• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नेपालमा किशोरीको प्रजनन दर उच्च   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ अषाढ १०, शुक्रबार (४ साल अघि)
    pregnancy

    Advertisement

    – शरद् शर्मा
    काठमाडौँ । नेपालमा किशोरी अवस्थाको प्रजनन दर उच्च रहेको पाइएको छ । परिवार कल्याण महाशाखाले ‘परिवार नियोजन र प्रजनन स्वास्थ्य’ दर विषयमा आज गरेको अन्तक्र्रिया कार्यक्रममा महाशाखाकी वरिष्ठ कम्युनिटी नर्सिङ प्रशासक कविता अर्यालले नेपालमा किशोरी अवस्था (१५ वर्षदेखि १९ वर्ष) को प्रजनन दर ६३ प्रतिशत रहेको बताउनुभयो ।“नेपालमा किशोरीको प्रजनन दर उच्च छ, सन् २०३० सम्म दिगो लक्ष्य हासिल गर्नका लागि प्रजनन दर ३० प्रतिशतमा झार्नु आवश्यक छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार मधेस प्रदेश र कर्णाली प्रदेशका किशोरीमा प्रजनन दर बढी रहेको छ । प्रदेश नं १ मा ६१ प्रतिशत, मधेस प्रदेशमा ९६ प्रतिशत, वागमती प्रदेशमा ४० प्रतिशत, गण्डकी प्रदेशमा ५८ प्रतिशत, लुम्बिनी प्रदेशमा ५७ प्रतिशत, कर्णाली प्रदेशमा ८१ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ६० प्रतिशत किशोरीमा प्रजनन दर रहेको छ । उहाँले किशोरावस्थामा गर्भवती भएका आमाको मृत्यु दर हुनसक्ने सम्भावना २० देखि २४ वर्ष उमेरमा गर्भवती हुँदा हुने मृत्युको सम्भावनाभन्दा दोब्बर बढी हुने बताउनुभयो । नेपालमा कुल प्रजनन दर २.३ प्रतिशत रहेको छ । नेपालमा सन् १९७६ मा ६.३ प्रतिशत प्रजनन दर रहेको थियो । दम्पती साथ नहुन, विवाहको उमेर बढ्नु, गर्भनिरोधक साधनको प्रयोग र गर्भपतनले गर्दा प्रजनन दर घटेको पाइएको छ ।

    गर्भनिरोधक साधनको पहुँच र प्रयोगको कमी आएकामा अनिश्चित गर्भ बढ्ने तथा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भई महिलाको स्वास्थ्यमा जोखिम बढ्ने उहाँले बताउनुभयो ।

    यस्तै आधुनिक गर्भनिरोधक साधनको दर पनि बढाउन आवश्यक रहेको उहाँको भनाइ छ । उहाँका अनुसार नेपालमा अहिले गर्भनिरोधक साधन प्रयोग गर्नेको सङ्ख्या ४३ प्रतिशत रहेको छ । सन् २०३० सम्म ६० प्रतिशत पु¥याउने सरकारको लक्ष्य रहेको छ ।

    यस्तै तीन वर्षको जन्मान्तरमा बच्चा जन्माउँदा शिशु र आमाको स्वास्थ्य पनि राम्रो हुने बताइएको छ । तीन वर्षको अन्तरालमा बच्चा जन्माउँदा ३० प्रतिशत मातृ र १० प्रतिशत शिशु मृत्युदर कम हुने वरिष्ठ कम्युनिटी नर्सिङ प्रशासक अर्यालले जानकारी दिनुभयो ।

    स्थायी बन्ध्याकरण गर्ने घटे

    विगत एक दशकयता स्थायी बन्ध्याकरण सेवाको प्रतिशत घटेको र लामो अवधिको अस्थायी गर्भनिरोधकका साधनको प्रयोग बढेको पाइएको छ । सन् २००६ मा पुरुषमा ६.४ प्रतिशत बन्ध्याकरण गरेकामा सन् २०१६ मा त्यो सङ्ख्या घटेर ५.५ प्रतिशत पुगेको छ । यस्तै सन् २०१६ मा महिला बन्ध्याकरण १८ प्रतिशत रहेकामा त्यो सङ्ख्या घटेर १४.७ प्रतिशत पुगेको छ । उहाँ सरकारले परिवार नियोजन कार्यक्रममा बजेट घटाएकाले बढाउनुपर्ने बताउनुहुन्छ । विगतमा परिवार नियोजन सेवालाई सन्तानको रहर पुगेपछि थप बच्चा नजन्माउनका लागि गरिने विभिन्न उपायका लागि बुझ्ने गरिन्थ्यो भने अहिले परिवार नियोजन सेवालाई आमा, नवजात शिशु र बालस्वास्थ्यको सुधार गर्ने उपायका रुपमा लिने गरिन्छ । यस सेवाले व्यक्ति र दम्पत्तिको शिक्षा, वृत्तिविकास, सशक्तीकरण र आर्थिक उत्थान गर्न पनि मद्दत पुग्ने गर्दछ ।

    परिवार नियोजनमा अहिले रु एक करोड लगानी गरेमा यसबाट जनस्वास्थ्य, घर, बसोबास, पानी र अन्य समुदायको विकासका लागि सन् २०३० सम्म ३.१ करोडको प्रतिफल प्राप्त हुनेसक्ने आकलन गरिएको छ ।

    जनस्वास्थ्यविद् डा राजेन्द्र गुरुङले गर्भनिरोधका साधनको प्रयोग वृद्धि भएर कुल प्रजनन दर कमी आएको मान्न सकिने जनाउँदै प्रजनन उमेरका जनसङ्ख्याको ठूलो हिस्सा विदेशमा रहेकाले प्रजनन दरमा कमी आएको बताउनुभयो ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution