• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मुलुकभर मतगणना कछुवा गतिमा, मतपरिणाम आउन कति दिन लाग्ला ?

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ बैशाख ३१, शनिबार (४ साल अघि)
    mat garana1652496866

    Advertisement

    काठमाडौं ।  संघीय लोकतान्त्रिक गणतन्त्रपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन स्थानीय तह अन्तरगत शुक्रवार सम्पन्न भएको निर्वाचनको मतगणना कछुवा गतिमा शुरु भइरहेको छ ।
    केहि स्थानको मतपरिणाम सार्वजनिक भइसकेता पनि अधिकांश स्थानको मतगणनाका लागि सर्वदलीय बैठक बस्न ढिलाई भएकाले शुक्रवार विहान अवेरमात्र मतगणना शुरु भएको हो ।

    निर्वाचन आयोगले शुक्रवार नै  मतगणना शुरु गर्न स्पष्ट निर्देशन दिएता पनि प्रक्रिया पुगेका स्थानहरुमा पनि ढिला गरी मतगणन शुरु भएका छन् । मुलुककै ठूलो महानगरपालिकाको रुपमा रहेको काठमाडौं महानगरमा पनि शुक्रवार बिहान १० बजेपछि मात्र मतगणना शुरु भएको छ । राष्ट्रिय सभा गृहमा बिहान ८ बजेबाट मतगणना शुरु गर्ने भनिएता पनि सर्वदलीय बैठक नै ढिला बसेको थियो ।

    निर्वाचन आयोगका अनुसार  प्रारम्भिक मतगणना गर्ने क्रममा अहिले काठमाडौं महानगरपालिका वडा नं १ नक्साल र वडा नं ३२ को मतगणना शुरु गरिएको छ । ३ लाखभन्दा बढी मतदाता रहेको महानगरमा १ लाख ८९ हजार मत खसेको छ ।

    काठमाडौं महानगरको प्राप्त मत परिणाम र हालसम्मको समयलाई आधार मान्ने हो भने एउटा मत सदर या बदर  मत ठहर्‍याउन २० मिनेटसम्म लाग्ने गरेको सहभागी राजनीतिक दलका स्वयंसेवकहरुले बताएका छन् ।  यसरी हेर्दा काठमाडौं महानगरको अन्तिम नतिजा आउन हप्ता दिनभन्दा बढी समय लाग्ने देखिन्छ ।

    मतगणना भइरहँदा राष्ट्रिय सभागृह परिसरमा भिड बढ्दै गएको छ । त्यहाँ विभिन्न राजनीतिक दलका कार्यकर्ता र उमेद्वारका समर्थकहरु सभागृह आउने क्रम जारी छ।

    महानगरमध्ये सबैको चासोको विषय बनेको चितवनको भरतपुरमा पनि  शुक्रवार मात्र मतगणना शुरु भएको छ । ललितपुर महानगरपालिकामा पनि अपरान्ह १२ बजेपछि मात्र  मतगणना शुरु भएको छ । यसैगरी  विराटनगरमा पनि मतगण शुरु  भएको छ ।

    निर्वाचन आयोगका अनुसार मुलुकभर करीब ६४ प्रतिशत मत खसेको छ ।

    आयोगका अनुसार जुम्ला, सप्तरी, काभ्रे, रौतहट, रामेछाप, बारा, बाजुरा, पर्वतलगायत जिल्लाका केही मतदानस्थलमा विवादका कारण मतदान कार्य रोकिएको छ ।  एकैपटक देशभरका कुल १० हजार ७५६ ओटा मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा शुक्रवार मतदान भएको थियो।

    यसपटक ७५३ ओटा स्थानीय तहमा कुल ३५ हजार २२१ निर्वाचित हुनेछन् । स्थानीय तह सदस्य निर्वाचनमा कुल १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए । यसपालि ६५ ओटा दल निर्वाचनमा सहभागी छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution