• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घटिया काम नभई दौलत हुदैन

२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

३

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

४

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

५

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

६

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

७

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

८

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

९

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

१०

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

११

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

१२

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कनकाईको प्राथमिकता कृषिमा   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ अषाढ २०, सोमबार (३ साल अघि)
    DSC03632-768x432

    Advertisement

    बनियानी:  झापाको कनकाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ । आज यहाँ आयोजित ‘स्थानीय आवश्यकता र बजेटको प्राथमिकता’ विषयक साक्षात्कार कार्यक्रममा नगरले अन्य क्षेत्रको तुलनामा सबैभन्दा बढी बजेट कृषि क्षेत्रमा छुट्याएको नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो । “यो वर्ष पूर्वाधार विकासमा कम बजेट छुट्याएका छौँ”, उहाँले भन्नुभयो, “कृषि उत्पादनमा नगरलाई आत्मनिर्भर बनाउने योजना छ ।” नगरपालिकाले आगामी आवका लागि रू दुई करोड ५० लाख बजेट विनियोजन गरेको छ । कृषि पकेट क्षेत्र, कृषि औजार, मल बीउ व्यवस्थापन, चक्लाबन्दी खेती, अर्गानिक खेती, पशुपक्षी, सामूहिक खेतीलगायत कार्यक्रममा उक्त रकम खर्च हुने जनाइएको छ ।

    नगरप्रमुख पोखरेलले आगामी पाँच वर्षभित्र नगर क्षेत्रमा रहेका विपन्नको घर निर्माण गर्ने योजना रहेको सुनाउनुभयो । “जसको जमिन छ, तर सुरक्षित घर छैन, उनीहरुको घर बनाउने योजना छ”, उहाँले भन्नुभयो, “मेयर आवास कार्यक्रमअन्तर्गत काम भइरहेको छ ।”

    नगरको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रमा बजेट छुट्याइए पनि कृषिमा बढी बजेट छुट्याइएको नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले बताउनुभयो । “कृषिका माध्यमबाट रोजगारी सिर्जना गरेर विदेशिइरहेका युवालाई स्वदेशमै टिकाउने हाम्रो मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो, “त्यसकारण पनि कृषिलाई प्राथमिकता दिइएको हो ।”

    नगरका नौवटै वडालाई सिलिङ बजेट दिइएकाले वडाको प्राथमिकताका आधारमा वडागत बजेट बाँडफाँट हुने उहाँको भनाइ छ । हालको बजेट अनुमानित मात्र भएकाले सुधारका पक्षलाई आत्मसात् गरेर कार्यान्वयनमा लगिने जनाइएको छ ।

    कार्यक्रममा नगरका आवश्यकता, समस्या र आगामी योजानाका बारेमा चर्चा गरियो । कार्यक्रममा नगरमा सरोकार राख्ने विभिन्न १६ वटा बुँदामा प्रश्न राखिएको थियो । कार्यक्रममा नगरपालिकका जनप्रतिनिधिले आफ्ना भावि योजनाका बारेमा जानकारी गराएका थिए ।

    सो अवसरमा महिला सदस्य अरुणा सुब्बाले महिला सवलीकरण र सीप विकासको क्षेत्रमा काम गरिने बताउनुभयो । त्यस्तै, वडाध्यक्ष सुशीलकुमार पोखरेलले सामाजिक विकासका लागि वडाले विशेष कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । जिल्ला समन्वय सदस्य सन्तोष शोरेनले धनी र गरीबको बीचमा रहेको असमान शिक्षाको खाडल अन्त्य गर्न नगरपालिका लाग्नुपर्नेमा जोड दिनुभयो । वडाध्यक्ष बलराम राईले पयर्टन प्रवद्र्धन र सामाजिक रुपान्तरणमा वडाको बजेट केन्द्रित हुने उल्लेख गर्नुभयो ।

    कार्यक्रममा सहभागी वडाध्यक्ष युजराज चम्लागाईं, रोशन सुवेदी, दीर्घबहादुर थापा, लीलाबहादुर कटुवाल, कार्यपालिका सदस्य नवलकिशोर दत्त, महिला सदस्य निर्मला खड्का, राधाकुमारी विश्वकर्मा, सावित्रादेवी बर्देवा, कल्पना विश्वकर्मा, वडासदस्य भगन टुडू लगायतले आआफ्ना वडाका भावी योजनाका बारेमा जानकारी गराउनुभएको थियो । नगरपालिकाले अगामी आर्थिक वर्षका लागि रू ९० करोड ६१ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • घटिया काम नभई दौलत हुदैन

  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह


  • Advertisement

    समाचार
  • १

    घटिया काम नभई दौलत हुदैन

  • २

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • ३

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ४

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ५

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ६

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ७

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ८

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ९

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • १०

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution