Advertisement

    गलेश्वर ।  भर्खरै गर्मी सुरु भएको छ । गर्मीसँगै म्याग्दीको ग्रामीण क्षेत्रमा खानेपानीको अभाव पनि सुरु भएको छ ।

    जिल्लाको बेनी नगरपालिका–२ बगरफाँट गाउँको सिरानमा हरियो जङ्गल छ । जङ्गलभन्दा माथिपट्टी विशाल पहरो र दक्षिण पश्चिमतर्फ उत्तरतिर फर्किएको भीर र छहरा छन् । गाउँको पुछारमा म्याग्दी नदी सललल बगिरहेको छ । बाहिरबाट पहिलो पटक गाउँमा आएका मानिसका लागि यहाँ के कुराको दुःख होला र ? जस्तो लाग्ने बगरफाँट गाउँमा गर्मी सुरु हुने वित्तिकै खानेपानीको हाहाकार नै हुने गर्दछ । ्

    गाउँमा धारा छन् । बाढीपहिरो र समय समयमा ट्याङ्की तथा पाइपलाइनमा देखिने खराबीका कारणबाहेक अघिपछि ती धारामा पानी पनि आउँछ । तर त्यो पानीले स्थानीयवासीको आवश्यकतालाई पूर्ति गर्न नसक्दा पानी भर्ने र घरघरमा पाइपमार्फत पानी लैजाने निहुँमा छिमेकीसँग स्थानीयवासिन्दा झगडा गर्न बाध्य हुन्छन् ।

    बगरफाँटको खहरेखोला टोलमा सात घर परिवारका लागि एउटा धारो छ । धारोमा सानो पानी झर्छ । धारा वरिपरि पाइप असरल्ल विछ्याइएका छन् । पाइप जोडेर आफ्नो घरमा पानी लैजानका लागि छिमेकी हानथाप गर्ने गरेको स्थानीयवासी बताउँछन् । स्थानीयवासी डोलेन्द्र शर्मा (गोपाल) ले सात घर परिवारका करिब ३० व्यक्तिले दैनिक रुपमा एउटै धारो प्रयोग गर्नुपर्दा समस्या हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “धारामा सानो पानी आउँछ । सबैले धाराको पानी पाइपमार्फत आआफ्नो घरसम्म पु¥याउन खोज्छन् । त्यही पानी तरकारी र फलफूलमा सिँचाइका लागि पनि प्रयोग गर्नुपर्ने हुँदा छिमेकीको सधैँ झगडा हुने गर्दछ ।”

    खहरेखोला टोलमा मात्रै होइन, २२२ घरधुरी रहेको बगरफाँट गाउँभरि नै यस्तै समस्या रहेको स्थानीयवासी बताउँछन् । यहाँ माघदेखि जेठसम्म सधैँ खानेपानीको समस्या हुने गरेको स्थानीयवासी टीकाबहादुर कार्कीले बताउनुभयो । “वस्ती विस्तार हुँदै जाँदा पानीको समस्या उत्पन्न हुँदै गएको छ”, उहाँले भन्नुभयो, “पानीको स्रोत सुक्दै गएपछि यो समस्या आएको हो ।”

    स्थानीयवासीका अनुसार बगरफाँटका जलकुनी, आप्रे छहरो, भिरकुना, उडाइनो छहरा, जरुवालगायत ६ ठाउँका पानीका मूल सुकेपछि खानेपानीको समस्या जटिल बन्दै गएको छ । बगरफाँट गाउँ सदरमुकामदेखि नजिकै रहेको र प्रायः सबै सुविधा यहाँ उपलब्ध भएकाले जिल्लाका अरु गाउँबाट पनि बसाइ सरेर कामको खोजीमा यहाँ आउने क्रम बढेकाले पनि खानेपानीका लागि थप समस्या उत्पन्न भएको स्थानीयवासी दुर्गाबहादुर थापाले बताउनुभयो ।

    बगरफाँटमा बेनी नगरपालिका–३ भकिम्ली र वडा नं २ को बगरफाँट सामुदायिक वनको सिमानामा पर्ने दुधेखोलाको मुहानबाट पाइपमार्फत पानी ल्याइएको छ । विसं २०६८ मा सञ्चालनमा आएको बगरफाँट खानेपानी तथा सरसफाइ आयोजना १० वर्ष नबित्दै जीर्ण बन्दै गएको र मर्मत सम्हारको अभावमा पानीको चुहावटसमेत हुने गरेको स्थानीयवासीको गुनासो छ । साविकको खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय म्याग्दी र स्थानीयवासीको श्रमदान गरी करिब रु ६० लाखको लागतमा निर्माण भएको सो आयोजना स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरेपछि अहिले समस्या देखिएको हो । आयोजना पूर्णरुपमा उपभोक्ता समितिकै स्वामित्वमा रहेको छ । अहिले सो समिति पनि निस्क्रिय अवस्थामा रहेकाले पाइपलाइनमा समस्या देखिएको छ । समयमा मर्मत कार्य नहुँदा खानेपानीको समस्या झन विकाराल हुँदै गरेको स्थानीयवासीको भनाइ छ ।     (रासस)
    –––

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड


  • Advertisement

    समाचार
  • १

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • २

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ३

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ४

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ५

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ६

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ७

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ८

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ९

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • १०

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution