• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    एघार महिनामा नेपालीले खाए १६ अर्बको फलफूल   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ अषाढ १३, सोमबार (४ साल अघि)
    1542353219_medium

    Advertisement

    – नवीन पौडेल
    काठमाडौँ ।  (रासस) देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवाजति खाडीमा । तिनै युवाले पठाएको विप्रेषणको पैसा खर्च गरेर विदेशबाट खाद्यान्नको आयात गर्नु परिरहेको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आवका ११ महिनामा रु १६ अर्ब बढीको कृषि तथा फलफूल आयात भएको पाइएको छ । मुलुकका दुई तिहाइभन्दा बढी जनता कृषिमा आश्रित रहेका र कूल गार्हस्थ्य उत्पादन (जिडिपी)मा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा समेत फलफूको आयातमा अर्बाैं रकम बाहिरिरहेको छ । चालु आवको पहिलो ११ महिनामा फलफूलको आयातका कारण रु १६ अर्ब २१ करोडभन्दा धेरै रकम विदेशिएको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । मुलुकको आर्थिक क्षेत्रमा कृषिको योगदान उल्लेख्य रहे पनि अझै कूल कृषियोग्य जमिनमध्ये धेरै बाँझो छ । यस्ता कृषियोग्य भूभागको थोरै मात्राको सही र व्यवस्थित उपयोग गर्नसके कृषिजन्य उपभोग्य वस्तुमा आत्मनिर्भर हुने अवस्था ल्याउन सकिन्छ । यस्ता उपभोग्य वस्तु आयात गरी अर्बांै रकम विदेशिनबाट जोगिन सक्ने देखिएको छ ।

    भन्सार विभागले चालु आवको जेठ मसान्तसम्मको आयात तथा निर्यातको अवस्थाबारेमा सार्वजनिक गरेको विवरणानुसार मुलुकले फलफूलका साथै दैनिक उपभोग्य वस्तुको आयातबाट अर्बौं रकम बाहिर पठाएको देखिन्छ भने नेपालमै उत्पादन गर्न सकिने कृषिउपजसमेत अत्यधिक आयात भइरहेको देखिन्छ ।

    चालू आवको समीक्षा अवधिमा मुलुकमा रु १६ अर्ब २१ करोडभन्दा बढी रकम ताजा तथा सुकेका फलफूल आयातमा बाहिरिएकोे विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

    छ अर्ब ६५ करोडको स्याउ आयात

    विभागका अनुसार चालू आवको जेठ मसान्तसम्म रु छ अर्ब ६५ करोड ११ लाख ९९ हजार मूल्य बराबरको आठ करोड १५ लाख ३८ हजार ४२६ किलो स्याउ आयात भएको छ । त्यसबाट सरकारले रु ६३ करोड ५८ लाख ७८ हजार बराबरको राजस्वसमेत सङ्कलन गरेको छ ।

    स्याउ चीनबाट सबैभन्दा धेरै भित्रिएको तथ्याङ्कमा उल्लेख छ । चीनबाट मात्र रु पाँच अर्ब ४८ करोड ८० लाख १७ हजार बराबरको स्याउ आयात भएको छ । त्यस्तै भारतबाट रु एक अर्ब १५ करोड ५९ लाख ८३ हजार, अमेरिकाबाट रु ४४ लाख १३ हजार, टर्कीबाट रु २६ लाख २५ हजार र गिनी बिसाउबाट रु एक लाख ६१ हजार बराबरको स्याउ आयात भएको विवरणमा उल्लेख छ ।

    दुई अर्ब बढीको अङ्गुर आयात

    चालु आवको जेठ मसान्तसम्म रु दुई अर्ब १९ करोड ५३ लाख ३५ हजारको तीन करोड २१ लाख ३१ हजार ७९२ किलो अङ्गुर आयात भएको देखिन्छ । त्यसबाट सरकारले रु ११ करोड ११ लाख ७४ हजार राजस्व सङ्कलन गरेको जनाइएको छ ।

    एक अर्ब ५७ करोडको केरा आयात

    नेपालीले ११ महिनाको अवधिमा रु एक अर्ब ५७ करोड ४७ लाख ५३ हजार बराबरको केरा आयात गरेको छ । चालु आवको जेठ मसान्तसम्म कूल छ करोड २१ लाख ६३ हजार ९८८ किलो केरा आयात भएको छ । त्यसबाट सरकारले रु १९ करोड १२ लाख तीन हजार राजस्व सङ्कलन गरेको छ ।

    विभागको विवरणानुसार सुन्तलाको आयात पनि उस्तै छ । एघार महिनाको अवधिमा मात्रै रु एक अर्ब २४ करोड ८६ लाख २१ हजार बराबरको दुई करोड २८ लाख चार हजार १७३ किलो सुन्तला आयात भएको छ ।

    त्यस्तै जेठ मसान्तसम्म एक करोड चार लाख ८४ हजार १०१ किलो अनार आयात भएको छ । त्यसका लागि रु एक अर्ब नौ करोड तीन लाख ९८ हजार रकम बाहिरिएको छ । यस्तै खरबुजा एक करोड ९७ लाख ३९ हजार २७७ किलो आयात भएको छ । खरबुजाको आयात मूल्य रु ५१ करोड ३१ लाख ९१ हजार बराबर छ ।

    नेपालको हावापानी सुहाउँदो फलका रुपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ । विभागका अनुसार चालु आवको ११ महिनामा ६६ लाख ४४ हजार १६१ किलो मेवा आयात भएको देखिन्छ । मेवाको आयात मूल्य रु २३ करोड ४० लाख दुई हजार बराबर छ ।

    यस अवधिमा २१ लाख ९४ हजार १९९ किलो नास्पाती रु १५ करोड आठ लाख ३९ हजार बराबरको आयात भएको छ भने २६ लाख ८५ हजार ६९१ किलो भुँइकटहर (ताजा र सुकेका) रु १२ करोड चार लाख ६२ हजारको आयात भएको छ । अम्बा र आँप रु ७१ करोड ७५ लाख ९४ हजार बराबरको आयात भएको देखिन्छ ।

    दुई लाख ४५ हजार ८६९ किलो एभोगाडो रु छ करोड ९१ लाख बराबरको आयात भएको छ भने व्यावसायिकरुपमा मुलुकमै खेती गरिने किबी रु छ करोड २२ लाख ६९ हजार बराबर मूल्यमा तीन लाख ३५ हजार ५४७ किलो आयात भएको छ । चालु आवको समीक्षा अवधिमा नौ लाख ९१ हजार २२८ किलो लिची रु तीन करोड ८७ लाख ६६ हजार मूल्यमा आयात भएको छ । उल्लेखितबाहेक अन्य ताजा तथा सुकेका फलफूल करोडौँ मूल्यमा आयात भएको विभागले सार्वजनिक विवरणमा उल्लेख छ

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution