• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

२

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

३

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

४

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

५

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

६

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

७

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

८

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

९

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१०

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

११

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१२

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अध्ययन बिना नयाँ सडक खन्न रोक   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ जेष्ठ १६, सोमबार (४ साल अघि)
    road

    Advertisement

    गलकोट ।बागलुङ नगरपालिकाले जथाभावीरुपमा सडक खन्ने नीतिलाई सुधार गर्न प्राविधिक अध्ययन बिना नयाँ सडक खोल्न रोक लगाएको छ ।नगरको दोस्रो बैठकले बागलुङ नगरभित्रका सबै टोल÷गाउँमा सडक पुगिसकेको जनाउँदै आगामी दिनमा सडक खन्न रोक लगाउने र भएका सडक स्तरोन्नतिमा जाने जनाएको छ । बागलुङ नगरले सडक खोल्न बन्द गर्ने तर अत्यावश्यक भएमा नगरको प्राविधिक टोलीको स्थलगत अध्ययनपछि मूल्याङ्कनका आधारमा मात्रै सडक खन्न दिइने निर्णय भएको नगरका प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार बागलुङ नगरको दोस्रो कार्यपालिका बैठकबाट नयाँ सडक प्राविधिक अध्ययनपश्चात मात्रै खन्न पाइने, बागलुङ प्रवेशद्वारलाई व्यवस्थित बनाइने र जिल्लाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन पार्कीङस्थलको व्यवस्थापन गर्र्नेलगायतको निर्णय भएको छ ।

    नगरभित्र पार्कीङको निकै समस्या भएका कारण सरकारी तथा निजी जग्गामा पार्कीङस्थल बनाउने, नयाँ सडक खन्न रोक लगाउँदै प्राविधिक अध्ययनपछि मात्रै सडक खन्न लगाउने र बागलुङ बजारको प्रवेशद्वारलाई सुन्दर बनाउने निर्णय गरिएको बागलुङ नगरपाकिलाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    “नगरपालिकामा जथाभावी भूगोलको अध्ययनबिनै सडक खन्ने प्रचलनले विपद्का घटनामा वृद्धि भएको पाइएको छ, उपभोक्ता समितिले डोजर चालक मिलेर सडक खन्दा पहिरोको जोखिम समेत व्यपाक छ” श्रेष्ठले भन्नुभयो “धेरै स्थानमा सडकको पहुँच पुगेको छ, भएको सडकलाई पाँच वर्षमा स्तरोन्नतिका लागि बजेट विनियोजन गरिनेछ, नयाँ ट्र्याक खोल्नै पर्ने भए प्राविधिकले अध्ययन गरेपछि मात्रै पाइन्छ ।”

    यस्तै ट्राफिक व्यवस्थापनका लागि बागलुङ बजारभित्रै सरकारी तथा निजी जग्गा खोज्ने कार्यपालिकाले निर्णय गरेको छ । साँधुरो बागलुङ बजारमा मोटरसाइकल तथा जीपको पार्किङ गर्न अत्यन्तै समस्या रहेका कारण भाडा तिरेर सवारीसाधन पार्कीङको व्यवस्था मिलाउने बागलुङ नगरपालिकाले जनाएको छ ।

    यस्तै अव्यवस्थित रुपमा बागलुङ बजारको मालढुङ्गा प्रवेशद्वारमा रहेका होर्डिङ बोर्डलाई नगरले व्यवस्थित गर्ने जनाएको छ । नगरले बागलुङ प्रवेशद्वार मालढुङ्गास्थित पुलको रङ्गरोगन गर्ने, विद्युतीय बत्ती जडान गर्ने र होर्डिङ बोर्डलाई व्यबस्थित गराइ सुन्दर बनाउने भएको छ ।

    होर्डिङ बोर्ड व्यवस्थापन गर्न अध्ययन समिति समेत गठन गरिएको छ । नगरले पहिलो कार्यपालिका बैठकमा बालमैत्री नगर घोषणा गर्ने निर्णय गरेको थियो (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड


  • Advertisement

    समाचार
  • १

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • २

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ३

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ४

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ५

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ६

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ७

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ८

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ९

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • १०

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution