• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ड्रागन खेतीबाट मनग्ये आम्दानी   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ अषाढ १०, शुक्रबार (४ साल अघि)
    Dragon-fruit

    Advertisement

    दाङ  । तुलसीपुर उपमहानगरपालिका वडा नं १८ को मैरवा गाउँमा गरिएको ड्रागनखेती देखेपछि सबै दङ्ग पर्छन्, अनि यो केको खेती हो कसले गरेको हो भनी सोध्ने धेरै हुन्छन् । सोखेती गरेको ठाउँ तुलसीपुर घोराही सडकखण्डको छेउमा पर्ने भएकाले तुलसीपुरबाट घोराही या जिल्लामा लामो तथा छोटो दूरीका यातायात साधनबाट यात्रा गर्ने हुनु वा निजी मोटर कार तथा मोटरसाइकल चढ्ने हुन सबैले त्यो खेती देखेर अचम्म पर्ने गरेका छन् । केही मोटर रोकेर त्यो खेतीको अवलोकन गर्छन् । त्यस्तै पैदलयात्रुदेखि जिल्लाका सरकारी निकायका प्रमुख तथा प्रतिनिधि तथा बाहिरबाट आउने उच्च ओहोदाका व्यक्तिदेखि सर्वसाधारण सबैले सोध्ने तथा अवलोकन गर्ने गरेको पाइन्छ । वर्षौंदेखि खाली तथा उजाड रहेको त्यो ठाउँलाई अहिले हरियालीमा परिणत गरी जिल्लामा नै पहिलोपटक ड्रागन फलको खेती गर्ने सफल हुनुभएको छ, पूर्वमन्त्री लोकेन्द्र विष्ट । ५७ वर्षीय उहाँ विगत चार वर्षदेखि कृषि पेशामा रमाइरहनु भएको छ ।कुनैबेला बन्दुक बोक्ने उहाँका हातले अहिले कुटो, कोदालो बोक्ने गरेका छन् । तत्कालीन नेकपा (माओवादी) रहेका विष्टको राजनीतिक यात्रा चारदशकपछि बिराम भएको छ । पार्टीमा नेतारुपमा परिचित विष्ट सांसद हुँदै दुईपटक मन्त्रीसमेत बनिसक्नुभएको छ । तर अहिले उहाँले यहाँको ५६ कट्ठा जमिन भाडामा लिएर ड्रागन फलको खेती गर्नुभएको छ ।

    उहाँले सेतो र रातो जातका सात हजार बिरुवा लगाउनुभएको छ । अहिले ती बिरुवा निकै फस्टाएका छन् । फूल फुलेका छन् । अब साउनदेखि फल दिने उहाँ बताउनुहुन्छ ।

    भितनामबाट सो बिरुवा ल्याएर रोपेको बताउनुहुने विष्टले यहाँका जिल्लावासीलाई फलसमेत भियतनामबाट ल्याएर चखाइसक्नुभएको छ । गत फागुनमा तुलसीपुरमा सञ्चालन गरेको महोत्सवमा पनि उहाँले सो फल तथा बिरुवाबारेमा आम सर्वसाधारणलाई जानकारी होस् भनी कक्षमा पनि राख्नुभएको थियो ।

    सो फल प्रतिकेजी ७५० देखि एक हजार ५०० रुपैयाँमा बिक्री हुन्छ । ड्रागन फ्रुट यो सिउँडी जातको फल हो । यसको नेपालमा पनि उत्पादन भइसकेको छ ।

    यसलाई ठूलाठूला होटल डेर्जटका रुपमा प्रयोग गरिन्छ । त्यस्तै यसबाट फेसवास, वाइन, जाम, चकलेट बिस्कुट र पाउडर बनाउन पनि सकिने विष्टले बताउनुभयो । उहाँका अनुसार यो फल फल्न थालेपछि लगातार वर्षमा पाँचदेखि सात पटकसम्म फल्ने गर्दछ । यो रातको समयमा फल्ने भएकाले यसलाई ‘रातकी रानी’ पनि भन्ने गरिन्छ । यसको हाँगा काटेर पनि रोप्न सकिन्छ ।

    त्यस्तै यसको बिरुवा बलियो नहुने भएकाले यसलाई अडाउनका लगि सिमेन्टको सानो खम्बा त्यसमाथि मोटरसाइकलका पुराना टायर पनि राखिन्छ । यसको खेती तराईदेखि भित्रिमधेस तथा एक हजार ५०० मिटरको अग्लो स्थानमा पनि गर्न सकिन्छ ।यो फल अहिले नेपालमा विदेशबाट ९५ प्रतिशत आउने गरेको छ । विष्टले तीन जनाको रु एक करोडको लगानीमा यो खेती गरेको पनि जानकारी दिनुभयो । उहाँका अनुसार बर्सेनि फल दिनेक्रम बढिरहेको छ ।विगतका वर्षमा ३० क्विन्टलसम्म फल बिक्री गरेर एक वर्षमा रु २० लाखसम्म आम्दानी गर्ने गरेको बताउनुहुने उहाँले यस वर्ष ४० क्विन्टलभन्दा बढी ड्रागनफ्रुट भित्र्याउने अपेक्षा लिएको बताउनुभयो ।

    फल मात्रै नभए बिरुवाबाट पनि वार्षिक रु पाँच लाखसम्म आम्दानी हुने गरेको छ । “यस वर्ष प्रत्येक बोटमा १० देखि २० वटासम्म फल फलेका छन्”, त्यसले गर्दा यस वर्ष विगतभन्दा उत्पादन बढ्ने अपेक्षा छ ।” उहाँले भन्नुभयो ।
    प्रत्येक लटमा फूल फुलेको २० दिनसम्ममा फल पाकिसक्छ । एउटा सेतो फल ५०० ग्रामसम्म हुने गर्छ, भनरातो फल ३०० ग्राम तौल हुने गरेको छ । अहिले उहाँले उत्पादन गरेका बिरुवा दाङ मात्रै होइन, बाहिरी जिल्लामा पनि उत्तिकै बिक्री हुन्छ । करिब रु एक करोड लगानी गरेर विष्टसहित तीन जनाले व्यावसायिक ड्रागनखेती गरेका हुन् । उहाँले १५ वर्षमा जनही रु चार करोड फाइदा बाँड्ने आफूहरुको लक्ष्य रहेको पनि बताउनुभयो । उहाँले अब राजनीतिकमा आफू कहिल्यै नलाग्ने सबै समय कृषिमा दिने र कृषक भई रमाउने बताउनुभयो । उहाँले कृषिमा अत्यन्तै राम्रो सम्भावना छ । त्यसमा पनि ड्रागन फलको खेती धेरै राम्रो हो भन्नुभयो । यसको बिक्री मूल्य महँगो छ यसले गरिबी निवारणमा भूमिका राम्रो खेल्न सक्छ उहाँले भन्नुभयो ।

    यसको फूल रातमा फक्रने भएकाले यसलाई ‘रातकी रानी’ उपनामले पनि चिनिने गर्दछ । यो फलको नेपालमा भित्रिएको अहिले १८ वर्ष भएको बताउँदै र अहिले संसार ड्रागन फुटमय भएको बताउँदै उहाले यो फलमा मानव शरीरमा रोगसँग लड्नसक्ने तत्व पाइने भएकाले अहिले संसारमा यसको महत्व बढ्दै गएको पनि बताउनुभयो ।कृषिलाई पर्यटनसँग जोड्न पनि नेपालमा ठूलाठूला फार्म सञ्चालन गर्नुपर्ने विष्टको भनाइ छ । उहाँ भन्नुहुन्छ, “कृषि आफैँमा पर्यटकीय गन्तव्य भएकाले नेपालमा बाँझा जमिनमा नयाँनयाँ खेती गर्नसके पर्यटकीय गन्तब्य हुनेछन् ।

    ड्रागन फलको खेती अवलोकन गर्न पुग्नुभएका बर्दिया जिल्ला गेरुवा गाउँपालिका–३ का ५५ वर्षीय शिवप्रसाद चापागाईंले आफूले पहिलो पटक यस फलको खेती देख्दा अचम्म परेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “मैले त विदेशमा मात्र यसको खेती हुन्छ भन्ने सुनेको थिएँ । दाङमा पनि यसको खेती छ भन्ने थाहा पाएँ र ससुरालीमा आएको मौका छोपी नजिकै ड्रागनको खेती गरिएको छ भनि थाहा पाएँ, त्यसैले अवलोकन गर्न आएको हुँ ।” यो फलको खेतीको महत्व र आम्दानीका बारेमा आम किसानले थाहा पाउनसके यसको बिस्तार गर्न सकिने उहाँको भनाइ छ ।

    त्यस्तै तुलसीपुर –७ का ७७ वर्षीय खुमानन्द अधिकारीले पनि ड्रागन फलको खेती देख्दा आफू पनि लोभिएको सुनाउनुभयो । उहाँले भन्नुभयो“ यो खेती गर्नुभन्दा पहिले त्यो ठाउँ उजाड थियो । अहिले गरिएको खेतीले हराभरा गराउनुका साथै सबैलाई यो ठाउँमा कसरी यो खेती भएको होला भन्ने आम नागरिकले सोधेको सुन्दा खुसी लागेको छ ।”
    उहाँले पनि सो खेतीको अवलोन गर्न तथा खेती गर्ने तरिकाबारे जानकारी लिन महिनामा एक÷दुई पटक जाने गरेको बताउनुभयो । ड्रागनखेती भित्री तराई–मधेस क्षेत्रमा उपयुक्त हुने गर्दछ । एकपटक रोपेको बिरुवाले २०÷२५ वर्षसम्म फल दिने जनाउनुहँुदै विष्टले रोजगारीका लागि विदेशिने युवालाई रोजगारी दिन देशको अर्थतन्त्रलाई मजबुत बनाउन यस्ता नयाँ खेती गर्नतर्फ सरकारले अभिप्रेरित गर्नुपर्ने बताउनुभयो (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution